Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

१७ बर्ष विदेश बसेर फर्किएपछि टेम्पो चलाएर नेपालमै मासिक ५० हजार कमाउँछन् घिमिरे

\"\"झापा । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा झण्डै आठ वर्ष र कतारमा नौ वर्ष बसेर स्वदेश फर्किएका अर्जुनधारा नगरपालिका–७ का अम्बिकाप्रसाद घिमिरेको जीवनमा ठूलै उतारचढाब आएको छ । विदेशमा रहँँदा अर्काको मजदूरी गरेर जवानी बिताएका उनी अब स्वदेशमै रहेर सफल व्यवसायी बनेका छन्

बीस महिनाअघि स्वदेश फर्किएका उनी अहिले टेम्पो चलाउन व्यस्त छन् । झापाका ग्रामीण क्षेत्रदेखि सहरका गल्ली गल्लीमा उहाँ टेम्पो गुडाउछन् । टेम्पो चलाएरै उनले विदेशको भन्दा राम्रो कमाइ गरिरहेका छन् । पहिले नै यो काम थालेको भए त्यतिका वर्ष विदेशमा पसिना बगाउनु पर्ने थिएन कि भन्ने पछुतो पनि उनलाई लाग्ने गर्दछ ।

पुनः विदेश फर्किने सोचका साथ छुट्टीमा घर आएका घिमिरेले एकाएक गाउँघरमै बसेर कुनै व्यवसाय गर्ने उत्साह बढेर गयो । पहिले त के व्यवसाय गर्ने भन्ने निर्णय गर्न गाह्रो भयो तर पछि टेम्पो किनेर चलाउने निधो गरे । सुरुमा एउटा टेम्पो किने । बजाज कम्पनीको टेम्पो किनेर चलाउन सुरु गरेका उनले सोही टेम्पोको कमाइले चार महिनाअघि पुनः अर्काे टेम्पो किन्न सफल भए । दैनिक दुई हजार माथि कमाई हुन थालेपछि उनको विदेशप्रतिको मोह टरेर गयो । घरमै बसिबसी मासिक रु ५० हजार माथि कमाई गर्न थालेपछि १७ वर्ष विदेशमा श्रम र पसिना बगाएका नेपाल नेपाल फर्किएका उनलाई अहिले नेपाल स्वर्ग झैँ लाग्न थालेको छ । बिहान आठ नबज्दै टेम्पो लिएर निस्किएका उनी बेलुका घर फर्कदा कम्तीमा पनि दुई हजार रुपैयाँ कमाई गरेर मात्रै फर्कन्छन् । खर्च कटाएर मासिक रु ५० हजारमाथि कमाई गर्न थालेपछि घिमिरे यतिबेला दङ्ग मात्र छैनन्, भविष्यमा यसलाई अझ बढाउँदै लैजाने योजना बुन्न थालेका छन् । घिमिरेकी श्रीमती रञ्जनाका दुवै मृगौला खराब छन् । १५ महिनादेखि उनकी श्रीमती बिरामी परेपछि श्रीमतीको औषधि उपचारका लागि उनले १० लाख रुपैयाँ खर्च गरिसकेका छन् । त्यति ठूलो खर्च गर्नसक्ने औकात उनीलाई टेम्पोकै कमाइबाट सम्भव भएको हो । ‘‘यति व्यवसाय नगरेको भए त आज साहूसँग चर्को ब्याजमा ऋण लिनुपर्ने वाध्यता हुने थियो’’ उनी भन्छन् । घिमिरेले श्रीमतीको उपचार अहिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिरहेका छन् । उनले १० वर्षीया छोरीलाई निजी विद्यालयमा भर्ना गराएका छन् । छोरीको अध्ययनका लागि आवश्यक पर्ने खर्च समेत टेम्पोबाटै जुटाएका छन् । मृगौला खराबीका कारण विरामी श्रीमतीको रेखदेसँगै घरमै बसेर टेम्पो चलाएको भरमा मनग्य आम्दानी गर्न थालेपछि उनलाई घर खर्च टार्न कुनै समस्या छैन । स्वदेशमा रोजगारी पाइएन भनेर विदेसिने युवाको संख्या दिन प्रतिदिन बढिरहेको अवस्थामा अर्जुनधाराका पौडेल प्रतिनिधि पात्र मात्रै छन् । उनीजस्ता धेरैले अहिले यही टेम्पो कुदाएरै जीवन निर्वाह गरिरहेका छन् भने भाडामा टेम्पो चलाउँदै आएका कतिपयले आफैँ टेम्पो किनेर मनग्य आम्दानी गरिरहेका छन् । झापाका सडकमा अहिले झण्डै तीन हजारभन्दा बढी टेम्पो गुड्ने गरेका छन् । पछिल्लो समय हलुका सवारीका रुपमा लोकप्रिय बनेको तीन पाङ्ग्रे टेम्पो धेरैको यातायातको साधन बनेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies