/  Wed, December 12, 2018

उर्जामन्त्री-राजदूतबीच भेटः पावर सेक्टरमा नेपाल, भारत र बंगलादेशबीच सहकार्य हुनुपर्नेमा जोड

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपालका लागी वंङगलादेशी राजदूत मस्फी विन्ते साम्सबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको छ ।

राजदूत साम्ससंगको भेटमा उर्जामन्त्री पुनले सरकार उर्जा क्षेत्रमा बंङगलादेशसंग नेपाल सहकार्य गर्न तयार रहेको धारणा राख्नुभएको थियो । मन्त्री पुनले सार्क फ्रेमवर्कभित्र रहेर काम गर्न नेपाल ईच्छुक रहेको समेत बताएका छन् । उनले भेटमा उर्जा क्षेत्रमा लगानी गर्ने उपयुक्त वातावरण रहेको भन्दै नेपालमा लगानी गर्न आग्रह गर्नुभएको उहांका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए ।

भेटमा राजदूत साम्सले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न वङगलादेश तयार रहेको भन्दै त्यसका लागी नेपालले आयोजना छनौट गरेर दिनुपर्ने बताएका थिए । ‘सरकार मात्र होईन, हाम्रो निजी क्षेत्र समेत नेपालको जलविद्यूतमा लगानी गर्न तयार छ, तर तपाईहरुले हामीलाई राम्रो परियोजना दिनुपर्ने हुन्छ ।’ भेटमा राजदूत साम्सले भने ।

जवाफमा मन्त्री पुनले ठुला आयोजना छनौट गरेर मन्त्रालयको च्यानलबाट जानकारी दिने भन्दै आफ्ना समकक्षी वङगलादेशी उर्जामन्त्रीको नेपाल भ्रमणमा त्यसबारेमा टुंगो लगाउने गरी अघि बढ्ने प्रस्ताव समेत राखेका थिए ।

साम्सले वङगलादेश नेपालको पावर सेक्टरमा सहकार्य गर्न तयार रहेको भन्दै त्यसका लागी वंङगलादेशी उर्जामन्त्री नेपाल भ्रमणमा आउन ईच्छुक रहेको समेत बताउनुभएको थियो । जवाफमा मन्त्री पुनले वङगलादेशी उर्जामन्त्रीलाई छिटोभन्दा छिटो नेपाल भ्रमणमा आमन्त्रण गर्ने जानकारी दिए ।

वङगलादेशी राजदूतले सन् २०२१ सम्म वङगलादेशलाई १३ हजार मेगावाट विजुली आवश्यक रहेको भन्दै नेपालको लागी वङगलादेश वैकल्पिक बजार हुन सक्ने सम्भावना रहेको बताए । उनले पावर सेक्टरमा नेपाल भारत र वङगलादेशको बीचमा सहकार्य हुनुपर्नेमा जोड दिए ।

‘उर्जा क्षेत्रमा तपाईहरु सहकार्य गर्न तयार भए भने हामी भारतलाई पनि सहयोगका लागी आग्रह गर्छौ, हाम्रो देशको प्रधानमन्त्रीको भारत भ्रमणमा समेत पावरको क्षेत्रमा नेपालसंग सहकार्य गर्न भारतले सहयोग गर्ने भन्ने सहमती भएको छ ।’ राजदूत साम्सले भने ।

बैशाख ३ गते, २०७५ - १८:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

५३० जना कर्मचारीलाई कारवाहीको सिफारिस

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले समय पालना नगर्ने ५३० जना कर्मचारीलाई कारवाही गर्न सिफारिस...   

मङ्ग वान्जू: ह्वावेकी कार्यकारीको मुद्दामा ट्रम्पले हस्तक्षेप गर्ने संकेत

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र चीनबीचको सम्बन्ध थप खस्कन नदिन आफूले ह्वावेकी वित्तीय...   
कांग्रेससँग एकता गर्ने कमल थापाको संकेत, राखे यस्तो सर्त

कांग्रेससँग एकता गर्ने कमल थापाको संकेत, राखे यस्तो सर्त

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले महासमिति बैठकबाट कांग्रेसले हिन्दु...   

एकाबिहानै पाकेटमार्ने सिन्धुपाल्चोकका लामा पक्राउ

काठमाडौं । रिङ्ग रोड चल्ने सार्वजनिक वसमा पाकेटमार्ने १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार...   
जन्ती लिएर जानकी मन्दिर अाइपुगे मुख्यमन्त्री योगी आदित्यनाथ

जन्ती लिएर जानकी मन्दिर अाइपुगे मुख्यमन्त्री योगी आदित्यनाथ

जनकपुर । भारतीय उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरमा अाइपुगेका छन् । बुधबार विशेष...   
यस्तो रहेछ महिलाले ४० बर्ष नाघेपछि अफेयर बस्न चाहने मुख्य कारण

यस्तो रहेछ महिलाले ४० बर्ष नाघेपछि अफेयर बस्न चाहने मुख्य कारण

जीवनमा एकपटकमात्रै विवाह गरिन्छ । विवाह गरेपछि वैवाहिक सम्बन्धलाई बचाउन र राम्रो बनाउन मै बढी जोड...   
यस्तो बन्यो गोपी फिल्मको पोस्टर

यस्तो बन्यो गोपी फिल्मको पोस्टर

काठमाडौं । विपिन कार्कीको अभिनय रहेको फिल्म गोपीको पोस्टर बुधबार रिलिज भएको छ । चारवटा पोस्टरमध्ये...   
मध्यभोटेकोशी अायोजनाको असरः ४ सय विद्यार्थी रहेको विद्यालयबाट २५० जना बाहिरिए

मध्यभोटेकोशी अायोजनाको असरः ४ सय विद्यार्थी रहेको विद्यालयबाट २५० जना बाहिरिए

समझदारीलार्इ लत्याएको भन्दै स्थानीयबासी आन्दोलित सिन्धुपाल्चोक । १ सय २ मेगावाटको मध्यभोटेकोशी...   

प्रधानमन्त्री अोली बिरामी भएको खबर फैलिएपछि बालुवाटारले मुख खोल्यो

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएको खबर केही मिडियामा भाइरल भयो ‘प्रधानमन्त्री...   

चोलेन्द्रशमशेर राणालार्इ प्रधानन्यायाधीश बनाउने तयारी

काठमाडाैं । संवैधानिक परिषदको बैठक मंगलबार बस्दै छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top