Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

पश्चिमालाई ‘मागी विवाह’ पढाउने यी पाकिस्तानी युवती

\"\"पाकिस्तानी डिजाइनर नसरा बालागामवालाले मागी विवाह बारेमा एक बोर्ड गेम विकास गरेपछि पश्चिमा मिडियाहरूले उनी मागी विवाहमा दृढ भएको शङ्का गरे । वास्तवमा उनको अवस्था त्यो भन्दा विल्कुले पृथक छ । जसको एक उद्देश्य भनेको युरोप र अमेरिकाका मान्छेहरूलाई यसले कसरी काम गर्छ भन्ने सिकाउनु हो । ‘पश्चिमाहरुलाई के भ्रम छ भने उनीहरू मागी विवाह भन्नासाथ दबावपूर्ण विवाह भन्ने सोच्छन्’, पाकिस्तानबाट फोनमा कुरा गर्दै नसरा बालागामवाला भन्छिन्, ‘उनीहरू समाचारमा आएका एसिड आक्रमण, हत्या र विवाहमा छनोट नपाएका जस्ता कुराहरूबाट विचार बनाउँछन् ।’ बलागामवालाको बोर्ड गेमको नाम हो–अरेन्ज्ड । यो कुनै मागी विवाहको विज्ञापनभन्दा धेरै नै पृथक छ । यसको केन्द्रीय पात्र हुन्छिन् एक विवाह गराउन दबाब दिने आन्टी । जसले उनलाई छक्याउने र विवाह ढिलाइ गर्न चाहने तीन युवतीहरूलाई खेलाउँछिन् । खेलाडीहरूले आन्टी र र आँउदै गरेको विवाहमा दुरी कायम गर्छन् । यसो गर्न उनीहरूले केही कमाण्डहरु लेखिएका तासहरू तान्छन् । एक कमाण्डको नाम हो–तिमी केटाहरूसँग मलमा देखिएकी थियौँ । आन्टी त्यसपछि तपाईबाट पर भाग्छिन् । आन्टीलार्इ परै पार्ने अरू कमाण्ड हुन्– तिम्री जेठी दिदीले खैरै केटासँग विवाह गरिन् । अथवा विवाह अगाडि नै तिमीले टेम्पोन (दक्षिण एसियामा यौनकार्य गरेको बुझिने एक कपासको टुक्रा) प्रयोग गरेको आन्टीले भेटाउँछिन् । बलागामवालाका अनुसार उक्त गेमका दुइवटा उद्देश्य छन् । एक उद्देश्य भनेको दक्षिण एसियाली परिवारहरुमा महिलाबाट के आशा गरिन्छ भन्ने बहस छेड्नु हो । ‘मैले हाम्रो संस्कारका केही झुर पक्षहरूका बारेमा हाम्रो परिवारहरूले कुराकानी गर्ने एक निर्दोष र मुठभेड नहुने चौतारी निर्माण गर्न खोजेको हो’, बालागामवाला भन्छिन, ‘जस्तो कि एक असल युवतीले कसरी राम्रो चिया बनाउने जान्दछिन् । तर, उनका पुरुष साथीहरू हुँदैनन् ।’ बालागामवाला भन्छिन, ‘अर्को उद्देश्य भनेको गोराहरूलाई मागी विवाहका बारेमा व्याख्या गर्नु हो, ताकि उनीहरूले दक्षिण एसियाली पृथक् संस्कारका बारेमा जानकारी पाउन् ।’ यो गेमका बारेमा आइडिया आउँदा बालागामवाला अमेरिकाको रोड आइल्याण्ड स्कुल अफ डिजाइनमा अध्ययनतर थिइन् । ‘मैले पढाइ सक्ने वर्षमा पाकिस्तान जान लागेको थिएँ र मेरा लागि केही प्रस्तावहरू पर्खिरहेका थिए । त्यसैले मैले प्रस्ताव आएका केटाहरूको फेसबुक आइडीहरु खोजतलास गर्न थाले ताकि मैले मेरो परिवारले नराम्रो मान्ने केही चिजहरू भेट्टाउनेछु र म उनीहरूलाई भेट्ने तनावबाट मुक्त हुनेथिए’, उनी भन्छिन्, ‘त्यसैले मैले मागी विवाह छल्न गरेका केही हास्याँस्पद कामहरूको सूची नै बनाएँ र त्यसैबाट क्रमशः यो मनोरञ्जनात्मक बोर्ड गेम बन्न पुग्यो ।’ उनले दक्षिण एसियाली र गोरा अमेरिकनहरूसँग पनि आफ्नो खेलको परीक्षण गरिन् । एक अमेरिकी केटा साथी त गेम खेल्दा हाँसेरै हैरान भयो । ती साथीले उक्त खेलले मागी विवाहको विषयलाई महत्वहीन पो पार्ने हो कि भन्ने आशङ्का लागेको थियो, तर खेलेपछि सबै कुरा प्रस्ट बुझेको बलागामवालालाई बताए । साथीहरुको प्रतिक्रियाबाट उत्साहित भएर र परिवारको उनी कहिले व्यवस्थित हुने भन्ने अन्त्यहीन प्रश्नहरूसँगै बलागामवालाले आफ्नो गेमको प्रायोजन गर्ने ‘किकस्टारटर’ पेज खोलिन् । ‘गेमिङ मेरा लागि त एक चिकित्सा प्रणाली हो’, उनी भन्छिन, ‘बोर्ड गेम बनाउँदा मलाइ आनन्द आउँछ । मैले अरु पनि बनाएकी छु । तर, तिनीहरु सबै दक्षिण एसियाली दर्शकहरूमाझमा विवादित छन् ।’ बालागामवाला भन्छिन्, ‘उनी दक्षिण एसियाली संस्कारहरू बुझ्छिन ।’ उनको आफ्नै परिवार पनि अमेरिकामै उनको उच्च शिक्षा निरन्तरताका लागि आनाकानी गरिरहेको थियो । उनको स्कुलका डिन र केही आफन्तहरूले सम्झाएपछि मात्रै परिवारले मानेको थियो । किकस्टारटर अभियानले तत्काल प्रयोजन पाएको थियो । ५ सय बढी मान्छेहरूले अर्डर प्लेस गरे तर धेरै रिपोर्टरहरूले उनको उद्देश्य बुझ्न सकिरहेका थिएनन । मागी विवाहरुको विरोधी हो गेम भन्ने धेरैलाई लागेको थियो । ‘एसिड आक्रमण देखी हत्या सम्मका समाचारहरूसँग जोडिने कुराहरूलाई मेरो गेमसँग धेरैले जोड्ने प्रयत्न गरेकाले मलाई तनाव दियो । कतिपयले मेरो गेम मागी विवाहको आम विरोध भन्ने पनि बुझे । तर, त्यो मेरो उद्देश्य थिएन’, बालागामवाला भन्छिन । बालागामवाला दबाब मुलक मागी विवाह गरेका महिलाहरूको अनुभवहरू अस्वीकार गर्न तयार छैनन् । उनी त्यस्ता कुराहरू पाकिस्तान र भारतमा अत्यधिक हुने कुरामा पनि जानकार छिन । तर, त्यही मात्रै मागी विवाह हैन भन्ने उनको तर्क छ । ‘पश्चिमाहरूले दक्षिण एसियालीले मागी विवाह सुन्नासाथ के बुझ्छन भने बुझ्नुपर्छ’, बालागामवाला भन्छिन, ‘तपाईहरू मागी विवाह भन्नासाथ हत्या र दवाबमूलक विवाहहरु भन्ने बुझ्नुहुन्छ होला । तर, दक्षिण एसियाका करोडौँ मानिसहरुको लागि त्यो वास्तविकता हैन ।’ ‘अरेन्ज्ड’ बनिसकेपछि यसको बीबीसीसहित विभिन्न मिडियाहरूमा चर्चा परिचर्चा भयो । बालागामवाला र उनको परिवार पाकिस्तानी सहर कराँचीमा एक विवाह समारोहमा सरिक भए । उनको गेमका बारेमा परिवार सहमत भयो । आफन्तजनहरु भने असहमत भए । ‘कसैकसैले खुलमखुल्ला भने, तिमी हाम्रो संस्कार, मूल्य र मान्यता विपरीत गइरहेकी छ्यौ’, बालागामवाला भन्छिन्, ‘अरूहरूले मलाई पूर्णरूपमा वास्तै गरेनन् ।’ बलागामवालाका बाबुले त जोक नै गरे– ल ठीक छ, तिमी विवाह गर्न चाहान्नौ र अब तिमीलाई पाकिस्तानमा कसैले पनि विवाह नगर्ने पनि तिमीले निश्चत ग¥यौ ।’ गेमको सबैभन्दा धेरै आलोचकहरु भने ‘रिस्ता आन्टी’हरु नै थिए । हिन्दी र उर्दूमा रिस्ता आन्टी भनेका उमेर पुगेका केटीहरूलाई केटा खोज्ने प्रौढ महिलाहरू हुन् । आन्टीहरुले के हुँदा चाहिँ योग्य युवती बन्छन् भन्ने क्षेत्राधिकारहर तोक्ने बालागामवाला बताउँछिन् । ‘अधिकांश अवस्थामा आफ्नो लागेको कुराहरू युवतीहरू बोल्दैनन् । उनीहरू राम्रा गृहिणी बन्न र आफ्ना श्रीमान् अनि उसका आकांक्षाहरु पूरा गर्न सहयोग गर्न तयार हुन्छन्’, बालागामवाला भन्छिन, ‘जब म मिडियामा छाएँ तब म योग्य युवती बन्ने बाहिरका रिस्ता आन्टीहरुले बनाएको गुँडहरूमा अटाइनँ ।’ गेम सार्वजनिक भएपछि धेरै महिलाहरू हौसिए । आफूलाई दक्षिण एसियाका महिलाहरूले सहयोग र सन्देश पठाएको र अमेरिका तथा युरोपमा बसे पनि दक्षिण एसियाली महिलाहरूले आफ्नो संस्कार नछाड्ने भएकाले पनि गेमको विषयले उनीहरूलाई तरंगित बनाएको बालागामवाला सुनाउँछिन् । ‘एक भारतीय युवतीले त मलाई सन्देश पठाएर मेरो गेमले उनलाई परिवारसँग असहज संवाद गर्न साहस दिलाएको बताइन्’, बालागामवाला भन्छिन, ‘सबै दक्षिण एसियाली महिलाहरू २० वर्ष लाग्नेवित्तिकै विवाह गर्न इच्छुक छैनन् ।’ दक्षिण एसियाका जवान युवाहरूको प्रतिक्रियाले पनि उनलाई हौस्यायो । उनीहरू अप्रत्यासित रूपमा सकारात्मक थिए । धेरैले उनलाई सिधा सन्देश पठाएर महिलाको दृष्टिकोण परीक्षा गरेकोमा धन्यवाद पनि दिए । कतिपयले त उनीसँग प्रेम प्रस्ताव पनि राख्न थाले । उनीसँग दैनिक ५० बढी अनजान व्याक्तिहरुले प्रेम प्रस्ताव राख्न आइपुग्न थाले । ‘ सुरुसुरुमा मैले पाकिस्तानी केटाहरूबाट कुनै प्रस्ताव पाइनँ किनभने हाम्रो समाजका आन्टीहरुले मलाई कत्ति पनि रुचाउँदैनन्’, बलागामवालाले भनिन् । यद्यपि, पछिल्ला छ महिनामा भने पाकिस्तानी केटाहरूबाट पनि प्रस्ताव आएको र गत हप्ता त परिवारसँग चिनजान भएकै चार केटाहरूले पनि विवाहमा इच्छा जाहेर गरेको बलागामवालाले बताइन् । ‘दुःखद पक्ष यो छ कि मेरो गहुँगोरो छाला र आँखा भएकाले उनीहरू मलाइ पुनः प्रपोज गरिरहन्छन्’, बालागामवाला भन्छिन् । आजसम्मका सबै प्रेम प्रस्तावहरू अस्वीकार गरेको बालागामवाला बताउँछिन् । ‘मलाई विवाह गर्न कुनै हतारो छैन’, उनी भन्छिन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies