Ntc summer Offer
Khabar Dabali ५ बैशाख २०८१ बुधबार | 17th April, 2024 Wed
NIMB

यूएस-बंगला विमान दुर्घटना बिमाः प्रतिव्यक्ति १० करोडसम्म पाउने

\"\"काठमाडौं । यूएस बंगलाको विमान दुर्घटनामा ज्यान गुमाएका तथा घाइतेका परिवारले पाँच लाखदेखि १० लाख अमेरिकी डलर (पाँचदेखि १० करोड रुपैयाँ) सम्म बिमा पाउने देखिएको छ। दुर्घटनाका पीडितले मन्ट्रियल सन्धिको आर्टिकल ३१ ले तोकेको क्षेत्राधिकारभित्र रहेको असीमित दायित्वअन्तर्गत बिमा दाबी गर्दा ठूलो रकम पाउने नजिर स्थापित भइसकेको अन्तर्राष्ट्रिय नागरिक उड्डयन विज्ञ प्रा.प्रभाकर अधिकारी बताउँछन्। अमेरिकाले हवाई यात्रुको बिमा रकम वार्सा सन्धिमा कमी भएको भन्दै बढाउन मन्ट्रियल सन्धिको अवधारणा ल्याएको थियो। आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गका दुर्घटना भएको विमानमा अमेरिकी लगानी छ। पीडित परिवारले मन्ट्रियल सन्धिमा उल्लेख विमान कम्पनीको व्यावसायिक क्षेत्रलाई आधार मानेर अमेरिकाको अदालतमै बिमा दाबी गर्दा ठूलो रकम पाउने वरिष्ठ अधिवक्तासमेत रहेका अधिकारी बताउँछन्। मन्ट्रियल सन्धि लागू नभएकै अवस्थामा पनि थाई एयरवेजको जहाज दुर्घटनामा परी ज्यान गुमाएकी सन्तोष कोइरालाका श्रीमान्ले अमेरिकाको क्यालिफोर्निया अदालतबाट असीमित दायित्व अन्तर्गतको बिमा दाबी गर्दा सात लाख पचास हजार डलर पाएका थिए। त्यतिबेला वार्सा सन्धिमा २० हजार मात्रै बिमा रकम ताकिएको थियो। यूस–बंगला विमान दुर्घटनाबाट पीडित परिवारले दाबी नगर्दा पनि न्यूनतम पनि एक लाख एसडीआर अर्थात् एक लाख ४५ हजार अमेरिकी डलर (एक करोड ४५ लाख रुपैयाँ) पाउँछन्। असीमित दायित्वअन्तर्गत क्षतिपूर्ति दाबीका लागि सरकारी निर्णय र विमान दुर्घटनासम्बन्धी प्रतिवेदन कुर्नु पर्दैन। सरकारी निर्णय र नेपाल सरकार मातहतमा अदालतबाट बिमा दाबी गर्दा पीडितले उचित बिमा नपाउने अधिकारी ठोकुवा गर्छन्। ‘नेपाली कानुनलाई पछ्याएर क्षतिपूर्ति तथा बिमा दाबी गरे वार्सा कन्भेन्सनअनुसार पीडितले २० हजार डलर मात्रै पाउने भुक्तानी हुन्छ,’ अधिकारीले बुधबार अन्नपूर्णसित भने, ‘तर वार्सा कन्भेन्सनकै आधारमा पनि पीडितले असीमित दायित्वअन्तर्गत बिमा भुक्तानी पाएका अन्तर्राष्ट्रिय नजिर छन्।’ यही नजिर यूएस बंगलामा पनि लागू हुने अधिकारीले बताए। उचित बिमा दाबी गर्न वार्सा कन्भेन्सन र मन्ट्रियल कन्भेन्सनले विभिन्न क्षेत्र निर्धारण गरेको छ। तीनै क्षेत्रलाई आधार मानेर बिमा दाबी गर्दा व्यक्ति, लालनपालन, ठाउँ, ऐन कानुनका आधारमा पाउने रकम फरक–फरक हुन सक्छ। कुन क्षेत्रलाई समातेर बिमा दाबी गरे बढी बिमा दाबी भुक्तानी हुन सक्छ। पीडित परिवारलाई राहतका लागि कुन तरिका अपनाएर कहाँ दाबी गर्ने भने विषयमा सोच्नुपर्ने उनको भनाइ छ। यूएस बंगला दुर्घटना पीडितले शतप्रतिशत असीमित दायित्व अन्तर्गतकै बिमा दाबी गर्न सक्ने अधिकारी बताउँछन्। असीमित दायित्व कम्पनीले व्यहोर्नु नपर्ने भनेर प्रमाणित गर्ने भार बिमा कम्पनीकै हुने अधिकारी बताउँछन्। यूएस बंगला कम्पनीको विमानले अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा दुर्घटनामा परेका पीडितले असीमित दायित्वअन्तर्गत बिमा दाबी गर्न नपाउने प्रमाणित गरेको अवस्थामा मात्रै यो लागू नहुने अधिकारीको दाबी छ। प्राइम फेसी ९प्रथम दृष्टिमै० यो विमान दुर्घटनामा पाइलटको कमजोरी देखिन्छ। म्यानुफेक्चर इरर, मेकानिकल फेलियर, पाइलट इरर र प्यासेन्जरको असावधानी, एयर ट्राफिक कन्ट्रोल रुमको फल्ट, चरा, चट्याङ, आतंकवादलगायत कारणले विमान दुर्घटना हुन्छन्। विश्वमा अहिलेसम्म भएका विमान दुर्घटनामध्ये ७० प्रतिशत पाइलटको असावधानीकै कारण भएको अध्ययनले देखाएको छ। यूएस बंगला विमान दुर्घटनामा पनि पाइलटले अपनाउनुपर्ने सावधानी अपनाएको देखिँदैन। पाइलटले सावधानी नअपनाउँदा जहाज दुर्घटना भएको हो। पाइलटकै कारण जहाज दुर्घटना भएको अवस्थामा पीडितले असीमित दायित्वअन्तर्गत बिमा दाबी गर्नुपर्ने अधिकारीको सुझाव छ। सन् १९९२ जुलाई ३१ को थाई एयरवेजको विमान दुर्घटनामा ज्यान गुमाएकी सन्तोष कोइरालाका श्रीमान्ले अमेरिकाको क्यालिफोर्निया अदालतबाट मुद्दा लडेर सात लाख ५० हजार डलर बिमा लिएको उदाहरण छ। तर, सोही घटनामा ज्यान गुमाएका मीनाकुमारी थापाको परिवारले भने थाई अदालतबाट बिमा दाबी गर्दा एक लाख डलर पाएका थिए। त्यस बेलासम्म वार्सा कन्भेन्सन नै लागू थियो। कन्भेन्सनमा बिमाबापत २० हजार डलर मात्रै बिमा दाबी भुक्तानी गर्ने व्यवस्था थियो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies