Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

‘इमो’ मार्फत चिट्ठा परेको भन्दै यसरी ठगिए युवा

नुवाकोट, १० वैशाख । नेपाल टेलिकमको सिम प्रयोग गरेबापत रु २५ लाखको ‘चिट्ठा’ परेको भन्दै सामाजिक सञ्जाल ‘इमो’ मार्फत यहाँका एक युवा ठगिएका छन् । टेलिकमको सिमकार्ड प्रयोगकर्ताबीच गोलाप्रथामार्फत छनोट हुँदा विजेता बनेको भन्दै ‘इमो’मार्फत ठगले तार्केश्वर गाउँपालिका–१ दाङसिंहका लोकबहादुर तामाङलाई फोन गरी विभिन्न बहाना बनाएर रु दुई लाख ९० हजार ठगेको हो ।\"\" उनन्तीस वर्षीय तामाङलाई चिट्ठामार्फत रु २५ लाख विजेताको छनोट भएको भन्दै यही वैशाख ३ गते इमोमा हिन्दी भाषामा बोल्ने पुरुषले खबर गरेका थिए । त्यसलगत्तै विजेता भएको रकम जतिसक्दो चाँडो दाबी गर्न दबाब दिँदै त्यसका लागि राजश्वबापत शुरुमा रु ४० हजार मागेको थियो । ठगले रु २५ लाखको चिट्ठासहित थप रु पाँच लाख बोनस रकमसमेत पाएको भन्दै नक्कली चेक बनाएर इमोमार्फत फोटो पठाउँदै अतिरिक्त रकम आइएमई गरी पठाउन भनेअनुसार तामाङ र उनको भाइ महेन्द्रबहादुरले रु दुई लाख ९० हजार पठाएपछि मात्र आफू ठगिएको महसुस गरेका छन् । उनीहरुले यही वैशाख ५ गते दुई पटक रु ४० हजार, रु ७५ हजार र ६ गते रु एक लाख रु ७५ हजार इमोमार्फत फोन गरी आफ्नो नाम विजयकुमार र नेपाल टेलिकमको ‘उच्च अधिकृत’ भन्ने व्यक्तिले भनेअनुसार आइएमई गरेका हुन् । त्यो रकम काठमाडौँ ठेगाना भएका प्रकाश थिङ, प्रेमकुमार गिरी र तेजेन्द्र खड्काको नाममा पठाएको लोकबहादुरले बताए । “रु २५ लाख पाउने लोभमा विभिन्न बहाना बनाएर रकम मागेपछि होला भनेर दियौँ ।” लोकबहादुरले भने, “हिन्दी भाषामा इमोमार्फत कुरा गर्ने मान्छेको नाम नेपाल टेलिकम नाम रहेको, त्यहाँ टेलिकमको लोगो प्रयोग गरिएको, चेक तयार भएको भन्दै फोटोसमेत पठाएकाले विश्वास गरेका थियौँ, अहिले बर्बाद भयौँ ।” ‘इमो’बाट फोन गरी रकम ठग्नेविरुद्ध पीडित युवाले आफू ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी गरे पनि रकम काठमाडौँमा पठाएको र अन्तर्राष्ट्रिय गिरोहमार्फत भएको हुनसक्ने भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मार्फत न्यायको अपिल गर्न सुझाव दिएको प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिनुभयो । सामाजिक सञ्जाल फेसबुक, भाइबर, इमोलगायतका माध्यममार्फत ठगहरुले विभिन्न प्रलोभन देखाएर रकम ठगी गर्ने स्वदेशी एवं विदेशी गिरोह सक्रिय भएकाले त्यसतर्फ सचेत हुन मोबाइल फोन प्रयोगकर्तालाई प्रहरीले अनुरोध गरेको छ । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies