Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

म्यानेचेष्टर र चेल्सीको भिडन्त पक्का ! दुई कट्टर विरोधि प्रशिक्षकको इगोको लडाई

\"\"काठमाडौं ।  चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल अन्तर्गत आइतबार राति भएको खेलमा साउथह्याम्पटनलाई २–० ले हराउँदै चेल्सीले म्यानचेस्टर युनाइटेडसँगको फाइनल भेट पक्का गरेको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा ओलिभर जिरउड र अल्भारो मोराटाले गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा चेल्सीले दुवै गोल दोस्रो हाफमा गरेको हो । ४६ औँ मिनेटमा जिरउडले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । खेल सकिन ८ मिनेट हुँदा मोराटाले गोल गरे र टिमलाई २–० को जित दिलाए । मोराटा जिरउडलाई रिप्लेस गर्दै खेलको १० मिनेट बाँकी हुँदा मैदान छिरेका थिए । साउथह्याम्पटनका नाथन रेडमोण्डले गोल गर्ने राम्रो मौका बनाएका थिए । यस्तै चार्ली अस्टिनको प्रहार भने पोस्टमा लागेर फर्किएको थियो । चेल्सीले अब उपाधिका लागि आउँदो मे १९ मा वेम्बलीमा म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । म्यानचेस्टर युनाइटेड शनिबार राति भएको खेलमा टोटनह्यामलाई हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ। चेल्सीको जितको अर्थ एफए कपको फाइनलमा दुई यस्ता प्रशिक्षकबिच भेट हुने भएको छ, जसको सम्बन्ध निकै तितो छ । एक अर्काका घोर विरोधी हुन् युनाइटेडका प्रशिक्षक जोसे मोरिन्हो र चेल्सीका प्रशिक्षक एन्टोनी कोन्टे । मोरिन्हो चेल्सीका पूर्व प्रशिक्षक पनि हुन् । यो सिजनभर मोरिन्हो र कोन्टेले एक अर्काको उछितो निकै काटेका छन् । सन् २००७ मा मोरिन्हो चेल्सीका प्रशिक्षक थिए र त्यसबेला एफए कपको फाइनलमा युनाइटेडसँग भेट भएको थियो । त्यसबेल उनले टिमलाई १–० ले जितएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies