Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

प्रदेश ३ मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

हेटौँडा । प्रदेश नं ३ को मन्त्रिपरिषद्ले आफ्नो नीति तथा कार्यक्रम आज प्रदेशसभामा पेश गरेको छ । प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गेकी हुन् । निजी तथा कार्यक्रममा संविधानसभाले सर्वाधिक लोकतान्त्रिक विधिबाट २०७२ असोज ३ गते जारी गरेको प्रगतिशील र लोकतान्त्रिक संविधनले सबैखाले राजनीतिक संक्रमणको अन्त्य गरी जननिर्वाचित प्रतिनिधिहरुको अगुवाइमा विकास, स्थिरता र समृद्धिको मार्ग खुल्ला गरेको उल्लेख छ । प्रदेश प्रमुख कोइरालाले देश स्थायित्व, समृद्धि, तीव्र विकास र आपसी एकताको वृद्धिको चरणमा प्रवेश गरेको र अब समतामूलक, समाजवादउन्मुख, पूर्ण लोकतान्त्रिक दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गरिन् । उनले यस प्रदेशमा सुरुङमार्गमार्फत छोटो दूरीको पहुँच र एक जिल्ला एक विशिष्टीकरण उत्पादन, प्राविधिक शिक्षाको स्थापना र विस्तार, नयाँ शहरहरुको अध्ययन, निर्माण र विस्तार, जोखिममा रहेका बस्तीको स्थानान्तरण, वैज्ञानिक भू–उपयोग नीतिअनुसार भूमिको व्यवस्थापन गर्ने कार्यक्रमलाई सरकारले दृढतासाथ कार्यान्वयन गर्ने, प्रदेशभित्र व्यापक रुपमा रोजगारीको अवसर सिर्जना गर्ने र उद्यमशीलता विकास गर्ने लक्ष्य राखेको बताइन् । प्रदेश नं ३ को नीति र कार्यक्रममा सडक यातायात, सञ्चार, ऊर्जा विकास र विस्तार, कृषि, पर्यटन, सेवा क्षेत्रको आधुनिकीकरण, गुणस्तरीय र सर्वसुलभ शिक्षा र स्वास्थ्य, स्वच्छ खानेपानी, उद्योग र व्यापारको समुचित विकासलगायत दिगो विकास लक्ष्य ताकिएका छन् । प्रदेश नं ३ का मुख्य मन्त्री डोरमणि पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा टेबल गर्नुभएको थियो । सभासद् रामेश्वर फुयाँलले सरकारका तर्फबाट नीति तथा कार्यक्रम सम्बोधन गर्नुभएकामा प्रदेश प्रमुख कोइरालालाई धन्यवाद दिइन्।रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies