/  Sun, May 27, 2018

टेलिकमको अफर : निशुल्क सिम, २१ रुपैयाँमा २५० एमबी डाटा

काठमाडौं । भोलि बैशाख ३ गते देखि उपभोक्ताको थप सुविधाको लागि नेपाल टेलिकमले ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर उपलब्ध गराउने भएको छ ।

बैशाख ३ गते मनाइने आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी) को अवसरमा नेपाल टेलिकमले जीएसएम तथा सीडीएमएका प्रिपेड÷पोष्टपेड मोबाइलमा ‘ह्याप्पी सोसल मिडिया प्याक’ उपलब्ध गराउने भएको छ । ह्याप्पी सोसल मिडिया प्याक अन्तर्गत फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने छ ।

उक्त अफर २०७५ बैशाख ३ गते देखि लागू हुनेछ । अफर आगामी २०७५ बैशाख १८ गते सम्म लिन सकिने छ । ह्याप्पी सोसल मिडिया प्याक अन्तर्गत २१ रुपैयाँमा २ सय ५० एमबी डाटा प्राप्त हुनेछ । सो प्याक विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म प्रयोग गर्न सकिने छ । सो प्याक ७ दिन अवधिसम्म प्रयोग गर्न सकिने छ ।

ह्याप्पी सोसल मिडिया प्याक चलाउदा वेब ब्राउजर नभई सम्बन्धित सोसल मिडियाको एप्स नै प्रयोग गर्नु आवश्यक हुन्छ ।

विद्यार्थी अफर
कम्पनीले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यार्थी अफर (Student Offer) उपलब्ध गराउने भएको छ । सो अफर भोलि बैशाख ३ गते देखि उपलब्ध हुनेछ ।

विद्यार्थीहरुलाई रु. ५०।– टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराइने छ । सो रकम मध्ये १० रुपैयाँमार्फत कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न जस्ता सबै सुविधा उपयोग गर्न सकिने छ । बाँकी ४० रुपैयाँमार्फत ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस गर्न सकिने छ । यी सबै सुविधा ३० दिन भित्र उपभोग गरिसक्नु पर्नेछ ।

विद्यार्थीहरुलाई ६ महिनासम्म बोनसको रुपमा प्रतिमहिना ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस पठाउने सुविधा समेत उपलब्ध गराइने छ । यो सुविधा उपभोग गर्ने समयावधि ७ दिनको हुनेछ ।

त्यसैगरी सो अफर अन्तर्गत रजिष्टर गरिएका सिममा ५० रुपैयाँ वा सो भन्दा बढी रकम रिचार्ज गर्दा समेत १ वर्षसम्म प्रत्येक रिचार्जमा बोनस उपलब्ध गराइने छ । ५० रुपैयाँ रिचार्ज गर्दा बोनस अन्तर्गत १० मिनेट भ्वाइस कल गर्न र ५० एमबी डाटा खरिद गर्न सकिने छ । रिचार्ज गरिसके पछि यो सुविधा ३ दिन भित्र उपभोग गरिसक्नु पर्नेछ ।

अफर अन्तर्गत उपलब्ध भ्वाइस कल र एसएमएस नेपाल टेलिकमकै नेटवर्क भित्रका नम्बरका लागि मात्र उपलब्ध हुनेछ ।

बैशाख २ गते, २०७५ - १६:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सभामुखमा महरालार्इ हटाएर महन्थ ठाकुरलार्इ ल्याउन प्रस्ताव

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक...   
अर्चना पनेरुका पति जेल चलान, यस्तो छ कर्तुत

अर्चना पनेरुका पति जेल चलान, यस्तो छ कर्तुत

काठमाडाैं । पोर्न स्टार बनेर चर्चामा आएकी मोडल एवं कलाकार अर्चना पनेरुका पति भनिएका अमेरिकी नागरिक...   
रेलसेवाले कन्डम र सेनिटरी प्याड बाँड्ने

रेलसेवाले कन्डम र सेनिटरी प्याड बाँड्ने

नयाँदिल्ली । राज्यद्वारा सञ्चालित भारतीय रेल सेवाले यात्रुहरुलाई परिवार नियोजनको अस्थायी साधन कण्डम...   

छोराछोरी निजी विद्यालयमा पढाउने जनप्रतिनिधि र कर्मचारीको तलबभत्ता काटिने

इलाम । इलामको माईजोगमाई गाउँपालिकाले छोराछोरीलाई निजी विद्यालयमा पढाउने जनप्रतिनिधि र कर्मचारीको...   
४ दशकपछि तोडियो रेकर्डः च्याम्पियन लिगको उपाधि रियल मड्रिडलाई

४ दशकपछि तोडियो रेकर्डः च्याम्पियन लिगको उपाधि रियल मड्रिडलाई

युरोपियन च्याम्पियन लिगको उपाधि स्पेनिस क्लब रियल म्याड्रिडले जितेको छ । शनिबार राति भएको उपाधि भिडन्तमा...   

बसको ठक्करबाट तीन जनाको मृत्यु

तनहुँ । बसको ठक्करबाट तनहुँमा तीन जना युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको...   

भारतद्वारा नेपाललाई ‘लचिलो’ बिप्पाको प्रस्ताव

काठमाडाैं । द्विपक्षीय लगानी संरक्षणसम्बन्धी अघिल्लो विवादास्पद बिप्पा सम्झौता निष्क्रिय भएपछि...   
दुइ मन्त्रीसहित नेकपाका कार्यकर्ताले गरे रक्तदान

दुइ मन्त्रीसहित नेकपाका कार्यकर्ताले गरे रक्तदान

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोक-काठमाडाैं सम्पर्क मञ्चको आयोजनामा सम्पन्न रक्तदान...   
यस्तो बन्यो विश्वकप २०१८ को ‘अफिसियल’ गीत (भिडियो)

यस्तो बन्यो विश्वकप २०१८ को ‘अफिसियल’ गीत (भिडियो)

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले शुक्रबार विश्वकप फुटबल २०१८ को ‘अफिसियल’ गीत सार्वजनिक गरेको...   
निपा भाइरसले १४ जना संक्रमित भएको पुष्टि

निपा भाइरसले १४ जना संक्रमित भएको पुष्टि

दक्षिण भारतीय राज्य केरलामा हालसम्म दुर्लभ निपा भाइरसबाट १४ जना संक्रमित भएको पुष्टि भएको त्यहाँका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु :
Top