/  Tue, September 25, 2018

प्रचण्डले दिए यस्तो निर्देशन

फाइल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान शिक्षामा रहेको अवैज्ञानिकताका कारण समाजमा अन्धविश्वास कायमै रहेको बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा राजधानीमा आयोजित ‘नेपालको विशिष्टतामा समाजवादी शिक्षाको प्रारुप’ विषयक एक दिवसीय शैक्षिक कार्यशालामा उनले यस्तो बताए । प्रचण्डले शिक्षकहरुलाई आफ्ना बालबालिका सामुदायिक विद्यालयमै भर्ना गर्न निर्देशन दिएका छन् ।

उनले भने ‘हाम्रो संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख राज्य निर्माणको प्रक्रियामा छौं । समाजवाद निर्माणमा निजी, सार्वजनिक र सरकारी क्षेत्रको कुरा गरेको छौं । यी तीन वटै क्षेत्रलाई आर्थिक विकासका सन्दर्भमा मात्र होइन, सामाजिक विकासका सन्दर्भमा पनि सहकार्य मार्फत मात्रै २१ औं शताब्दीमा हाम्रो आफ्नो मौलिक प्रक्रियाबाट समाजको विकास गर्न सकिन्छ भन्ने परिकल्पना गरेका छौं ।’

अध्यक्षले शिक्षा क्षेत्रमा सुधारको कुरा गर्दा समाजवाद उन्मुख राज्य दिमागमा रहनुपर्ने बताए ।

अहिलेसम्म अवलम्बन गरिएको शिक्षा प्रणाली समाजवाद उन्मुख नभएर पूँजीवाद, व्यक्तिवाद अझ उपभोक्तावाद उन्मुख भएको अध्यक्ष प्रचण्डको धारणा थियो ।

अध्यक्षले अब नेपालमा स्वरोजगार र आत्मनिर्भर शिक्षा प्रणालीको खोजी गर्न शिक्षकहरुलाई आग्रह पनि गरे । उनले भने ‘ एउटा शिक्षकलाई दोष दिने र अर्को राज्यलाई दोष दिने दुबै बेठीक हुन् तर मुख्य जिम्मेवारी त राज्यको नै पहिलो हुनुपर्छ ।’

अध्यक्ष प्रचण्डले अर्को प्रसंगमा अहिले आफू पार्टी एकता प्रक्रियालाई निश्कर्षमा पुर्याउने अत्यन्त गम्भीर दायित्वमा रहेको स्पष्ट गर्दै आज बिहान मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग अढाइ घण्टा छलफल भएको बताए । उनले बिहान भएको छलफलमा दुबै नेताहरुले आज दिनभरि र भोलि बिहानसम्म पार्टी एकताबारे गृहकार्यको जिम्मेवारी लिएको जानकारी गराए । उनले भने ‘भोलि ९ बजे हामी संयोजन समितिको बैठक मार्फत अगाडि बढ्ने भन्ने कुरा भएको छ ।’

बैशाख ३ गते, २०७५ - १७:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बारुदी सुरुङ विस्फोटमा दुई बालकको मृत्यु

बारुदी सुरुङ विस्फोटमा दुई बालकको मृत्यु

काला–ए–नाउ। अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा भएको एक बारुदी सुरुङ विस्फोटमा परी दुई बालकको...   
ह्वात्तै बढ्यो चिनीको मुल्य

ह्वात्तै बढ्यो चिनीको मुल्य

काठमाडौं। बजारमा चिनीको मूल्य ह्वात्तै बढेको छ । नेपाल सरकारले आयातमा कोटा तोकेसँगै व्यापारीहरूले...   
सत्तारुढ दलको संगठनले सरकारलाई भन्यो- फलामे जन्जिरहरु तोड्न नपरोस्

सत्तारुढ दलको संगठनले सरकारलाई भन्यो- फलामे जन्जिरहरु तोड्न नपरोस्

काठमाडौं । सत्तारुढ दलको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)...   
आहा ! पाखामा स्वास्थ्य चौकि भवन, स्थानीयमा खुसीयाली

आहा ! पाखामा स्वास्थ्य चौकि भवन, स्थानीयमा खुसीयाली

सिन्धुपाल्चोक ।  बाह्रविसे नगरपालिका ४ अगेरी पाखामा स्वास्थ्य चौकी भवन निर्माण भएको छ । स्वास्थ्य...   

केरूङबाट अाएको ३ किलो सुनसहित २ जना पक्राउ

काठमाडाैं । प्रहरीले रसुवाको केरुङ नाकाबाट तस्करी भएर काठमाडाैं भित्रिएको ३ किलो सुनसहित दुई जना...   

दशैंको अग्रिम टिकट बुकिङ भोलिदेखि खुल्ने

काठमाडौं । नेपाल यातायात व्यवसायी महासंघको बैठकले दशैंका लागि अग्रिम टिकट बुकिङ भोलि ९ गतेबाट खुलाउने...   

झापामा घुमाउन लगेका मामाले भान्जिलार्इ बलात्कार गरेपछि…

झापा । यहाँका एक युवक चार वर्षीया बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । हल्दिबारी गाउँपालिका-१३...   
कोटेश्वर–जडीबुटी सडक : तिहारअघि बेलिब्रिज सञ्चालनमा

कोटेश्वर–जडीबुटी सडक : तिहारअघि बेलिब्रिज सञ्चालनमा

काठमाडौँ । सवारी चापका कारण आक्रान्त कोटेश्वर–जडीबुटीको समस्या अस्थायी रुपमा समाधान गर्न हनुमन्ते...   
चीनले अमेरिकासँग वार्तालाई रद्द गर्यो,  अमेरिकाले व्यापार युद्ध थाल्यो-चीन

चीनले अमेरिकासँग वार्तालाई रद्द गर्यो, अमेरिकाले व्यापार युद्ध थाल्यो-चीन

चिनियाँ सामानहरूमाथि नयाँ चरणको अमेरिकी कर कार्यान्वयनमा आएको छ। दुई ठूला आर्थिक महाशक्तिबीचको व्यापार...   

अर्जुननरसिंह केसीले भने-पार्टीभित्र हुकुमी प्रवृत्ति चल्दैन

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्र देखिएका समस्या समाधानमा केन्द्रित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top