Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

औषधि अभावले हैरानी खेप्दै स्थानीयवासी

 

\"\"बाजुरा । बाजुराका नौ स्थानीय तहमध्ये चार नगरपालिका र पाँच गाउँपालिकाका स्थानीयवासीहरु बिरामी हुँदा निजी मेडिकलहरुबाट औषधि किन्नु पर्ने बाध्यता टर्न सकेको छैन । जिल्लाका नौ स्थानीय तह रहेको बाजुरामा अधिकाँश स्थानीय निकायमा औषधि अभाव हुन थालेको छ । गर्मी बढेसँगै स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढ्न थालेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । जिल्लाका लागि क्षेत्रीय कार्यालय र केन्द्रबाट औषधि खरिद गरेर नपठाउँदा औषधिको अभाव चुलिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा ७० प्रकार औषधि निःशुल्क पाइने भएपनि कुनै कुनै औषधि स्वास्थ्य संस्थाहरुमा उपलब्ध नभएको बिरामीहरुले गुनासो गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाजुरा र नौ वटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव भएको पाइएको छ । औषधि चर्को अभाव दुर्गम क्षेत्रमा रहेका गाउँपालिका र नगरपालिकामा रहेको छ । स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव भएपछि बिरामीहरुले निजी क्लिनिकहरुबाट औषधि चर्काे मूल्यमा किन्न बाध्य छन् । जिल्ला स्वास्थ्य कार्यालयमा बिरामी भएर भर्ना भएकी बडीमालिका नगरपालिका ३ की तुलादेवी खड्काले दुई हजार पाँच सय भन्दा बढी रुपियाँ तिरेर निजी मेडिकलबाट औषधि किनेको गुनासो दुखेसो गरे । उनले भने– “आफू बिरामी हुँदा सबै औषधि मेडिकलबाट किनें तर, अस्पतालमा स्वास्थ्य जाँच मात्र भयो ।” स्वास्थ्य कार्यालयमा आएका अन्य बिरामीहरुको पनि औषधि मेडिकलबाट किन्नु परेको खड्काको भनाइ छ । “जिल्ला अस्पतालमा समेत औषधि छैन । जिल्ला अस्पतालबाट पहिले भन्दा अहिले सबै सेवा पाएको भएपनि केही औषधि अभावले समस्या पारेको बिरामीहरुले बताउने गरेका छन् । जिल्लामा केन्द्रबाट आवश्यक औषधि प्राप्त नहुँदा औषधि अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयमै औषधि अभाव हुँदा जिल्लाका अन्य स्वास्थ्य चौकीमा पनि औषधिको अभाव भएको छ । अस्पतालमा रहेका सबै औषधि सकिएको भएपनि औषधि उपलब्ध नगराइएको जिल्लाका स्वास्थ्य चौकीहरुको भनाइ रहेको छ । जिल्लामा एकवटा जिल्ला अस्पताल, २६ स्वास्थ्यचौकी, एकवटा प्राथमिक स्वास्थ्य केन्द्र, आठ वटा सामुदायिक स्वास्थ्य एकाई र दुई वटा शहरी स्वास्थ्य केन्द्र रहेका छन् । समय समयमा क्षेत्र र केन्द्रमा जानकारी गराए पनि औषधि आपूर्ति हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । सबै अधिकार स्थानीय तहमा गएको र आफूहरुसँग केही बजेट नभएकाले औषधि खरिद प्रक्रिया समेत अन्योल हुनपुगेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले बताए । स्थानीय तहमा सबै अधिकार गएपछि अहिले बजेट नभएकोले ‘औषधि खरिद गर्ने रकम स्थानिय तहमा गएको छ । अधिकार जति सबै स्थानिय तहमा गएकोले ्जिल्ला स्वास्थ्य कार्यालयले केही गर्ने नसकिने बताइएको छ । अहिले जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा दैनिक करीब एकसय भन्दा बढी बिरामी आउने गरेका छन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies