/  Thu, February 21, 2019

सरकारले भर्ना अभियान मनाइरहँदा दुई प्रतिशत बालबालिका विद्यालय बाहिर

नवलपरासी । नवलपरासी जिल्लामा हाल करीब दुई प्रतिशत बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहेको तथ्यांक रहेको छ ।

शिक्षा विकास तथा समन्वय इकाई (शिक्षा कार्यालयको परिवर्तन भएको नाम) नवलपरासीका अनुसार सो तथ्यांक रहेको कार्यालयले जनाएको छ । पाठ्यपुस्तक, शैक्षिक सामग्री, पोशाक लगायतका आवश्यक सामग्रीको आभावले कुनै पनि बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर नहुने गरी यस वर्ष कार्य अघि बढाइएको जिल्ला शिक्षा अधिकारी खड्कबहादुर कमालले जानकारी दिए।

आधारभूत तहसम्म सामुदायिक विद्यालयका विद्यार्थीलाई सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने गरेको र उक्त रकम स्थानीय तहबाट निकासासमेत भइसकेकाले समयमै विद्यालयले पुस्तक उपलब्ध गराउनुपर्नेछ । पश्चिम नवलपरासी र पूर्वी नवलपरासी गरी दुवै जिल्लामा यस वर्षको विद्यार्थी भर्ना अभियान जारी छ । यस शैक्षिक सत्रबाट जनप्रतिनिधिले कुनै पनि बालबालिका शैक्षिक सामग्रीको अभावमा विद्यालयको पहुँचभन्दा बाहिर नहुने दाबी गरेका छन् । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ शिक्षा विकास तथा समन्वय इकाईले जिल्लाभरि विद्यार्थी भर्ना अभियान सञ्चालन गरिसकेका छन् ।

रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले विद्यार्थी भर्ना अभियान सञ्चालनसँगै भर्ना भएका विद्यार्थीको निरन्तर कक्षा सञ्चालन गरी भर्ना अभियानलाई समेत निरन्तरता दिनुपर्नेमा जोड दिए। बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्यालले स्थानीय तहमा खटेका शिक्षा शाखाका कर्मचारी स्थानीय तहमा पूर्ण समय दिन नसकेको भन्दै शिक्षा समन्वय इकाईले समय बन्दोबस्त गराउनुपर्नेमा जोड दिए । भर्ना कार्यक्रमलाई प्रभावकारी बनाउन वैशाख १४ गतेसम्म भित्र भर्ना हुने विद्यार्थीलाई मुस्कान सहितको फूल अबिर तथा स्थानीय संस्कृतअनुसार स्वागत गर्ने, वैशाख १५ गतेदेखि भर्ना नभएका विद्यार्थीलाई सम्पूर्ण सरोकारवालाको सहभागितामा घरदैलो भ्रमण गरी अभिभावकलाई शिक्षाको महत्वसम्बन्धी परामर्श गर्ने योजना छ ।

स्थानीय तहले कुनै पनि उमेर समूहका बालबालिका विद्यालयबाहिर नरहने प्रतिबद्धता व्यक्त गर्ने, भर्ना भएका विद्यार्थीलाई टिकाइराख्न र गुणात्मक शिक्षा व्यवस्थापनका लागि निरन्तर प्रभावकारी क्रियाकलाप सञ्चालन गर्नुपर्ने लगायतका कार्यक्रम जारी छ । रासस

बैशाख ३ गते, २०७५ - ०८:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाको सचिवालयको बैठक सकियो, के भयो निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बालुवाटारमा जारी बैठक स्थगित भएको छ । विहान ९ बजेबाट बसेको...   

गायक पशुपति शर्मालाई विप्लबको साथ –लामाले निकाले कडा विज्ञप्ती

काठमाडौं । गायक पशुपति शर्मालाई युट्युवबाट गित हटाउन वाध्य पारिएको भन्दै विप्लव नेतृत्वको पार्टीको...   

सचिवालयको बैठक बस्दै नेकपा : टुगिंएला एकता ?

काठमाडौं । सोमबार विहानबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक बस्दै छ । प्रधानमन्त्री...   
‘लुट्न सके लुट’ गितमा नेता/कार्यकर्तादेखि लेखक, बुद्धिजिविसम्म  : कसले के भने ?

‘लुट्न सके लुट’ गितमा नेता/कार्यकर्तादेखि लेखक, बुद्धिजिविसम्म : कसले के भने ?

काठमाडौं । दुईदिन अघिमात्रै र्साजनिक गरिएको गायक पशुपति शर्माको गीत विवादमा तानिएको छ । उनले गितमा...   
पूर्ण पाठ पढ्नुहोस्–यस्ता छन्  पशुपति शर्माको विवादित गितका शब्द !

पूर्ण पाठ पढ्नुहोस्–यस्ता छन् पशुपति शर्माको विवादित गितका शब्द !

काठमाडौं । दुईदिन अघिमात्रै र्साजनिक गरिएको गायक पशुपति शर्माको गीत विवादमा तानिएको छ । उनले गितमा...   

मनमा कुरा खेल्ने र निद्रा नलाग्ने भएको छ ? अब यसो गर्नुहोस्–क्षणभरमै निदाउनुहुन्छ

एजेन्सी । अनिद्राका विभिन्न प्रकार हुन्छन् र यसले मानिसलाई अनेकौं प्रकारले असर पार्छ । निद्रा बोलाउनका...   

एकता टुंग्याउन ओली प्रचण्ड आँफै भिड्दै : कति भईरहेको छ प्रगति ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’...   

प्रचण्डजस्तो बुद्धिमान र आदरणिय अध्यक्षसँग मेरो केही समस्या छैन –पोखरेल

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेकपाका अध्यक्ष...   
अमेरिकी तथा दक्षिण कोरियाली विदेशमन्त्रीबीच भेटवार्ता

अमेरिकी तथा दक्षिण कोरियाली विदेशमन्त्रीबीच भेटवार्ता

वासिङटन । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले उनका दक्षिण कोरियाली समकक्षी काङ क्युङ–ह्वासँग पोल्याण्डको...   

हिरो गोल्डकप : उपाधिका लागि नेपाल–म्यान्मा भिड्दै

काठमाडौ । भारतमा जारी हिरो गोल्डकप प्रतियोगिताको अन्तिम चरणको खेलमा आज नेपाल र म्यान्मा भिड्दै छन्...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top