Khabar Dabali Logo
  October 21, Mon

प्रदेश नं ४ को नाम हिमालय, गण्डकी वा मुक्तिक्षेत्र राख्न सुझाव

गण्डकी, धौलागिरि वा मुक्ति क्षेत्र राख्न पर्वतका सरोकारवालाले सुझाव दिए

पर्वत ।  प्रदेश नं ४ को नाम गण्डकी, धौलागिरि वा मुक्ति क्षेत्र राख्न पर्वतका सरोकारवालाले सुझाव दिएका छन् ।

सोमबार भएको एक कार्यक्रममा उनीहरुले प्रदेशसभा सदस्यसँग ११ वटै जिल्लाको पहिचान हुने गरी प्रदेशको नाम राख्नुपर्ने सुझाव दिएका हुन् । पर्वतमा विशेष गरी हिमालय, गण्डकी वा कालीगण्डकी, र मुक्ति क्षेत्रको नाम प्रस्ताव गरिएको छ । यसबाहेक धौलागिरि, शालिग्राम, कृष्णगण्डकी, वा मध्य प्रदेश राख्न समेत सरोकारवालाको सुझाव रहेको छ ।

प्रदेश नम्बर ४ का अधिकांश जिल्ला हिमाली भेगसँग जोडिएको र अग्ला हिमशृंखला यस क्षेत्रको पहिचान भएकाले हिमाल प्रदेशनै सबैको साझा नाम हुने सुझाव सरोकारवालाले दिएका छन् ।

त्यसैगरी, नेपालकै लामा र ठूला नदी पनि यस प्रदेशमा पर्ने भएकाले गण्डकी प्रदेश राख्न पनि सकिने उनीहरुको तर्क छ । नेपालमै पवित्र मानिएको कालीगण्डकी नदी, जहाँ शालिग्राम शिलासमेत पाइन्छ, त्यस्तै सेती गण्डकी लगायतका नदी रहेको स्थान र यसभन्दा अघि तत्कालीन माओवादीले गण्डक प्रदेशसमेत नामाकरण गरिसकेकाले गण्डक प्रदेश राख्न सकिने पनि सुझाव आएको छ ।

त्यस्तै, प्रदेश नम्बर ४ को मुख्य पर्यटकीय क्षेत्र राउण्ड अन्नपूर्णमध्येको पनि मुक्तिनाथ सबैभन्दा परिचित धार्मिकस्थल भएकाले मुक्तिक्षेत्र राख्नुपर्ने सुझावसमेत दिइएको छ ।

हिन्दूको आस्थाको धरोहरसमेत मानिएको र विश्वमै परिचित धार्मिक एवं पर्यटकीयस्थल भएकाले मुक्ति क्षेत्रको नामबाट प्रदेशको नामाकरण गर्नु उचित हुने नामसमेत आएको छ ।

यसबाहेक भगवान् विष्णुको अवतार मानिने विश्वकै ठूलो शालिग्राम शिला रहेको प्रदेश र कालीगण्डकी नदीमा मात्र पाइने भएकाले शालिग्राम प्रदेश राख्दा पनि सबैको लागि साझा नाम हुने प्रस्ताव गरिएको छ । त्यस्तै, दामोदरकुण्डदेखि तराईका जिल्लासम्म पुगेको कालीगण्डकी जुन कृष्णगण्डकी नामले पनि परिचित छ, यो नाम राख्न पनि सकिने सुझाव सहभागीले दिएका छन् । उनीहरुले प्रदेश राजधानी भने पोखरामै उपयुक्त हुने सुझाव दिएका थिए ।

सुझाव संकलन कार्यक्रममा सहभागी राजनीतिक दलहरुले हिमालय, कालीगण्डकी/गण्डकी वा मुक्तिक्षेत्रलाई नै जोड दिएका छन् । नेकपा ९एमाले०का जिल्ला उपाध्यक्ष भक्त कुँवर, नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुसाल, नेकपा ९माओवादी केन्द्र०का शंकर गिरी, नयाँ शक्तिका यामबहादुर चोचाङ्गी पुनलगायतले मुख्य गरी हिमालय, कालीगण्डकी÷गण्डकी वा मुक्ति क्षेत्र राख्दा ११ वटै जिल्लाका लागि साझा नाम हुने सुझाव दिनुभएको थियो ।

त्यस्तै, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, स्थानीय तहका प्रमुखले पनि जुन नाम राख्दा सबैको पहिचान झल्किन्छ र सबैले अपनत्व बोध हुन्छ त्यस्तो खालको नाम राख्नुपर्ने बताएका छन् । उनीहरुले गण्डकी, मुक्तिक्षेत्र वा हिमालय राख्दानै उपयुक्त हुने पनि बताउनुभएको छ ।

पर्वतमा सुझाव संकलनका लागि प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा, सावित्री राना र जुनादेवी नेपालीसहितको कर्मचारीको टोली खटिएको हो । पर्वतमा आएका सुझावलाई प्रदेशसभामा लैजाने र सकेसम्म यस क्षेत्रबाट गएका नामकै आधारमा नामाकरण गर्नका लागि पहल गर्ने सांसदले बताउनुभएको थियो ।

कार्यक्रममा जिल्लास्थित स्थानीय तहका प्रमुख÷उपप्रमुख र प्रशासकीय अधिकृत, सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल, गैरसरकारी संस्थालगायत सरोकारवालाको उपस्थिति गराइएको थियो ।
सो अवसरमा प्रतिनिधिसभा सदस्य लालकाजी गुरुङले धेरै व्यक्तिका फरकफरक खालका सोचका आधारमा सुझाव दिनुभन्दा पनि एउटै साझा नाम मानेर पठाउँदा राम्रो हुने सुझाव दिनुभएको थियो । उहाँले जुन नाम ११ वटै जिल्लाका नागरिकका लागि उपयुक्त हुन्छ त्यस्तो नामबाट नामाकरण हुनुपर्ने सुझावसमेत दिनुभएको छ ।

धेरै जिल्लाबाट धेरै किसिमका नाम राख्न सुझाव आउने र मुख्य मुख्य दुई÷तीनवटा नामलाई बहुमतका आधारमा टुंगो लगाउँदा उचित हुने सुझाव समेत सहभागीले दिएका थिए ।

बैशाख ११ गते, २०७५ - ०९:०९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा अहिले यौन दुर्व्यवहारको आरोपमा प्रहरी हिरासतमा छन्...   

शतप्रतिशत नतिजा निकाल्दै चितवन राइनोज फाइनल प्रवेश

काठमाडौं । मुलुककै पहिलो महिला च्याम्पियन्स लिगमा चितवन राइनोजले शतप्रतिशत खेलमा जित निकाल्दै फाइनल...   

प्रचण्डको गुनासो –अध्यक्ष ओलीले पुर्व सहमति कार्यान्वयन गरेनन् र धोका दिए

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट...   
एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

काठमाडौ । यतिबेला नयाँ नेतृत्व चयनका लागि गैर-आवासीय नेपालीहरूको छाता संगठन (एनआरएनए)को नवौं विश्व...   
एनआरएनएको मतगणना जारी : पन्तले लिए अग्रता

एनआरएनएको मतगणना जारी : पन्तले लिए अग्रता

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को जारी मतगणनामा अध्यक्षका प्रत्यासी कुमार पन्तले अग्रता...   
नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

काठमाडौं । बुधवार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले आयोजना गरेको चियापान कार्यक्रमले...   

चिनियाँ राष्ट्रपति सि लाई प्रचण्डको १३ बुँदे – पूर्ण पाठ !

१. महामहिम र तपाईंको प्रतिनिधिमण्डललाई न्यानो स्वागत गर्न पाउँदा मैले आफूलाई सम्मानित भएको महसुस...   

नेकपा सचिवालयको बैठक बालुवाटारमा सुरु : यस्ता छन् एजेण्डा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। चिनियाँ राष्ट्रपति...   
उपसभामुख तुम्बाहाम्फेलाई खानेपानी मन्त्रालय दिने प्रधानमन्त्री ओलीको अफर

उपसभामुख तुम्बाहाम्फेलाई खानेपानी मन्त्रालय दिने प्रधानमन्त्री ओलीको अफर

काठमाडौ । निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि खाली रहेको सभामुख पदमा कसलाई ल्याउने...   

महरालाई आज अदालत लगिने, म्याद थप होला कि नहोला

काठमाडौं । यौन दुव्यर्वहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज काठमाडौं जिल्ला...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top