/  Fri, April 27, 2018

माछाको तेलले आँखा सुख्खा हुने समस्यामा लाभदायी नहुने

टम्पा, ३ वैशाख । आँखा सुख्खा हुने समस्या भएकाहरुलाई माछाको तेल लाभदायक हुने मान्यता गलत रहेको एक अध्ययनले देखाएको छ । लामो समयदेखि स्थापित मान्यतालाई गत शुक्रबार सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनले त्रुटिपूर्ण रहेको दावी गरेको हो ।

माछाको तेलबाट बनाइने ओमेगा–३ नामक औषधीवद्र्धक पदार्थ आखाँका लागि प्रभावकारी काम गर्न नसकेको विभिन्न परिक्षणहरूबाट पुष्टि भएको अध्ययनकर्ताहरूले बताएका छन् ।  झण्डै ५३५ जनामा गरिएको परिक्षणको नतिजाका आधारमा तयार पारिएको प्रतिवेदन न्यु इङ्ग्ल्याण्ड जर्नल या मेडिसिनमा प्रकाशित भएको छ । अमेरिकाका झण्डै एक करोड साढी लाख मानिसमा आँखा सुख्खा भएर आँखाको दृष्टिमा कमी आउने लगायतका समस्याहरू देखिने गरेको छ ।

विज्ञहरूले अनुमान गरेअनुसार अमेरिकामा सुख्खा आँखा सम्वन्धि समस्याका कारण प्रतिबर्ष ५५ विलियन डलर खर्च हुनेगरेको छ ।
अध्ययनमा संलग्नहरूको आँखाको अवस्थामा सुधार आएको छ कि छैन भनेर झण्डै छ महिना परिक्षण गरेर गरिएको अध्ययनबाट अनपेक्षित नतिजा आएको उनीहरूको भनाई छ ।

परिक्षणमा संलग्नहरूको आँखामा आएको सुधार अस्वस्थकारी भएको उनीहरूको निश्कर्ष रहेको छ । माछाको तेलका कारण झण्डै दश प्रतिशत मात्रै उपलब्धि भएको पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

“ओमेगा –३ ले कुनै फाइदाजनक प्रभाव पार्दो रहेनछ भन्ने देखिएपछि हामी चकित भयौं,” अध्ययनप्रतिवेदनका सहलेखक तथा पेन्सील्भानीया विश्वविद्यालयका सहायक प्राध्यापक भाटिनी बुन्याले भने ।  यो अध्ययनले आँखाको उपचारको उपायका बारेमा आँखा सम्बन्धी स्वास्थ्यकर्मीहरूले पुनःविचार गर्नुपर्ने सन्देश दिएको उनको भनाई छ । रासस

बैशाख ३ गते, २०७५ - २०:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल अब राजनीतिकबाट आर्थिक परिवर्तनको बाटोमा : अध्यक्ष प्रचण्ड

नेपाल अब राजनीतिकबाट आर्थिक परिवर्तनको बाटोमा : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेपालको परिवर्तनमा शिक्षकहरुको भूमिका महत्वपूर्ण...   
उपत्यकाका क्याम्पसमा निःशुल्क प्रिपेड सीमकार्ड वितरण गरिएकोप्रति आपत्ति

उपत्यकाका क्याम्पसमा निःशुल्क प्रिपेड सीमकार्ड वितरण गरिएकोप्रति आपत्ति

काठमाडौँ, १२ वैशाख । नेपाल विद्यार्थी संघले नेपाल टेलिकमको प्रिपेड सीम कार्ड वितरणमा गम्भीर त्रुटि...   
मोदीलार्इ जनकपुरमा भव्य स्वागत गर्छौं : राजपा नेता

मोदीलार्इ जनकपुरमा भव्य स्वागत गर्छौं : राजपा नेता

काठमाडौं, १२ वैशाख । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले भारतीय प्रधानमन्त्री...   
दुई वर्षभित्र सबै क्षतिग्रस्त विद्यालय पुनः निर्माण गरिसक्ने

दुई वर्षभित्र सबै क्षतिग्रस्त विद्यालय पुनः निर्माण गरिसक्ने

गोरखा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षाको पूर्वाधारका रुपमा...   
राष्ट्र बैंकले ल्यायाे नयाँ डिजाइनमा ५ सय रुपैयाँ दरका नोट

राष्ट्र बैंकले ल्यायाे नयाँ डिजाइनमा ५ सय रुपैयाँ दरका नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइनको ५०० रुपैयाँ दरका नोट चल्तीमा ल्याएको छ। बुधबारबाट चल्तीमा...   
ढाकाबाट छुटेका दुई यात्रुबाहक बस नेपाल प्रवेश

ढाकाबाट छुटेका दुई यात्रुबाहक बस नेपाल प्रवेश

काँकडभिट्टा, १२ वैशाख । नेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सीधा बस यातायात सेवा सञ्चालनका लागि...   
अध्यक्ष प्रचण्ड आज चितवनका कार्यक्रममा ब्यस्त

अध्यक्ष प्रचण्ड आज चितवनका कार्यक्रममा ब्यस्त

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड आज बिहान चितवनका विभिन्न कार्यक्रमहरुमा ब्यस्त...   
मुस्लिम समुदायबाट मन्त्री नबनाएको आपत्ति

मुस्लिम समुदायबाट मन्त्री नबनाएको आपत्ति

काठमाडौं । नेपाल मुस्लिम इत्तेहाद संगठनले केही समय पहिले पूर्व नेपाल राजपत्रमा प्रकाशित भएको सार्वजनिक...   
मेयरमाथि आक्रमण गर्नेलार्इ पक्राउ गर्न रक्षामन्त्रीको निर्देशन

मेयरमाथि आक्रमण गर्नेलार्इ पक्राउ गर्न रक्षामन्त्रीको निर्देशन

भक्तपुर, १० वैशाख । रक्षामन्त्री ईश्वर पोखरेलले मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि...   
एसिड प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

एसिड प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

चितवन, १० वैशाख । गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीको एसिड प्रहारबाट घाइते भएकी महिलाको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु :
Top