Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

यस कारण बढ्दैछ पुरुषमा बाँझोपन

\"\"अचेल महिला पुरुषहरूमा बाँझोपनको समस्या एउटा आम समस्या भइसकेको छ। विशेष गरेर पुरुष बाँझोपमको समस्या अचेल झनै विकराल रुप लिइरहेको छ। कतिपयले यसमा अनुवांशिक कारण देखेपनि वर्तमान जीवनशैलीले समेत पुरुषहरूमा यस्तो समस्या देखिन थालेको छ। धूमपान र मदिरापान जस्ता अस्वस्थकर बानीहरू पुरुषमा बाँझोपनको लागि जिम्मेवार रहेका छन्। अस्वस्थकर खानपानले मानिसको यौन जीवनलाई ध्वस्त पर्ने मात्र हैन पिता बन्ने सपना पनि चकनाचुर पार्न सक्ने हुन्छ। निम्न ६ प्रकारका खानपानका बानीले पुरुषहरूमा निसन्तानपनको समस्या देखिन्छः १. प्रशोधित मासुको सेवन मासु सेवनले यौन स्वस्थ राम्रो हुने आम विश्वास रहेको छ तर यो सहि भने हैन। मासु सेवन गर्दा मासुको छनौटमा विशेष ध्यान दिनु आवश्यक छ। अर्गानिक मासुको सेवन त जहाँसम्म हो ठिकै छ तर प्रशोधित मासुको सेवन कदापी स्वस्थकर छैन । यसले शुक्रकीटको गुणस्तरमा असर गर्ने भएकाले ह्यामबर्गर, हट डग, सलामी, ससेज आदिमा प्रयोग हुने प्रशोधित मासुको उपभोग गर्नु त्यति स्वस्थकर छैन। एक अध्ययनको अनुसार यस्तो प्रकारको मासुको सेवनले शुक्रकीटको संख्यामा २३ प्रतिशतसम्म कमी आउने सम्भावना देखिन्छ। २. चिल्लो पदार्थयुक्त दुग्धजन्य पदार्थ दुग्ध जन्य पदार्थहरू पनि सधैं यौन स्वस्थका लागि उपयुक्त छैनन् भन्ने कुराको प्रमाण हो चिल्लो पदार्थको प्रचुरता रहेका दुग्धजन्य पदार्थको अत्यधिक सेवनले शुक्रकीटको गुणस्तरमा पर्ने नकारात्मक प्रभाव। यस्ता खाद्य पदार्थको सेवनले शुक्रकीटको स्फूर्ति कम हुने र विर्यमा शुक्र्कीत्को संख्या समेत कम हुने कुरा विभिन्न अध्ययनहरूले पुष्टि गरेका छन्। ३. चिनीयुक्त पेय पदार्थ सोडा, इनर्जी ड्रिंक्स, कार्बोहाइड्रेट जस्ता चिनी युक्त पेय पदार्थहरूको सेवनले पनि पुरुषहरूमा बाँझोपनको समस्या देखिन्छ। अध्ययनहरू अनुसार दिनमा एकभन्दा बढी पटक यस्ता पेयहरूको सेवनले वीर्यमा शुक्रकीटको मात्रा कम हुने समस्या देखिन सक्छ। बढी चिनीको सेवनले शरीरमा इन्सुलिन प्रतिरोध बढाएर अक्सिडेटिभ स्ट्रेस सिर्जना गर्दछ। परिणामस्वरूप शुक्रकीटको स्फूर्ति कम हुन्छ। ४. नन-अर्गानिक खाद्य पदार्थको प्रयोग नन–अर्गानिक अर्थात् कीटनाशक प्रयोग गरेर उत्पादन गरिएका तरकारी तथा फलफुलको सेवनले पुरुष बाँझोपनको समस्या देखिन सक्ने अध्ययनहरूले देखाएका छन्। कीटनाशक छर्किएका फलफुल र तरकारीहरू र मासुजन्य पदार्थहरूको सेवनले शुक्रकीटको गुणस्तर कम गर्दछन्। यस्ता तरकारी तथा फलफुल सकेसम्म सेवन नगर्नु नै राम्रो हुन्छ र यै गर्नु नै परिहाले राम्रोसँग सफा पानीले धोइपखाली सेवन गर्नु ठिक हुन्छ। ५.अत्यधिक चिया–कफीको सेवन चिया तथा कफीको अत्यधिक सेवनले पनि यौन स्वास्थ्यमा प्रतिकूल असर पर्ने सम्भावना रहन्छ। यस्ता पेयमा पाइने क्याफिन नामक तत्व शुक्रकीटको लागि प्रत्युत्पादक रहेको छ। ६. जंक फुडको सेवन चिनी, चिल्लो पदार्थ या मोनोसोडियम ग्लुटामेट जस्ता पदार्थहरूको मिश्रणले मानिसको पाचन तन्त्र र प्रजनन कोशिकाहरूमा नोक्सान पुग्ने भएकाले जंक फुडको सेवनले पुरुष प्रजनन क्षमतामा नकारात्मक असर पर्ने हुन्छ। एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies