/  Tue, September 25, 2018

आइएमई र नर्भिक हस्पिटलबीच सम्झौता

  • बैशाख ३ गते, २०७५ - १६:२९

काठमाडाैं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नर्भिक इन्टरनेश्नल हस्पिटल बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नर्भिक इन्टरनेश्नल हस्पिटलका प्रमुख बजार अधिकृत श्री प्रविण धरले हस्ताक्षर गरे ।

सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमा लेखको सीमासम्म नर्भिक इन्टरनेश्नल हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ । सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले नर्भिक इन्टरनेश्नल हस्पिटलले कम्पनीसंगको सहकार्यमा कम्पनीका ग्राहक महानुभावहरुलाई बीमालेखमा तोकिएको सिमासम्म Cash Less Hospitalization सुविधा प्रदान गर्ने इच्छा व्यक्त गरी संझौता गरेकोमा अस्पतालका संचालक समिति तथा व्यवस्थापनलाई धन्यवाद दिए ।

साथै सोही अवसरमा नर्भिक हस्पिटलले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसंग IGI औषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस (Cash Less Hospitalization) सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसंग आवद्ध सदस्य महानुभावहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त वादे श्रेष्ठले कम्पनीले बैंक तथा वित्तीय संस्थाहरु, व्यापारिक प्रतिष्ठानहरु, उद्योगी तथा व्यापारी लगायत सम्पूर्ण ग्राहक महानुभावहरुसंग सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै बीमा क्षेत्रमा उच्चकोटीको सेवा प्रदान गर्न व्यवस्थापन प्रतिवद्ध रहेको जानकारी दिए ।

बैशाख ३ गते, २०७५ - १६:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बारुदी सुरुङ विस्फोटमा दुई बालकको मृत्यु

बारुदी सुरुङ विस्फोटमा दुई बालकको मृत्यु

काला–ए–नाउ। अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा भएको एक बारुदी सुरुङ विस्फोटमा परी दुई बालकको...   
ह्वात्तै बढ्यो चिनीको मुल्य

ह्वात्तै बढ्यो चिनीको मुल्य

काठमाडौं। बजारमा चिनीको मूल्य ह्वात्तै बढेको छ । नेपाल सरकारले आयातमा कोटा तोकेसँगै व्यापारीहरूले...   
सत्तारुढ दलको संगठनले सरकारलाई भन्यो- फलामे जन्जिरहरु तोड्न नपरोस्

सत्तारुढ दलको संगठनले सरकारलाई भन्यो- फलामे जन्जिरहरु तोड्न नपरोस्

काठमाडौं । सत्तारुढ दलको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)...   
आहा ! पाखामा स्वास्थ्य चौकि भवन, स्थानीयमा खुसीयाली

आहा ! पाखामा स्वास्थ्य चौकि भवन, स्थानीयमा खुसीयाली

सिन्धुपाल्चोक ।  बाह्रविसे नगरपालिका ४ अगेरी पाखामा स्वास्थ्य चौकी भवन निर्माण भएको छ । स्वास्थ्य...   

केरूङबाट अाएको ३ किलो सुनसहित २ जना पक्राउ

काठमाडाैं । प्रहरीले रसुवाको केरुङ नाकाबाट तस्करी भएर काठमाडाैं भित्रिएको ३ किलो सुनसहित दुई जना...   

दशैंको अग्रिम टिकट बुकिङ भोलिदेखि खुल्ने

काठमाडौं । नेपाल यातायात व्यवसायी महासंघको बैठकले दशैंका लागि अग्रिम टिकट बुकिङ भोलि ९ गतेबाट खुलाउने...   

झापामा घुमाउन लगेका मामाले भान्जिलार्इ बलात्कार गरेपछि…

झापा । यहाँका एक युवक चार वर्षीया बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । हल्दिबारी गाउँपालिका-१३...   
कोटेश्वर–जडीबुटी सडक : तिहारअघि बेलिब्रिज सञ्चालनमा

कोटेश्वर–जडीबुटी सडक : तिहारअघि बेलिब्रिज सञ्चालनमा

काठमाडौँ । सवारी चापका कारण आक्रान्त कोटेश्वर–जडीबुटीको समस्या अस्थायी रुपमा समाधान गर्न हनुमन्ते...   
चीनले अमेरिकासँग वार्तालाई रद्द गर्यो,  अमेरिकाले व्यापार युद्ध थाल्यो-चीन

चीनले अमेरिकासँग वार्तालाई रद्द गर्यो, अमेरिकाले व्यापार युद्ध थाल्यो-चीन

चिनियाँ सामानहरूमाथि नयाँ चरणको अमेरिकी कर कार्यान्वयनमा आएको छ। दुई ठूला आर्थिक महाशक्तिबीचको व्यापार...   

अर्जुननरसिंह केसीले भने-पार्टीभित्र हुकुमी प्रवृत्ति चल्दैन

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्र देखिएका समस्या समाधानमा केन्द्रित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top