Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

एडिबीको सहयोगमा पूर्वाधार निर्माण हुँदै

 

\"\"कञ्चनपुर । एशियाली विकास बैंक(एडिबी)को सहुलियत ऋण सहयोगमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजनाको कार्य तीव्ररुपमा अगाडि बढेको छ । रु ९७ करोडको ऋण सहयोगमा सञ्चालित आयोजनाअन्तर्गत एकीकृत फोहरमैला व्यवस्थापन क्षेत्र, सडक र नगरपालिका भवनलगायतका पूर्वाधार निर्माणका कार्य अगाडि बढेका हुन् । आयोजनाका इञ्जिनियर छविलाल पनेरुका अनुसार फोहरमैला व्यवस्थापन क्षेत्रका लागि माटो जाँचको कार्य अगाडि बढेको छ । माटोको तहको जाँचसँगै पानीको सतहबारे जाँच गर्नका लागि तीन वटा बोरिङ गाड्ने कार्य पूरा भएको छ । फोहरमैला व्यवस्थापन क्षेत्रका लागि नगरपालिकाले जग्गा उपलब्ध गराएको छ । “सडक निर्माणका लागि ट्राफिक सर्भे र डिसिपिटीको कार्य पूरा भई विस्तृत डिजाइन गर्ने कार्य भइरहेको छ” उनले भने । भवन निर्माणको डिजाइनको कार्य अगाडि बढेको छ । नगरपालिकालाई आवश्यक पर्ने शाखाको आकारलाई मध्यनजर गरी कोठाको नक्सांकनको कार्य भइरहेको छ । आयोजनाअन्तर्गत सडक, ढल, कार्यालय भवन, र फोहरमैला व्यवस्थापनको कार्यलाई प्राथमिकतामा रहेका छन् । नगरपालिकामा भौतिक पूर्वाधार निर्माणसँगै व्यवस्थित शहरी विकास कार्यक्रम, कार्य सम्पादन मूल्यांकनमा आधारित योजना, मागमा आधारित योजना, वातावरणमैत्री योजना, लैंगिक बजेट, सडक बत्ती, सडक सुधार, कर्मचारी क्षमता विकासलगायतका कार्य पाँच वर्षभित्र पूरा गर्ने गरी योजना सञ्चालन गरिएको छ । १५ देखि ३५ मिटर चौडाइ भएको सडकमा पैदलयात्रु, साइकल हिँड्ने बाटो, डे«न, ग्रिन बेल्ट, खानेपानी, विद्युत्, सार्य ऊर्जा जडानका लागि जग्गा उपलब्ध हुने र बीच भागमा सडक हुनेछ । यसका लागि नगरपालिकाले जग्गा उपलब्ध गराउने सहमति भएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies