/  Thu, July 19, 2018

माअाेवादीले भन्दै अाएकाे २१ अाैं शताब्दिको जनवादमा के छ ?

वर्तमान परिस्थिति र हाम्रो ऐतिहासिक कार्यभार
‘२१ औं शताब्दीमा जनवादको विकाशबारे’ प्रस्ताव

महान् नेपाली जनयुद्ध आज रणनैतिक सन्तुलन र प्रत्याक्रमणको तयारीको विशिष्ट चरणमा छ । सैद्धान्तिक रूपले यो चरण आफैमा अत्यन्त जटिल र संवेदनशील चरण हुने गर्दछ । साम्राज्यवादको युगममा कुनै पनि देशकोे जनक्रान्तिको यो चरणसम्म विकास गरेपछि त्यसले अनिवार्य रूपममा विश्व साम्राज्यवादसँग प्रत्यक्ष टक्कर लिनु पुग्दछ ।

विकासको यो स्थितिले स्वतःसम्बन्धित जनक्रान्तिका अगाडि नितान्त नया चुनौती र नयाँ सम्भावनालाई खडा गरिरहेको हुन्छ । त्यसमा पनि आज विशेष गरी विश्वमा एउटा पनि वास्तविक सममाजवादी सत्ता नरहेको तथा ‘भूमण्डलीकरण” र “उदारीकण” “सभ्यताकको विस्तार” र “आतंकवाद विरोधी युद्ध” का नाममा अत्यन्त उदण्डतापूर्वक अमेरिकी साम्राज्यवादले विश्वलाई नै आफ्नो मुठ्ठीममा राख्न अगाडि बढिरहेको वर्तमान सन्दर्भममा नेपाली जनयुद्धको यो चरण र यसको भावी विकास अझ विशेष रुपले महान हुने कुरा निश्चित छ ।

पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनको वैचारिक संश्लेषण तथा त्यसकको प्रयोगको प्रक्रियासँग जनयुद्धको विकासमा गुणात्मक प्रगति देखा प¥यो । २१ औं शताब्दीको संघारमा देखा परेकको जनयुद्धकको गुण र मात्राको व्यापकता सँगसँगै विश्व साम्राज्यवाद मुख्यतः अमेरिकी साम्राज्यवादले आफ्नो हस्तक्षेपकारी गतिविधिलाई तीव्रता दिन थाल्यो ।

दरबार हत्याकाण्ड मार्फत सामन्ती तत्वहरुलाई अगाडी वढाई महान जनयुद्धका विरुद्ध उनिहरुलाई सामाजिक आर्थिक र राजनैतिक खुला सहयोगद्वारा साम्राज्यवादले नेपालमा आफ्नो दाहा्र –नङ्ग्रा गाड्ने जमर्काे गर्दै आएको छ । नेपालकको भूराजनैतिक स्थितिको रणनैतिक महत्व र जनयुद्धको विजयद्वारा पैदा हुने दुरगामी प्रभावलाई ठूलो चुनौतीकका रुपममा बुझेर नै साम्राज्यवादीले नेपालममा माओवादी आन्दोलनलाई सत्ता कब्जा गर्नबाट रोक्ने रणनीतिको घोषणा गरिरहेका छन् ।

११ सेप्टेम्बरका घटना पछि तथाकथित आतंकवाद विरोधी युद्धका नाममा साम्राज्यवादको विरोध गर्ने उत्पीडित देश र जनताकका विरूद्ध अत्यन्त क्रुर र जंगली युद्ध थोपर्दै आएकको अमेरिकी साम्राज्यवादले अहिले नेपालकमा भएकको युद्धविराम र वार्ता प्रक्रियालाई समेत आफ्नो त्यही रणनीतिको अंग र विजयका रुपममा प्रचार गर्नु तथा माओवादी आन्दोलनलाई समेत अन्तराष्ट्रिय आतंकवादका सूचीममा राख्नुले जनयुद्धको विकासको स्तर यसकका अगाडिका चुनौतीहरूलाई स्पष्ट गर्दछन् ।

आज विशेष जनमतको अजर्जस्त विरोधका बाबजुद अत्याधुनिक सैन्य प्रविधिका बलमा इराक र इराकी जनतालाई तबाहा पार्ने “सफल” भएको उदाहरण देखाएर अमेरिकी साम्राज्यवादले त्यो कथित सफलतालाई विद्रोहको कुरा गर्ने विश्वका साना ठूला सबै शक्तिहरूका लागि एउटा चेतावनी भएको अहंकार युक्त घोषणा गरीरहेको छ ।

देश भित्र पुरानो सामन्ती सत्ता र प्रमुख संसदवादीहरूको राष्ट्रिय आत्मसमर्पणवादी चरित्र एवं साम्राज्यवादको उपरोक्त धम्कीकका सन्दर्भमा हामीले अत्यन्त गम्म्भीरतापूर्वक पार्टीको रणनीति र कार्यनीतिको विकास गर्न जरूरी छ ।

विश्व परिस्थितिबारे
शीतयुद्धको समाप्ति पछि साम्राज्यवादीहरूले गरेको “इतिहासको अन्त” र “नयाँ विश्व व्यवस्थाको उदय” को दाबीलाई पूर्णतः झुट्ठो बकबास सावित गर्दै आज विश्वका सबै आधारभूत अन्तरविरोधहरू तीव्र भएकका छन् । साम्राज्यवाद र उत्पीडित राष्ट्र एवं जनताका बीचकको विश्वको प्रमुख अन्तरविरोध मात्र विष्फोटक भएकको छैन अपितु अन्तर साम्राज्यवादी अन्तरविरोध पनि झन् चर्केर गएको छ ।

पूर्व सोभियत संघकको पतन पछि सिंगौ भूमण्डलमा आफ्नो एकछत्र प्रभुत्व कायम गर्ने रणनीति अन्तर्गत अमेरिकी साम्राज्यवादको बढ्दो लुट, हस्तक्षेप र आतंकसागै यो स्थितिको विकास भैरहेको छ । धर्तीकको अत्यधिक मानवीय एवं प्राकृतिक संशोधनको शोषण, दोहन र लुटमा खडा भएकको तथा कथित अमेरिकी सम्पन्नता र सभ्यतालाई आफैले विश्वको आदर्श धरोहर घोषणा गर्दै साम्राज्यवादी धनकुवेरहरूकको ब्रुश मण्डलीले उसकको विरोधमा आवाज उठाउने राष्ट्र, संगठन, आन्दोलन र जनसमुदाय जो कसैकाथि हमला गर्ने विशेष अधिकारकको दाबी र प्रयोग गर्दै आएकको छ ।

मानव जातिलाई नै ध्वंश गर्न सक्ने महा विनासकारी हतियारहरूको निर्माण गर्ने युद्ध –उद्योगममा टिकेकको अमेरिकी अर्थतन्त्रलाई धराशायी हुनबाट बचाउन यो वा त्यो बाहानामा जनसमुदाय माथि युद्ध थोपर्नु साम्राज्यवादको एउटा मूल विशेषता बनिरहेकै छ । गत दशकदेखि नै सामान्यतः समग्र साम्राज्यवादी अर्थतन्त्र एवं विशेषतः अमेरिकी अर्थतन्त्रमा गहिरो मन्दी छाएकको छ । औद्योगिक पूँजी माथि वित्तिय पूँजीको वर्चश्व कायम भएको र त्यस प्रकारको वित्तिय पुँजीमाथि “विश्व बैंक” अन्तर्राष्ट्रिय मुद्रा कोष” जस्ता संस्था मार्फत मुख्यतः अमेरिकी नियन्त्रण रहेको छ ।

वित्तीय पूँजीको दबदवा र त्यसकको असीमित संकेन्द्रले असमान आय वितरण, असमान विकास, बेरोजगारी एवं धनी र गरिबका बीचकको खाडलालाई पनि भयानक रुपले चर्काएर लग्यो । विज्ञान प्रविधिको विकास र पूँजीको संकेन्दनले साम्राज्यवादी आर्थिक एकाईहरूको उत्पादन क्षमता त असिमित रुपले बुृद्धि भैरहेको छ तर विकास र वितरणकको असमानताको कारण माग र बजार त्यही अनुपातममा नबढेको मात्र होईन झन् सीमित हुँदै गएको छ ।

साम्राज्यवादी अर्थ व्यवस्थाको यो वंशानुगत नियतिका कारण बजारकका निम्ति साम्राज्यवादी गुटहरूका बीचमा टकराव हुन अनिवार्य हुन्छ । आज विश्वपरिस्थितिममा एउटा ठूलो मोड र परिवर्तनलाई व्यक्त गरिरहेको इराक–युद्धको षृष्ठभूमिले उक्त कुरालाई स्पष्ट गर्दछ । अन्तर्राष्ट्रिय भुक्तानको माध्यम डलर भएकको हुनाले पाँच खरब भन्दा बढीको व्यापार घाटालाई अमेरिकाले मनपरी डलर छापेर पूर्ति गरिरहेको भएता पनि यदि अझ आधा अमेरिकन मुद्रामा नियन्त्रण गर्न युरोप लगायतका अन्य साम्राज्यवादी देशहरूले डलरको सट्टा अन्य मुद्रा प्रयोग गर्ने वितिकै सस्तो ब्याजको ऋणमा टिकेको अमेरिकी घरेलु अर्थ व्यवस्था टाट पल्टिने निश्चित छ ।

वस्तुत अमेरिकाका कैयौं ठूला ठूला कम्पनी र बैंकहरू टाट पल्टिदै जानुका पछाडि यही स्थितिले काम गरिरहेको छ । यता केही समयदेखि विकास हुँदै गएको ‘युरो’ को अवस्थाले ‘डलर’को भविष्यलाई चुनौती दिदै गएको छ । यसममा खासगरी सन् २००० देखि इराकले आफ्नो तेलको भुक्तान युरो मार्फत गर्न थालेकको थियो । भेनेजुयलाले यो काम झन् विदेशी मुद्रा भण्डारलाई विस्तारै युरोममा बदल्न थाले । कतिपय अमेरिका कै नजिकका मानिने देशहरू युरोलाई निश्चित हदसम्म भण्डार गर्न इच्छुक हुँदै गए ।

त्यसमा पनि गत ७ वर्षदेखि तेल उत्पादक देशहरुले तेल सम्पदाको विकासका लागि कुनैपनि अमेरिकन कम्पनीलाई आमन्त्रित गर्न छोड्न थाले । यो समग्र स्थितिमा यदि तेलको विशाल विश्व व्यापारममा युरोको कब्जा भयो र डलर बाहिररियो भने (जसको स्पष्ट संकेत देखा परिसकेको थियो) अमेरिककाको अर्थतन्त्र चौपट्ट हुने र विश्वमा उसको एकछत्र दादागिरी नचल्ने निश्चित भयो । यसरी वस्तुत ११ सेप्टेम्बरको घट्ना भन्दा पहिले नै अमेरिकाको आर्थिक प्रभुत्वमा ठूलो खतरा उत्पन्न भैसकेकको थियो ।

त्यो अवस्थामा स्वयं नाटोको सदस्य देशहरु भित्रै अति उत्पादन र सीमित बजारको अन्तरविरोधका अनिवार्य अभिव्यक्तिका रुपममा आपसी टकराव देखा पर्नु स्वाविक थियो । अमेरिकी साम्राज्यवादले अब आफ्नो आर्थिक प्रभुत्वका लागि एकमात्र महाशक्तिको दर्जा प्राप्त विशाल फौजी संयन्त्र सहित युद्ध छेड्नु बाहेक अर्काे उपाय देख्न संभव थिएन । ठीक यही पृष्टभूमिमा ११ सेप्टेम्बरको घट्ना घट्यो । यो घट्ना वस्तुत संकटग्रस्त बन्दै गएकको अमेरिकी साम्रज्यवादी धनकुवेरको निमित्त युद्ध छेड्ने अत्यन्त ठूलो बहाना बन्न गयो ।

एक धुवीय आर्थिक र सैनिक प्रभुत्वका लागि आफ्नो विशाल फौजी संयन्त्र सहित युद्धको बहाना खोज्न थालेको तेल व्यापारी बुश मण्डलीले तत्काल कथित आतंकवाद विरोधी युद्धका नाममा दीर्घककालिन युद्धको घोषणा ग¥यो । आफ्नो प्रमुख राजनैतिक लक्ष्य तेल कब्जा गरी आफ्ना प्रतिस्पर्धीहरूलाई पाखा लगाउनु र विश्व अर्थतन्त्र माथिकको पकड मजबुत पार्नु भएता पनि तत्काल त्यसलाई आतंक विरोधी युद्धको नाम दिएर आप्mगानिस्तान माथि हमलाबाट शुरु गरियो ।

अब यो प्रकिया अगाडि बढेर विश्वको दोस्रो ठूलो तेल भण्डार रहेको सार्वभौम राष्ट्र इराकमाथि कथित सामुहिक विनासकका रासायनिक तथा जैविक हतियार रहेको र त्यसलाई नष्ट गर्ने आधारहीन आरोपमा हमलाको तयारी अमेरिका र ब्रिटिस फौजबाट शुरु हुन थाल्यो । तब विश्व परिस्थितिमा ठूलो उथल पुथल र परिवर्तन देखा प¥यो र परिरहेकको छ ।

युद्धको तयारीको क्रममा मुख्य ः युरोप, अमेरिकी लगायत विश्वभरि नै साम्राज्यवादी युद्धको विरोधमा अभूतपूर्व जन–प्रदर्शनको लहर देखा प¥यो । साम्राज्यवादीहरूका गढमा नै युद्धलाई ‘मानवता विरूद्धको अपराध’ र बु्रश, ब्लेयरहरूलाई २१ औं शताब्दीममा हिटरसँग’ तुलना गरेर भएको युद्ध विरोधी विशाल र भव्य जनप्रदर्शनहरूले विश्व क्रान्तिको नयाँ लहरको लागि वस्तुगत रुपले क्रान्तिकारी परिस्थितिलाई ठूलो मात्रामा तयार गरेको छ ।

युरोप, अमेरिका र विश्वभरि विकास भएका जनसमुदायको युद्ध विरोधी एकता र पहलले तत्ककाल इराक युद्धलाई रोक्न सफल नभए ता पनि यसले साम्राज्यवाद विरूद्ध जनशक्तिको विकल्प र भावी विद्रोहको सम्भावनाको बलियो आधार खडा गरेकको छ । करोडौं जनसमुदायको विश्वव्यापी विरोधका बाबजुद् छेडिएको युद्धले साम्राज्यवादीहरूको प्रजातन्त्रको नकाव च्यातिएर उनीहरूको असली सैन्य फाँसीवादी चरित्र एक पटक फेरि विश्वस्तरममा उदाङ्गो भएकको छ ।

ईराक युद्धका सन्दर्भमा विकसित भएका विश्व परिस्थितिको यो एउटा अत्यन्त सकारात्मक पक्ष हो । इराक युद्धले अन्तरसाम्राज्यवादी अन्तरविरोधलाई सतहमा मात्र ल्याएन काफीहदसम्म त्यसलाई चर्काएर लगेकको छ । फ्रान्स, जर्मनी र रूस मुखरित भएर नै अमेरिका र ब्रिटेनकको युद्ध नीतिका विरूद्ध देखा परे । फ्रान्सले संयुक्त राष्ट्रसंघमा युद्धका विरूद्ध भिटो प्रयोग गर्न दिएको धम्की तथा अमेरिकाको “एक धु्रवीयविश्व प्रभुत्व सहय नभएको’ घोषणाले अन्तरसाम्राज्यवादी अन्तरविरोधको स्तरलाई व्यक्त गर्दछ । मुखयत : आ–आफ्नो आर्थिक स्वार्थ र सहायक रुपममा सडकमा जनसमुदायकको जवजस्त प्रदर्शनको दवावकका ककारण यस किसिमको विरोध त्यो स्तरसम्म देखा परेकको कुरा स्पष्ट नै छ ।

तर आजको साम्राज्यवादी विश्व व्यवस्थालाई बचाई राख्न सक्ने एक मात्र तागत अमेरिका नै भएकको तथ्यलाई साम्राज्यवादी विशव व्यवस्थालाई बचाई राख्न सक्ने एक मात्र तागत अमेरिका नै भएकको तथ्यलाई राम्रोसँग बुझेका यी साम्राज्यवादीहरूको विरोधको स्वरमा अमेरिकासँग साँठगाँठ र दलालीको गन्ध पनि सजिलै महसुस गर्न सकिन्छ । यो कुरा राष्ट्रसंघको वकालत र युद्धको विरोध गर्दा गर्दै पनि यी देशहरूले त्यसलाई रोक्न कुनै ठोस कदम नचालेकको मात्र होइन, अप्रत्यक्ष रुपममा युद्धलाई सहयोग गर्ने तथा अमेरिकाले युद्ध हार्न भने हुँदैन भनेर गरेको प्रचारबाट स्पष्ट हुन्छ।

जे भए पनि तेल र बजारमा निमित्त साम्राज्यवादी प्रतिस्पर्धा बढ्दै गएको र इराक युद्धले त्यो अन्तरविरोधलाई तीव्र र गहिरो तुल्याएकको छ । विश्व परिस्थितिमा विकास भएको यो अर्काे महत्वपूर्ण परिवर्तन हो । शीत–युद्धको अन्तपछि अमेरिकाको एकछत्र प्रभुत्वलाई स्वीकार गरेर त्यसको आर्शिवाद प्राप्त गर्न प्रतिस्पर्धा गरिरहेका तेस्रो विश्वका प्रतिक्रियावादी शासाकहरू गत दशकको अनुभवबाट आफ्नो स्थिति झन् कमजोर भइरहेको महसुस गरिरहेका थिए ।

अहिले तेस्रो विश्वका सबै प्रतिक्रियावादी शोसकहरू एकातिर जनसमुदायको बढ्दो आक्रोश र विद्रोह तथा अर्कातिर विश्व साम्राज्यवादको दवाब धम्कीको दोहोरो चेपमा रहेका छन् । राष्ट्र संघको अस्वीकृति, विश्व जनमतको व्यापक विरोध र तेस्रो विश्वमा अधिकांश शोधषकहरूको अनुनय, विनयका वावजुद् अमेरिका र ब्रिटिश साम्राज्यवादद्वारा एउटा सार्वभौम देश ईराक माथि गरिएको भीषण हमलाले झन्डै–झन्डै बिर्सन लागेको असंलग्न आन्दोलनलाई स्मरण गर्न र सो आन्दोलन मार्फत युद्धको विरोध गर्न तेस्रो विश्वका शोषकहरू बाध्य भएका छन् ।

तर आफ्नो प्रतिक्रियावादी चरित्रका कारण साम्राज्यवादका विरूद्ध उनीहरूले कुनै दृढ अडान लिन सकिरहेका छैनन् र लिन सक्ने कुरा पनि होइन । तेस्रो विश्वका कतिपय निरंकुश शासकहरू आफ्नो आयु अस्तित्वका लागि नाङ्गो साम्राज्यवादको दलाली गरिरहेका छन् भने अन्य कतिपय आतंकित मानसिकता सहित सम्झौताको बाटो खोजिरहेका छन् र जे भए पनि अन्तरसाम्राज्यवाद अन्तरविरोध चर्कदै जानु त्यही अनुपातमा असंलग्न आन्दोलनले पुनः जीवित हुने जमर्काे गर्नुले विश्व स्थितिमा आइरहेको परिवर्तनलाई व्यक्त गर्दछ ।

इराक युद्धममा प्राप्त कथित फौजीसफलताबाट अमेरिकी साम्राज्यवादीहरूको विश्व प्रभुत्व कायम गर्ने अहंकार झन बढेर गएको छ । उनीहरूले त्यो “सफलता” लाई अमेरिकाका विरूद्ध आवाज उठाउने विश्वका साना ठूला सबै शक्तिका विरूद्ध एउटा चेतावनी भएकको दम्भपूर्ण घोषणा गरेका छन् । पूरै अरब देशहरूमा आफ्ना घुडा टेक्न कठपुतली सरकार कायम गरी तेल मार्फत विश्व कब्जा गर्ने रणनीति अहिले सिरिया, इरान लगाएतका देशहरूमाथि धम्कीमा केन्द्रीत गरिरहेकका छन् ।

अफगानिस्तान र पाकिस्तानमा आफ्नो सैन्य संयन्त्रलाई बलियो तुल्याउँदै लगेको अमेरिकी साम्राज्यवादले दक्षिण एशियामा आफ्नो प्रभुत्व कस्दै लैजाने रणनीति अपनाएको छ । यस क्षेत्रकादेशहरूमा विविध प्रतिक्रियावादी सरकारको आत्मसमर्पणवादी चरित्रका कारण त्यो रणनीतिमा उनीहरू सफल पनि हुँदै गएका छन् । काश्मिर विवादलाई हतियारका रूपमा प्रयोग गरी भारत र पाकिस्तानका शासाकहरूलाई विरालोले मुसा खेलाए झैं खेलाउँदै आएको अमेरिकी साम्राज्यवादको अहिले ध्यान जनयुद्धकको माध्यमबाट तीब्र गतिमा एक पछि अर्काे सफलता हासिल गर्दै गएको नेपाली जनताको महान् जनवादी आन्दोलनलाई निस्तेज पार्ने प्रश्नमा केन्द्रित भइरहेको छ ।

बैचारिक दृष्टिले २१ औं शताब्दीका अग्रगामी आन्दोलन भएको तथा नेपालकको भू–राजनैतिक अवस्थित (विशाल चीन र भारतका बीचमा हुनु)का कारण माओवादी आन्दोलनको सफलता विश्व समाजवादका विरुद्ध नयाँ विश्व क्रान्तिको झिल्को हुने तथा त्यसबाट विश्व साम्राज्यवादमा डढेलो लाग्ने कुरालाई बुझेर नै उनीहरुले नेपालमा विगत करिब तिन वर्ष देखि आफ्नो हस्तक्षेपकारी गतिविधिलाई बढाउँदै लगेका छन् । घोर प्रतिगामी सामन्ती निरकुंशतावादी तत्वहरुलाई टिकाईराख्न जनयुद्धका विरुद्ध सामरिक, आर्थिक भौतिक सहयोग बढाईरहेका छन् ।

युद्धविराम भएर औपचारिक वार्ताको संघारमा आईपुग्दा अमेरिकी साम्रज्यवाद र नेपाली पुरानो सत्ताका बिचमा भएको कथित आंतकवाद विरुद्धको पाँच वर्षे समझदारी (सन्धीले) र हालै नेपवालको माओवादी जनआन्दोलनलाई समेत आंतकवादको सुचीमा राख्ने घोषणाले स्थितिको गम्भीरतालाई स्पष्ट गर्दछ । अहिलेको विश्व परिस्थितिको यो संक्षिप्त अवलोकनबाट मात्र नि के कुरा स्पष्ट हुन्छ भने इतिहासका तमाम उतारचढावका बाबजुद साम्राज्यवादका आधारभूत विशेषता र व्रुशका लागि युद्धको अनिवार्यताबाट कमरेड लेनिनले गरेको विश्लेषण आज पनि उत्तिकै वैज्ञानिक र सान्दर्भिक रहेको छ । क्रान्तिद्धारा युद्धको विरोध विश्व जनसमुदायका अगाडि अर्को विकल्प छदैछैन ।

इराक युद्धसम्मको स्थितिले २१ औं शताब्दीमा विश्वमा क्रान्तिको नयाँ लहरको लागि वस्तुगत परिस्थितिलाई परिपक्व बनाउँदै लगेको छ । मालेमाका आधारभूत सिद्धान्तका आधारमा साहसपूर्वक विश्व क्रान्तिको नेतृत्वका लागि आपैmलाई तयार पार्ने महान् ऐतिहासिक कार्यभार अन्तराष्ट्रिय सर्वहारा वर्गको काँधमा आएको छ । जनयुद्ध बाहेक साम्राज्यवादलाई परास्त गर्ने अर्को कुनै फौजी रणनीति हुन सक्तैन ।

विश्व परिस्थिति र नेपाली क्रान्तिबारे
सुचना प्रविधिमा भएको अभूतपूर्व विकासको आजको विश्वलाई आश्चर्यजनक रुपमा साँघुरो पारिदिएको छ । साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको विकासले कुनै निश्चित देशमा जनक्रान्तिको सफलताको लागि अन्तर्राष्ट्रिय परिस्थितिको अनुकुलता वा प्रतिकुलताले रणनैतिक महत्वको भूमिका खेलिरहेको हुन्छ । त्यसपछि २१ औं शताब्दीको विज्ञान प्रविधिको विकासले देशमा क्रान्तिको सफलताको लागि अन्तर्राष्ट्रिय परिस्थितिको महत्व झन् गुणात्मक रुपले बढ्न गएको छ ।

आजको स्थितिमा कुनै निश्चित देशको क्रान्तिका उतार–चढावहरु विश्व परिस्थितिमा आउने उतार–चढावसँग निरन्तर र अभिन्न रुपले गाँसिएका हुन्छन् । नेपाली क्रान्तिको विकासका ७ वर्षहरुले उपरोक्त वास्तविकतालाई राम्रोसँग अभिव्यक्त गर्दै आएको छ । विश्व साम्राज्यवाद आजको अवस्थामा मुख्यतः अमेरिकी साम्राज्यवाद यदि पुरानो सामन्ती सत्ताको सहयोगमा प्रत्यक्ष अगाडि नआएको भए पार्टीको ऐतिहासिक दोस्रो राष्ट्रिय सम्मेलनद्धारा संश्लेषित विचार, रणनीति र कार्यनीतिको प्रयोगद्धारा नेपाल र क्रान्ति अहिलेको भन्दा कही भिन्न र सापेक्षित सहजतापूर्वक अगाडि बढ्न सम्भव थियो ।

मुख्तयः दरबार हत्याकाण्ड मार्पmत सर्वाधिक क्रुर र निरंकुश सामन्ती तत्वहरुलाई नेपाली जनयुद्धका विरुद्ध खडा गराउने देखि ११ सेप्टेम्बरपछि कथित आतंकवादका विरुद्ध युद्धको घोषणासँगै नेपालमा आफ्नो हस्तक्षेप बढाउने सम्मका अमेरिकी साम्राज्यवादका क्रियाकलापले नेपाली क्रान्ति प्रभावित भएको छ । हामी यो कुरा स्पष्टसँग र पुरै अनुभवका साथ भन्न सक्दछौ कि विगत संकटकालमा यदि पुरानो सामन्ती सत्ता र उसको शाही सेनालाई अमेरिकी सैन्य विशेषज्ञहरुको योजना, निर्माण, तालिम र निर्देशनमा प्रत्यक्ष सहभागित नभएको भए तथा अमेरिका लगायत वैदेशिक प्रतिक्रियावादी शक्तिहरुको आर्थिक र फौजी सहयोग प्राप्त नगरेको भए नेपालमा सडेगलेको सामन्ती सत्ता जनयुद्धका अगाडि आजसम्म टिक्न सम्भव थिएन ।

साम्राज्यवादको प्रत्यष सहयोग र निर्देशनमा सामन्ती सत्ताले संकटकालका नाममा चलाएको भीषण सैनिक अत्याचार र आतंकका विरुद्ध विभिन्न मोर्चामा उसलाई पराजित गरेर वास्तविक अर्थको रणनैतिक सन्तुलनसम्म जनयुद्धको विकास हुनुले पार्टीको राजनैतिक एवं फौजी कार्यदिशाको महान् विजयलाई नै प्रमाणित गर्दछ । शक्तिशाली प्रतिक्रान्तिलाई जन्म दिदै र असाधारण जटिल स्थितिको सिर्जना गर्दै अगाडि बढ्नु माक्र्सवाद–लेनिनवाद–माओवादका अनुसार कुनैपनि क्रान्तिको नियम हो ।

नेपाली क्रान्तिको विकासको नियम त्यो भन्दा बाहिर हुन सक्दैन । अनि नेपाली जनयुद्ध रणनैतिक सन्तुलनबाट प्रत्याक्रमणको तयारीको चरणमा रहेकाले साम्राज्यवादी शक्ति पनि यसका विरुद्ध अझ भीषण हमलाको तयारीमा रहेको कुरामा कुनै शंका छैन । नेपाली क्रान्तिका सम्पूर्ण जटिलता, सम्भावना र चुनौति यही वस्तुगत स्थितिका अभिव्यक्तीहरु हुन् । सैद्धान्तिक र रणनैतिक दृष्टिले साम्राज्यवाद क. माओले भनेभैmँ कागजी बाघ नै हो ।

तर तत्कालिन र कार्यनैतिक दृष्टिले ऊ मान्छे खाँदै हिड्ने साँच्चैको बाघ पनि हो । इराक युद्धसम्म आईपुग्दा साम्राज्यवाद कागजको बाघ र साँच्चैको बाघ दुवै प्रमाणित भैरहेको छ । रणनैतिक दृष्टिले इराक युद्धमा साम्राज्यवाद विश्भरिका जनसमुदायको विरोध, घृणा र आक्रोशको केन्द्र बनेकाले ऊ कागजी सावित भएको छ । तर तत्कालिन रुपबाट उसले अफगानिस्तान र इराकका जनताको रगत पिईरहको छ र विश्वभरिका जनतातिर आफ्नो रगत लत्पतिएको मुख देखाएर गर्जिरहेको छ ।

त्यसरी ऊ साँच्चैको बाघ बनेको छ । इराक युद्धले रगत लत्पतिएको मुख देखाएर गर्जिरहेको छ । तर नेपालका भने क्रान्तिको विकास प्रत्याक्रमणको तयारीको चरण जस्तो अत्यन्त संवेदनशिल चरणसम्म भईसकेको छ । विश्व परिस्थितिको यही रणनैतिक अनुकुलता एवं तात्कालिन प्रतिकुलता र देशभित्रको रणनैतिक सन्तुलनको स्थितिमा नै पार्टीका आजको युद्धविराम, वार्ता, राजनैतिक विकास लगायतका कार्यनैतिक श्रृखंलाहरु आधारति रहेको यथार्थलाई बुझ्न जरुरी छ ।

चीनमा पुँजीवादको पुनःस्थापनासँगै विश्वमा एउटा पनि समाजवादी सत्ता नरहेको वस्तुगत परिस्थिति अनुकुल बन्दै गएको भएता पनि तत्काल सर्वहारा वर्गको नेतृत्वमा कुनै शक्तिशाली क्रान्तिकारी आन्दोलनको विवकास भइनसकेको विश्व साम्राज्यवाद घाईते बाघ भैm उदण्ड भएर जताततै जथाभावी झम्टँदै हिंडेको आजको परिस्थितमा नेपाल जस्तो सानो र विशिष्ट भूराजनैतिक अवस्थाको देशमा क्रान्तिलाई केन्द्रीय सत्ता कब्जा गर्ने स्तरसम्म विजयी बनाउन संभव छ ?

आज पार्टीका अगाडि उपस्थित भएको यो सर्वाधिक महत्वपूर्ण प्रश्न हो । यो प्रश्नको समुचित माक्र्सवादी लेनिनजवादी माओवादी उत्तरमा नै नेपाली क्रान्तिको भविष्य निर्धारित हुनेछ । विचाराधारात्मक र राजनैतिक कार्यदिशा सही वा गलत वैचारिक र भौतिक दुवै अर्थामा गर्दछ । हिजो शीतयुद्धको अन्तपछि पश्चिमा साम्राज्यवादले वैचारिक र भौतिक दुवै अर्थमा विजय उत्सव मनाइ रहेको तथ्य पेरुको जनयुद्धले समेत गम्भीर धक्का खाएको अत्यन्त प्रतिकुल राष्ट्रिय परिस्थितिमा पार्टीको जनयुद्धको ऐतिहासिक पहल गरेको तथ्य यहाँ स्मरणीय छ ।

देशभित्र र बाहिरका तमाम प्रतिक्रियावादी एवं दक्षिणपन्थी संशोधनवादीहरुले जनयुद्धको यो पहललाई वस्तुगत परिस्थिति विनाको उग्रपन्थी भड्काव भन्दै केही महिना भित्रै सखाप हुने भविष्यवाणी गरेका थिए । तर ती तमाम आरोप र भविष्यवाणीका विपरित ७ वर्षमा जनयुद्ध आजको चुनौतिपूर्ण अवस्थासम्म विकास भएको छ । यो अद्धितिय विकासका पछाडि पार्टीको सही विचार, नीति, योजना र कार्यक्रम रहेको कुार स्वतः स्पष्ट छ ।

आज साम्राज्यवादी हस्तक्षेप र राष्ट्रिय आत्मसमर्पणवादको सामना गर्दै क्रान्तिलाई विजयसम्म डो¥याउने जुन चुनौति खडा भएको छ । अन्ततः यो विचारधारात्मक र राजनैतिक कार्यदिशाको विकास गर्ने चुनौति हो । ठोस विश्लेषणका आधारमा यदि पार्टीले नयाँ परिस्थितिका लागि वैचारिक र राजनैतिक कार्यदिशाको विकासक्रम असफल भएर जडसुत्र र अनुभववादको शिकार भयो भने क्रान्तिलाई विजयसम्म डो¥याउन सम्भव हुनेछ । अहिले विश्व परिस्थितिबाट क्रान्तिकारी आन्दोलनमा देखा पर्न सक्ने तीन प्रकारको विचलनबारे यहाँ चर्चा गर्न आवश्यक छ ।

. दुश्मनका शक्तिलाई अधिमुल्यांकन र जनताको शक्तिलाई अवमुल्यवन गर्ने दक्षिणपन्थी आत्मसमर्पणवादी विचलन आजको सन्दर्भमा क्रान्तिकारी आन्दोलन भित्र देखा पर्न सक्ने पहिलो र मुख्य खतरा रहेको कुरामा पार्टी स्पष्ट हुन आवश्इक छ । यसप्रकारको विचलनले युद्धविरामलाई निरपेक्ष शान्तिको अर्थमा ग्रहण गर्ने, वार्ता प्रक्रियालाई दुश्मनका विरुद्ध संघर्षको अर्को मोर्चाको रुपमा नलिएर जसरी पनि सम्झौत गर्ने अर्थमा ग्रहण गर्ने ।

जनसेनाको सुदृढिकरण र जनसमुदायलाई गोलबन्द गर्ने प्रमुख र कष्टसाध्य कामप्रति अरुचि र दुश्मनका विभिन्न गुटहरुसँगको कुटनैतिक सहकार्य र त्यसको परिणाम प्रति अनावश्यक आशावादीता प्रकट गर्ने, विश्व परिस्थिति र त्यसको दवावलाई देखाएर पार्टीका रणनैतिक लक्ष्यलाई कार्यनैतिक सिर्जनशीलताको नाममा परित्याग गर्न उदद्त रहने विचार र नेतृत्वको विकासमा भन्दा यथास्थितिमा चक्कर काट्न रमाउने, युद्धविराम भंग गरेर क्रान्तिलाई अगाडि बढाउनुलाई आत्मघात सम्झने आदि जस्ता विविध रुपमा अभिव्यक्त हुन सक्छ ।

. उपरोक्त चलनको ठीक विपरित अर्को विचलन दुश्मनको शक्तिलाई अवमुल्यन र जनताको शक्तिलाई अधिमूल्यन गर्ने वामपन्थी दुस्साहसवादी विचलनका रुपमा देखा पर्न सक्छ ।

यस प्रकारको विचलनले युद्ध विराम र वार्ता प्रक्रियालाई अनावश्यक र औचित्यहीन कसरत देख्ने रणनैतिक लक्ष्यप्रति दृढताका नाममा क्रान्तिको विकासले पैदा गरेको जटिलताहरुको सामना गर्न आवश्यक कार्यनैतिक धुमधुमाउलाई अस्विकार गर्ने, दुश्मनका बीचको अन्तरविरोधको पहिचान र परिचालनालाई अवसरवाद देख्ने तथा सिधै अगाडि बढेरमात्र क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने एकहोरो सोच राख्ने, पार्टीका विचार, निती योजना र कार्यक्रमलाई निरन्तर विकास गर्नु पर्ने कष्टसाध्य कामका रुपमा भन्दा पूर्व संश्लेषित विचार, नीति, योजना कार्यक्रमलाई पूर्णताको जड अर्थमा ग्रहण गर्ने आदि जस्ता विविध रुपमा अभिव्यक्त हुन सक्दछ ।

. पार्टीमा उपरोक्त दुई परस्पर विपरीत देखिने विचलनका साथै अर्को विचलन अकर्मण्यतावदा र पलायनवदाका रुपमा पनि देखा पर्न सकदछ । यो प्रकारको विचलनले दक्षिणपन्थी वामपन्थी क्रान्तिकारी कुनै पनि दिशामा आपूmलाई दृढतापूर्वक उभ्याउ सक्दैन । अन्ततः पलायनवाद यसको गन्तव्य हुन पुग्दछ । पार्टी यसप्रकारका विचलनका विरुद्ध मालेमा र प्रचण्डपथका आधारमा निरन्तर विचाराधात्मक संघर्ष अगाडि बढाउन जोड दिन्छ र रणनैतिक दृढता र कार्यनैतिक लचकताको पार्टीको स्थापित विचारलाई नयाँ परिस्थितिको माग अनुसार अर्को नयाँ उचाइमा उठाउन आवश्यक ठान्दछ । नेपाली जनयुद्धका विजय न दक्षिणपन्थी आत्मसमर्पणवादीहरुले सोचेजस्तो असम्भव छ न वामपन्थी दुस्साहसवादीहरुले सोचेजस्तो सिधा र सरल नै हुनेछ ।

अफगानिस्तान र मुख्तयः इराक युद्धपछि निश्चित रुपले विश्व साम्राज्यवादका साथै युद्ध विरोध विश्व जनमतको आँखा नेपालमा विशेष रुपलेृ केन्द्रित हुँदै गएको छ र भावी दिनमा अझ केन्दिंत हुँदै जानेछ । तेस्रो विश्वाको कुनैपनि धार्मिक कट्टरतावादी शासक वा गुट वा प्रतिक्रियावादी तानाशाहहरुले साम्राज्यवादी सैन्य हस्तक्षेपका विरुद्ध वास्तविक प्रतिरोध गर्न नसक्ने तथ्य इराक युद्धसम्म आउँदा अझ स्पष्ट भसकेको छ । यसका पछाडि तीन प्रमुख कारण रहेको कुरामा हामी स्पष्ट हुनुपर्दछ ।

 पहिलो, त्यसप्रकारका प्रतिक्रियावादी शासकहरु आप्mनै जनसमुदायबाट अलग अलग रहेका हुन्छन् र प्रतिरोध ायुद्धमा जनसमुदायको सक्रिय पहलकदमीको असीमित उर्जालाई संगठित गर्न असफल हुन्छन् ।
 दोस्रो, त्यसप्रकारको शासकहरुले प्रयोग गर्ने युद्धशैली, साम्राज्यवादी युद्धशैली नै हुनसक्छ । जुन शैलीमा र अतिमहाशक्ति साम्राजयवाद हजारौं गुणा बलियो हुने भएकोले तथा विश्वका शासक वा धार्मिक कट्टरतावादी गुटहरु युद्धमा लामो समयम टिक्न सम्भव नै हुँदैन ।
 तेस्रो साम्राज्यवादी युद्धको विरोधमा रहँदा रहँदै पनि त्यसप्रकारका प्रतिक्रियावादी शासक वा धािर्मक कट्टरतावादी गुटका पक्षमा विश्व जनमत पुरै शक्तिका साथ निरन्तरम आन्दोलित हुनु अम्भव हुन्छ ।

निश्चित छ कि नेपाली जनयुद्धका सन्दर्भमा त्यसप्रकारको स्थिति आधारभूत रुपले नै फरक हुनेछ । मालेमाका सार्वभौम सिद्धान्त र इतिहासका अनुभवारा अकाट्य रुपमा प्रमाणित तथ्य हो कि साम्राज्यवादका विरुद्ध जनयुद्धको विधिद्धारा मात्र सफलता हासिल गर्न सम्भव छ । आज विश्व साम्राज्यवादका विरुद्ध पुनः आन्दोलित भैरहेको सन्दर्भमा नेपाली जनयुद्धले विश्व क्रान्तिको नयाँ लहर सृष्टि गर्ने विश्व ऐतिहासिक महत्वको भूमिका खेलन सक्ने सम्भावना प्रवल बन्दै गईरहेको छ ।

यदि नेपाली जनयुद्धले दक्षिणपन्थी आत्समर्पणवादी वा वामपन्थी दुस्साहसवादको शिकार भएर यो वा त्यो रुपमा धक्का खान पुगेमा त्यसले विश्व क्रान्तिको विकासमा नै ठूलो नकरात्मक भूमिका खेलनेछ । सात वर्षको जवर्जस्त विजय अभियान र रणनैतिक सन्तुलनको आजको अवस्थाका कारण साम्राज्यवादी दुश्मनहरु जनयुद्धका विरुद्ध नयाँ नयाँ रणनीति अपनाउन बाध्य भैरहेका छन् । इण्डोनेशिष, चिली, भियतनाम, निकारागुवा र पछिल्लो पेरुको अनुभव समेतलाई दृष्टिगत गरी साम्राज्यवादले नेपाली जनयुद्धलाई सखाप पार्ने खुलला र छद्म रणनीतिको विकास गर्ने जमर्को गरिरहेकोछ ।

ती मध्ये सबैभन्दा प्रभावकारी उपायका रुपमा आतंकवादको आरोप स्थापित गरी भीषण फौजी हमलाको तयारी गर्नु नै रहेको छ । यो स्थितिमा नेपाली जनयुद्धको भावी विकास त्यति सहज र सरल भने अवश्य हुनेछैन तर सही रणनीति र कार्यनितीका आधारमा अगाडि बढ्दै जाँदा यसले विश्व जनमतालाई आन्दोलित गर्दै र साम्राज्यवादलाई थकाउँदैू क्रान्तिलाई विजयसम्म डो¥याउन पुरै सम्भव छ ।

यसका लागि निश्चय नै पार्टीले कार्यनीतिमा थुप्रै फेरबदल, घुम्ती र उतारचढावहरु पार गर्नु पर्नेछ । अमेरिकी साम्राज्यवादीहरुको विपरित वैकल्पिक धु्रवको रुपमा जनयुद्धको रणनितीलाई स्थापित गर्नु र त्यसका लागि ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै आवश्यकता अनुसार अघि, पछि, दायाँ, बायँ हुँदै अगाडि बढ्न जरुरी हुन्छ यस सन्दर्भमा पार्टीले निम्न कुराहरुमा विशेष ध्यान दिन आवश्यक छ ।

सर्वहारा अन्तर्राष्ट्रियतावादको महान् सिद्धान्तप्रति दृढ रहँदै विश्व सर्वहारा वर्गसँग पार्टीको सम्बन्धलाई अझ ठोस र व्यापक बनाउन जोड गर्न आवश्यक छ । साम्राज्यवादका विरुद्धको लडाइमा अन्तराष्ट्रिय सर्वहारा वर्गको सामुहिक प्रयत्न विना कुनै खास देशको क्रान्तिको विजय विशेष रुपले असम्भव भएको आजको विश्वमा पार्टीले त्यसका लागि रिम मार्पmत विश्वभरिका सर्वहारावादी क्रान्तिकारीसँगको सम्बन्धलाई सजीव र आन्दोलनयुक्त तुल्याउन अझ पहल बढाउन आवश्यक छ । अन्तर्राष्ट्रिय सर्वहारा वर्गसँगको सम्बन्ध र उसको सामुहिक प्रयत्नमा संगठित र आन्दोलित रुप दिने कुरालाई प्राथमिकता दिन आवश्यक छ ।

साम्राज्यवाद विरुद्ध विश्वव्यापी रुपमा विकसित हुँदै गएको जनमतसँग नेपाली क्रान्तिलाई जोड्ने प्रश्न पार्टीको अगाडि उपस्थित महत्वपूर्ण प्रश्न हो । पार्टीको अहिलेसम्मको गतिविधिले साम्राज्यवाद विरोधी जनमतसँगै नेपाली क्रान्तिलाई जोड्नका लागि राम्रै वैचारिक र राजनैतिक आधार अवश्य तयार भएको छ । पार्टी र अन्तर्राष्ट्रिय सर्वहारा वर्गको सामुहिक र योजनावद्ध पहल सहित त्यो सम्बन्धलाई सजीव, संगठित र आन्दोलनयुसक्त तुल्याउन जोड दिनु आवश्यक छ ।

उपरोक्त दुई मुलभुत सम्बन्धलाई विकसित गर्ने प्रयाससँगै अमेरिकी साम्राज्यवादसँग अन्तरविरोध राख्ने अन्य विभिन्न साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिहरुलाई उपयोग गर्ने प्रयत्न बढाउनु पर्दछ । यहाँ स्पष्ट हुनुपर्दछ कि सर्वहारा वर्ग र साम्राज्यवाद विरोधी विश्व जनमतसँगैैको सम्बन्धलाई प्राथमिकता सहित मजबुत तुल्याउने प्रयत्नको विकासको सापेक्षतामा नै अन्तरसाम्राज्यवादी र अन्तर प्रतिक्रियावादी अन्तरविरोधलाई उपयोग गर्ने पार्टीको क्षमतामा वृद्धि हुनेछ ।
यसरी मात्र हामीले विश्व क्रान्तिलाई सेवा गर्ने तथा नेपाली क्रान्तिलाई डो¥याउने आफ्नो ऐतिहासिक दायित्वलाई पुरा गर्न सक्ने छौं ।

वर्तमान घरेलु परिस्थितिबारे
देशको वर्तमान राजनैतिक स्थिति संक्रमणकालीन संकटको अवस्थाबाट गुज्रिरहेको छ । गृहयुद्धमा रणनैतिक सन्तुलनको विशेष अवस्था, जनसमुदायको शान्तिको आकांक्षा र वैदेशिक शक्तिकेन्द्रहरुको बढ्दो चलखेल र हस्तक्षेप समेतलाई विचार गरी हाम्रो पार्टीले अत्यन्त गम्भीरता, जिम्मेवारी र लचकतापूर्वक युद्धविराम र वार्ता प्रक्रियामा समावेश भई शान्तिपूर्ण ढंगले अग्रगामी राजनैतिक निकासका लागि प्रयत्न गर्दै आएको छ ।

जनता र जनयुद्धको व्यापक दबाबका कारण अन्तर्राष्ट्रिय शक्तिकेन्द्र एवं उनका नेपाली दलालहरुले औपचारिक रुपमा युद्धविराम र वार्ता प्रक्रियालार्य स्वागत गरेको देखाए पनि वास्तविक अर्थमा युद्धविरामको घोषणासँगै यसका विरुद्ध षड्यन्त्रको पनि शुरुवात गरियो । युद्ध विरामको घोषणादेखि नै शाहीसेना समेत पुरानो सत्तापक्षद्धारा गरिएका धरपकड, दमन र हत्या प्रक्रियालाई जारी राख्दै अगाडि बढाइक्ष्रहेको सैन्य शुद्धिकरणको अभियान तथा विभिन्न प्रतिक्रियावादी संसदीय गुटहरुद्धारा गरिएको तथाकथित माओवादी र दरबारका बीचका गोप्य साँठगाँठको सुनियोजित प्रचारबाजीले त्यसप्रकारको षड्यन्त्रलाई स्पष्ट संकेत गरिरहको थियो ।

हाम्रा पार्टीले प्रारम्भदेखि नै सबै प्रकारका षड्यन्त्रहरुको भण्डाफोर गर्दै देश र जनताको आवश्यकता र आकांक्षा अनुसार युद्धविराम र वार्तालाई सफल पार्न जोड दिँदै आएको छ । यस सन्दर्भमा हाम्रो इमान्दारि, गम्भीरता र जिम्मेवारीबोध वार्ता टोलीको गठनदेखि साहसपूर्वक र सार्वजनिक रुपले गरिएका विभिन्न राजनैतिक शक्ति, बौद्धिक व्यक्तित्व, पत्रकार एवं जनसमुदायसँगको गहन छलफल, अन्तरक्रियाद्धारा मात्र होइन सत्तापक्षसँगका औपचारिक वार्तामा हामीले प्रस्तुत गरेका कार्यसूची र अडानहरुले समेत राम्रोसँग प्रमाणित गरेका छन् ।

तर, हाम्रो राजैतिक आचरण र शान्तिपूर्ण राजनैतिक निकासप्रतिको हाम्रो प्रतिवद्धताप्रति ग्रामीण मात्र होइन शहरीया मध्यम वर्गीय जनसमुदाय समेत जति व्यापकरुपले स्पष्ट र आकर्षित हुँदै गएको स्थिति देखा पर्न थाल्यो, त्यति नै मात्रामा वैदेशिक प्रतिक्रियावाद र उनका नेपाली दलालहरुको षड्यन्त्रको मात्र पनि बढ्दै गएको तथ्य स्पष्ट देख्न सकिन्छ ।

औपचारिक वार्ताकै मुखमा आएर अमेरिकी साम्राज्यवाद र पुरानो सत्ताका बीचमा भएको तथाकथित आतंकवादका विरुद्धको पाँच वर्षे समझदारी, भारतीय स्थल सेनाध्यक्षद्धारा आतंकवादको विरुद्ध लड्न पुरानो सत्तालाई दिइएको र दिइने ३०० करोड मुल्य बराबराको युद्धसामग्रीको सार्वजनिक घोषणा तथा पछिल्लो चरणमा अमेरिकी विदेश मन्त्रालयद्धारा माओवादी आन्दोलनलाई अन्तर्राष्ट्रिय आतंकवादको सुचीमा राख्ने सार्वजनिक घोषणा, नेपाल स्थित अमेरिकी राजदुतद्धारा खुलेआम दिइने गरेको धम्की, शाही सेनाका क्रियाकलाप र सार्वजनिक अभिव्यक्तिहरु तथा प्रमुख संसदवादी दलहरुका भ्रामक प्रचारवाजीहरुले त्यो कुरालाई स्पष्ट गर्दछन् ।

युद्धविरामदेखि अहिलेसम्मको राजनैतिक विकासक्रमले स्पष्ट गरेको छ कि गोलमेच सम्मेलन, अन्तरिक सरकार र संविधानसभा मार् अग्रगामी राजनैतिक निकास खोज्ने हाम्रो न्युनतम र सर्वमान्य हुनुपर्ने प्रस्तावलाई निरंकुश राजतन्त्रको सपना देख्ने दरबारिया तत्वहरुले मात्र होइन, संसदीय प्रजातन्त्रको राग अलाप्ने प्रमुख संसदवादी गुटहरुले समेत अस्विकार गरिरहेका छन् । वस्तुतः यो अस्विकृतिले उनीहरु देशमा न वास्तविक अर्थको शान्ति, न वास्तविक राजनैतिक निकास नै चाहन्छन् भन्ने कुरा मात्र प्रमाणित भैरहेको छ ।

रुप पक्षमा हेर्दा निरंकुश राजतन्त्रवादी, संसदवादी र क्रान्तिकारी शक्तिका बीचमा त्रिकोणात्मक संघर्ष चलेको देखिने राजनैतिक परिदृश्यको वर्गीय सारतत्वमा गएर हेर्द दुई पक्ष र जनवादी वा प्रजातान्त्रिक शक्तिको बीचको संघर्ष मात्र देखा पर्दछ । निरंकुश राजतन्त्रवादी एवं संसदवादी गुटका बीचको अन्तर प्रतिक्रियावादी पुरानो सत्तामा अंशवण्डाको झगडा बाहेक अरु केही नभएको कुरा व्यवहारले प्रमाणित भैरहेको छ ।

दरबारियाहरु राष्ट्रियता र संसदवादीहरु प्रजातन्त्रको नाममा सत्तामा बसेर देश र जनतामाथि एउटै वर्गीय प्रकृतिको घात गर्न चाहन्छन् भन्ने कुरा नेपालमा पटक पटक प्रमाणित भैरहेको छ । देशको वर्तमान संकटपूर्ण स्थिति र हाम्रो गम्भीर पहलका बाबजुद संविधानसभा जस्तो बुर्जुवा प्रजातान्त्रि विधिमा आउन इन्कार गर्नुले उनीहरुको राष्ट्रियता र प्रजातन्त्रको नारा कति खोक्रो र पाखण्डी छ भन्ने कुार एकपटक फेरि व्यापक रुपमा प्रमाणित भएको छ । यसबाट राष्ट्रियता र प्रजातन्त्र बुर्जुवा जनवादी क्रान्तिका एक अर्काबाट अलग गर्न नसकिने अवयव हुन् भन्ने हाम्रो नीतिको वैज्ञानिकता झन् स्पष्ट भएको छ ।

वर्गीय र सैद्धान्तिक रुपले हामीले भन्दै आएको तथा अहिलेको युद्धविराम र वार्ताप्रक्रियाका सन्दर्भमा विशेष रुपले कुन कुरा उदाङ्गो भएको छ भने यथार्थमा नेपालका विभिन्न प्रतिक्रियावादी गुटहरुको बीचको आपसी खिचातानी, कचिङ्गल र अन्तरविरोधका पछाडि विभिन्न अन्तर्राष्ट्रिय प्रतिक्रियावादी शक्ति केन्द्रहरुको आपसी स्वार्थको टक्करले काम गरिरहेको छ । शाहीसेना र दरबारिया दक्षिण एशियमा आफ्नो विशेष प्रभुत्व खोज्ने भारतीय शासकहरुले संचालन र संरक्षण गरिरहेकाले उनीहरुका बीचमा निरन्तर खिचातानी चलिरहने गरेको छ ।

अत सिंगो पार्टी अझ स्पष्ट हुन जरुरी छ कि दरबारिया र नेपालका संसदवादीहरु कसैलाई पनि एक अर्काका तुलनमा प्रजातान्त्रिक वा राष्ट्रवादी देखिने सोच दरबार हत्याकाण्ड पछिको राजनैतिक विकासका सन्दर्भमा अझ विशेष रुपले गलत र हानिकारक हुन पुगेको छ । कुन खास स्थितिमा अन्तरविरोधलाई कुन किसिमले संचालन गर्ने भन्ने बाहेक दरबारिया र संसदवादी गुटहरुका सन्दर्भमा हाम्रो कुनै सैद्धान्तिक र राजनैतिक सम्बन्ध हुन नसक्ने कुरा आजको नेपालमा झन् स्पष्ट भैरहेको छ ।

घटनाक्रमले स्पष्ट गरिरहेका छ कि दरबारियाहरु शान्तिवार्ताका नाममा हामीलाई उपयोग गरी आफ्नो सत्ता सुदृढ गर्ने र अमेरिकी साम्राज्यवादकै आडमा हामै्र आन्दोलनलाई सखाप पार्ने रणनीति अन्तर्गत नै अगाडि बढिरहेका छन् भने प्रंमुख संसदवादी गुटहरु प्रतिगमनका विरुद्ध संघर्षका नाममा हामीलाई उपयोग गरी पुरानै सत्ताको कुर्सीमा पुगेर वैदेशिक प्रतिक्रियावादकै आडमा हाम्रै आन्दोलनलाई सखाप पार्ने रणनिती अन्तरगत अगाडि बढिरहेका छन् ।

यो स्थितिमा उनीहरुको रणनैतिक षड्यन्त्रको भण्डाफोर गर्दै जनसुमदायलाई व्यापक रुपमा गोलवन्द गर्नु तथा प्रतिक्रियावादीहरुको बीचको अन्तरविरोधलाई उपयोग गर्दै जनक्रान्तिलाई नयाँ उचाइमा उठाउन जोड गर्नु बाहेक क्रान्तिकारीहरुको अर्को रणनीति हुन सक्तैन ।

के अन्तराष्ट्रिय शक्ति एवं देशका प्रतिक्रियावादी तत्वहरुको यसप्रकारको षड्यन्त्रपूर्ण रवैयालमे युद्धविराम, वार्ता र शान्तिपूर्ण राजनैतिक निकासप्रतिको हाम्रो गम्भीर र जिम्मेवारपूर्ण पहलकदमीको औचित्यलाई समाप्त गर्दछ ? कतिपय मानिसहरुलाई त्यस्तो पनि लाग्न सक्दछ । तर वास्तविक र वैज्ञानिक अर्थमा दुश्मनका यी षड्यन्त्रहरुले हाम्रो यो पहलको औचित्यलाई झन् व्यापक रुपले प्रमाणित गर्दछन् ।

सर्वप्रथम हाम्रो यो पहलले ग्रामीण मात्र होइन, शहरीया जनसमुदाय र देशभित्र मात्र होइन उल्लेखनिय हदसम्म विश्वभरिका जनसमुदायसम्म हाम्रो आन्दोलनको स्थापित गर्न साम्राज्यवाद एवं उसको दलालहरुले सैन्य फाँसीवादी निष्कृष्टतालाई लत्याउन महत्वपूर्ण भूमिका खेलको छ । अझ ठोस रुपमा भन्नुपर्दा वार्ता र राजनैतिक निकासको गम्भीर पहल भैरहेको बेला अमेरिकी साम्राज्यवादद्धारा गरिएको युद्धउन्मादी र अन्यायपूर्ण हस्तक्षेपले सहरिया वौद्धिक समुदायदेखि आम जनतासम्म र विश्वभरिका प्रगतिशिल जनसमुदायको नजरबाट समेत एकैचोटि अमेरिकी साम्राज्यवाद र उसका नेपाली दलालहरु नराम्रोसँग गिर्न पुगेका छन् ।

यसले भावी प्रत्याक्रमणका लागि ठुलो राष्ट्रिय र अन्तराष्ट्रिय राजनैतिक तयारीको भूमिका खेलने कुरालाई हामीले गम्भीरतापूर्वक आत्मसात गर्नुपर्दछ । दोस्रो कुरा, हाम्रो यो पहल र अमेरिकी साम्राज्यवादको नाँगो हस्तक्षेपले पार्टीका अगाडि अन्तरसाम्राज्यवादी एवं विभिन्न देशका प्रतिक्रियावादी शासकहरुको बीचको अन्तरविरोधलाई उपयोग गर्ने संभावनालार्य धेरै हदसम्म बढाइदिएको छ । तेस्रो कुरा, हाम्रो पहल र दुश्मनको नांगो षड्यन्त्रले देशका विभिन्न प्रतिक्रियावादी एवं संशोधनवादी गुटहरुभित्र आपसी अन्तरविरोधलाई व्यापक रुपले चर्काएर सतहमा ल्याउने काम गरेको छ ।

यसबाट प्रतिक्रियावादी एवं संशोधनवादी गुटहरुको भ्रममा रहेका कार्यक्रता र जनताको तप्कालाई स्पष्ट पार्न राम्रो अवसर प्राप्त भैरहेको छ । वार्ता पनि एउटा संघर्षको मोर्चा हो भन्ने पार्टीको मुल सैद्धान्तिक मान्यता अनुसार हामीले यसलार्य अन्तसम्म र एउटा तार्किक निष्कर्षसम्म पु¥याउन जोड गर्नुपर्दछ । तर यो कार्यनीति प्रत्याक्रमणको राजनैतिक तयारीको रणनितीसँग अभिन्न रुपले गाँसिएको यथार्थलाई हामीले दह्राेसंग पकड्नै पर्दछ ।

अन्तमा रणनैतिक र वर्गीय दृष्टिले दरबारिया एवं प्रमुख संसदवादी नेतृत्व गुटहरुका बारेमा उपरोक्त विश्लेषणमा स्पष्ट हुँदै तात्कालिन र कार्यनैतिक दृष्टिले अमेरिकी साम्राज्यवाद र उसको नेपाली दलाल बनेका दरबारका विरुद्ध जहाँसम्म अगाडि जान तयार हुन्छन्, त्यहाँसम्म अन्य साम्राज्यवादी, वैदेशिक प्रतिक्रियावादी एवं देशभित्रका प्रमुख संसदवादीहरुसँग आवश्यक तालमेल, समझदारी र कार्यगत एकता गर्न ध्यान दिनुपर्दछ । यसरी नै हामीले मुख्य दुश्मनका विरुद्ध आक्रमणलाई प्रभावकारी ढंगले अगाडि बढाउन सक्ने छौंँ ।

इतिहासक अनुभव र २१ औ शताब्त्तदीमा जनवादको विकासबारे
क्रान्ति र प्रतिक्रान्तिका प्रचुर अनुभवद्धारा सम्वृद्ध विश्व सर्वहार आन्दोलनको वैज्ञानि संश्लेषण गर्दै निरन्तर क्रान्तिको दिशामा अगाडि बढ्नु माक्र्सवाद लेनिनवाद माओवादका शिक्षाको मुलभुत सारतत्व हो । हाम्रो पार्टीले नेपालमा सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्तिलाई नेतृत्व प्रदान गर्ने सन्दर्भमा प्रारम्भदेखि नै मालेमाका शिक्षालाई जड्सुत्रका रुपमा होइन कामको सजीव मार्गदर्शक का रुपमा सृजनात्मक प्रयोग र विकास गर्ने कुरामा जोड दिदैँ आएको छ ।

नेपाली क्रान्ति ठोस परिस्थिति अनुसा मालेमाका शिक्षाहरुको प्रयोग र विकास गर्ने यो महान प्रक्रियामा हामीले दक्षिणपन्थी संशोधनवादका साथै जड्सुत्रीय संशोधनवादका विरुद्ध समेत संघर्ष गर्दै आएका छौँं । वर्गसंघर्षको आवश्यकतासँग अभिन्न रुपले गाँसिएको विचाराधात्मक संघर्षको प्रक्रियाले महान जनयुद्धको विकासलाई एक पछि अर्को छलाङ हान्दै ७ वर्षको अवधिमा विकासको आजको चरणसम्म ल्याई पु¥याएको छ । वर्ग संघर्ष र विचाराधात्मक संघर्षको यही विकास प्रक्रियाले नै नेपाली क्रान्तिको विशिष्ट विचार शृंखलाका रुपमा प्रचण्डपथको आविष्कार भएको संश्लेषण पार्टीले गरिसकेको छ ।

यहाँ कुनै कुरा विशेष रुपले महत्वपूर्ण छ भने पार्टीले आफ्नो सैद्धान्तिक र व्यवहारिक संघर्षको प्रस्थान विन्दु, सर्वहाराक्रान्तिको विज्ञानको सर्वोच्च संश्लेषणका रुपमा माक्र्सवाद लेनिनवाद माओवादको विकास गर्ने महान् सर्वहारा साँस्कृतिक क्रान्तिलाई बनाउँदै आएको छ । यसको अर्थ प्रतिक्रान्तिलाई रोक्ने सैद्धान्तिक आधारका रुपमा सर्वहारावर्गको अधिनायकत्व अन्तरसमेत निरन्तर क्रान्तिलाई आत्मसात गर्नु तथा पार्टीको निरन्तर सर्वहाराकरणका निम्ति तीन गर र तीन नगर को सैद्धान्तिक मान्यताका आधारमा वैचारिक संघर्षलाई अगाडि बढाउनु हो ।

यी मुलभुत सैद्धान्तिक मान्यताबाट कुनै पनि विचलन सर्वहारा आन्दोलनबाट विचलन हुने कुारमा हाम्रो पार्टी दृढ रहँदै आएको छ । तर यसको अर्थ २१ औं शताब्दीका क्रान्तिका आवश्यकताका सन्दर्भमा बनिबनाउ र पूर्ण उत्तरको जड् अर्थमा यसलाई ग्रहण गरियो भने त्यो आपैmमा मालेमा र सर्वहारा साँस्कृतिक क्रान्तिको शिक्षा विपरित हुने कुरा स्वतः स्पष्ट छ ।

महान् सर्वहारा साँस्कृतिक क्रान्तिसम्मको संश्लेषणको विश्व सर्वहारावर्गलाई मालेमाको सैद्धान्तिक हतियारले लैश अवश्य गराएको छ । तर कमरेड माओको मृत्यु पछि चीनमा पुँजीवादको पुनःस्थापना भयो र दुनियाँमा एउटा पनि समाजवादी सत्ता बाँकी रहेन । यसबाट विश्व सर्वहारा आन्दोलनले बेहोरेको एउटा ठुलो धक्का र विश्व परिस्थितिमा आएको एउटा ठुलो नकरात्मक परिवर्तनलाई अस्विकार गर्नु मनोगत विचलन मात्र हुनेछ । वस्तुगत रुपले साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग तथा क्रान्ति नै विशवको मुल प्रवृत्ति रहेको यथार्थमा कुनै परिवर्तन आएको छैन ।

यसको अर्थ सत्ताको संघर्षमा चीनमा प्रतिक्रान्तिसम्म आउँदा सर्वहारा वर्गले ठुलो आत्मसाथ पराजय भोग्नुपरेको यथार्थतालाई अवमूल्यन गर्नु तथा ती पराजयहरुबाट शिक्षा लिएर भावी दिनमा प्रतिक्रान्ति रोक्ने तयारीलाई गम्भीरतापूर्वक नलिने भन्ने कुरा हुन सत्तैmन । आजको विश्व क्रान्ति एवं कुनै निश्चित देशको क्रान्तिका सन्दर्भमा सर्वहारावर्गको राजनैतिक अग्रदस्ताका अगाडि एउटा ठुलो प्रश्नको रुपमा यसको जवाफ दिने आवश्यकता टड्कारो रहेको छ ।

त्यसैगरी २१ औं शताब्दीमा प्रवेशसँगै विश्वमा विज्ञान र प्रविधि मुख्यतः इलेक्ट्रोनिक सुचना प्रविधिमा अभुतपुर्व तीव्रताका साथ विकास भएको छ । यो अद्भुत विकासले जसरी विश्वलाई विविध रुपमा प्रभावित पारेको छ, त्यसले अनिवार्य रुपमा सर्वहारा क्रान्तिको राजनैतिक र फौजी रणनीतिमा परिमार्जन र विकासको मागा गरिरहेको छ । विश्वको कुनै पनि कुनामा हुने सकरात्मक वा नकरात्मक परिघटनाको विश्वव्यापी रुपमा हुने आजको जस्तो तीव्र घनिभुत एवं प्रत्यक्ष संवेदनात्मक प्रभाव मानव जातिको इतिहासमा पहिला कहिल्यै पर्ने गरेको थिएन ।

यसरी प्रतिक्रान्तिका अनुभवहरुले हामीलाई विगतका क्रान्तिमा रहन गएका सीमा र कमजोरीबाट शिक्षा लिन प्रेरित गर्दछन् भने विज्ञान प्रविधिमा भएको विकासले हामीलाई क्रान्तिका रणनीति र कार्यनीतिमा सिर्जनात्मक विकास गर्न प्रेरित गर्दछन् । मानवसमाजको युगीन विकासका दृष्टिले आज पनि विश्व साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा नै रहेको भएतापनि आत्मगत र वस्तुगत परिस्थितिको ठोस विश्लेषणका आधारमा आफ्नो विचार रणनितीहरुलाई विकास र परिमार्जन गर्नु पर्ने आवश्यकता उपस्थित भएको छ ।

इतिहासका अनुभव वर्तमान विश्व परिस्थितिको विश्लेषण एवं नेपाली जनयुद्धका पाँच वर्षको सजीवन अनुभव समेतका आधारमा पार्टीको दोस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलनले कैयौँ महत्वपूर्ण राजनैतिक र फौजी संश्लेषण गरेको छ । त्यो संश्लेषित विचारको साढे २ वर्षमा भएको घनिभूत प्रयोगद्धारा जनयुद्धको विकासमा प्राप्त गुणात्मक सफलताले त्यसको वैज्ञानिकता मात्र प्रमाणित भएको छैन अपितु उच्च वैचारिक, राजनैतिक र फौजी संश्लेषणका निमित्त मजबुत आधार समेत तयार भएको छ ।

दोस्रो राष्ट्रिय सम्मलेनदेखि आजसम्मको नेपाली वर्गसंघर्षको विकास एवं ११ सेप्टेम्बरदेखि इराक युद्धसम्म विकास भएको विश्व परिस्थितिका आधारमा जनवादी क्रान्तिको रणनितीमा विकास परिमार्जन आवश्यक छ । यस सन्दर्भमा पार्टी, सेना, सत्ता र जनसमुदायको सम्बन्धबारे निम्न कुराहरु विशेष रुपले विचारणीय रहेका छन् ।,

१. पार्टी
२० औ शताब्दीका क्रान्ति र प्रतिक्रान्तकिा अनुभवद्धारा कुन कुरा निकै निर्मम ढंगले प्रदशित भएको छ भने राज्यसत्ता कब्जा गरिसकेपछिको अवस्थामा पार्टीको सर्वहारावर्गीय क्रान्तिकारी चरित्रको रक्षा र विकास गर्ने काम असाधारण रुपले कठिन हुन जान्छ । क्रान्तिकालमा पार्टी भित्र र बाहिर दायाँ बायाँ र मध्यपन्थी विचलनका विरुद्ध निर्ममम विचारधारात्मक संघर्ष गर्दै, जनसमुदायका आवश्यकता र हितसँग एकाकार हुँदै तथा दुश्मनका विरुद्धमा वर्गयुद्धमा पृथ्वी थर्काउने वीरता र वलिदानका अद्भुत कीर्तिमान कायम गर्दै विजयी बनेका पार्टीहरु राज्यसत्ता कब्जा गरिसकेपछि तुलनात्मक रुपले सहजै र विश्वका सबै पार्टीहरु छोटै अवधिमा नोकरशाही, संशोधनवाद र जनताबाट अलगथलग र प्रतिक्रान्तिकारी पार्टीमा किन बदलिन पुगे ?

निश्चय नै महान् सर्वहारावादी साँस्कृतिक क्रान्तिसम्म आउँदा यसको आधारभूत सैद्धान्तिक जवाफ मालेमाले दिएको छ । तर, ती आधारभूत सिद्धान्तहरुले प्रतिक्रान्तिलाई रोक्ने गरी प्रयोग गर्ने संगठनात्मक सिद्धान्त, विधि र मान्यताको विकास गर्ने आवश्यकता अहिले पनि विद्यमान छ । यो प्रश्न पार्टी भित्र चल्ने दुइ लाईन संघर्ष र सर्वहारावर्गको अधिनायकत्व अन्तरगत निरन्तर क्रान्तिको सिद्धान्तको वैज्ञानिक प्रयोग र विकासको समस्या हो ।

अनुभवले सावित गरेको छ कि राज्यसत्ता कब्जा गरिसकेपछि पार्टीका तमाम नेता तथा कार्यकर्ताहरु राज्यसत्ता संचालनमा मात्र संलग्न हुँदा भौतिक परिवेशले नै पार्टीलाई क्रमशः नोकरशाही, पदलोलुप र सुविधा सम्पन्न वर्गमा परिणत गर्ने खतरा तीव्र र प्रबल बनेर जान्छ । यसप्रकारको खतराको तीव्रता र प्रबलतासँगै पार्टीको जनसमुदायसँगको सम्बन्ध त्यही अनुपातमा औपचारिक र अलगथलग बन्दै जान्छ । त्यो प्रक्रिया आफ्नो विकासको एउटा निश्चित विन्दुमा पुगिसकेपछि त्यो अनिवार्य रुपले प्रतिक्रान्तिमा बदलिन पुग्दछ ।

प्रतिक्रान्तिको यस्तो खतरालाई रोक्नको लागि दुई लाइन संघर्ष र निरन्र क्रान्तिको सिद्धान्त अनुसार पार्टीलाई सर्वहारावर्ग र श्रमजीवी जनसमुदायको निगरानी, नियन्त्रण र सेवामा राख्ने संगठनात्मक विधि र मान्यताको अभैm विकास गर्न जरुरी छ । यसका लागि पार्टीभित्र चल्ने दुई लाइन संघर्षमा व्यापक जनसमुदायको सहभागिता सुनिश्चित गर्ने तथा सक्षम र स्थापित नेताहरुदेखि कार्यकर्ताहरुसम्मको एउटा हिस्सा निरन्तर जनकार्यमा र अर्को पार्टीको जनसमुदायसँगको सम्बन्धलाई सजीव राख्न विशेष आवश्यक छ ।

प्रारम्भदेखि ने पार्टीले र उसको नेतृत्व अन्तरगत राज्यसत्ताले जनसमुदायसँग घनिष्ठ सम्बन्ध कायम गर्ने, दुख कष्ट र फारोतिनो गर्ने सर्वहारा शैली अपनाउने तथा साम्यवादी उद्देश्यका निमित्त सम्पूर्ण रुपले समर्पित रहने, पार्टी, नेता र कार्यकर्ताहरुलाई प्रेरणा र आदर्शको रुपमा प्रस्तुत गर्ने तथा पदको दुरुपयोग गर्ने, जनसमुदाय माथि हैकम चलाउन खोजने, सुविधाभोगी एवं पदलोलुप प्रवृत्ति, नेता एवं कार्यकर्ताका विरुद्ध निर्मम विचाराधात्मक संघर्षका साथै जनसमुदायमा नङ्ग्याउने नीति एवं संरचनाको विकास गर्न जोड लगाउनुपर्दछ ।

यस सन्दर्भमा पार्टीभित्र चल्ने दुई लाइन संघर्षमा राज्यको बल प्रयोग प्रवृत्तिलाई निरुत्साहित गर्ने तथा सही र गलतको पैmसला वैचारिक संघर्षको बीचबाट आम कार्यकर्ता र जनसमुदायद्धारा गर्ने वैज्ञानिक विधिलाई प्रोत्साहित र स्थापित गर्न जोड लगाउनुपर्दछ । पार्टीभित्र र बाहिर निश्चित विद्रोह न्यायसंगत हो वा होइन भन्ने कुराको पैmसला गर्ने अधिकार आम कार्यकर्ता र जनसमुदायमा रहने व्यवस्था सुनिश्चित गर्न आवश्यक छ ।

२. सेना
२० औं शताब्दीका क्रान्ति र प्रतिक्रान्तिका अनुभवहरुले कुन कुरालाई पनि स्पष्टसँग प्रर्दशित ग¥यो भने सर्वहारा वर्गीय सही क्रान्तिकारी विचार, नीति र योजनाका आधारमा अगाडि बढ्दा करीब शुन्यको स्थितिबाट जनसमुदायले दुश्मनको अत्याधुनिक र शक्तिशाली सेनालाई धुलोपिठो पार्न सक्ने अपराजय जनसेनाको विकास गर्न सक्दोरहेछ तर पार्टीमा गलत विचार हावी भएमा त्यही सेना प्रतिक्रान्तिको हतियार बन्न पुग्दोरहेछ ।

अनुभवले जनसेनाका सन्दर्भमा पनि के सावित गरेको छ भने क्रान्तिपूर्वको कमजोर र कठिन घडीमा त्याग, तपस्या, वीरता र बलिदान र वैचारिक निष्ठा सहित जनसमुदायसँग एकाकार हुँदै दुश्मनका विरुद्धको युद्धमोर्चामा अपराजय सावित हुने जनसेना राज्यसत्ता कब्जा भइसकेपछि क्रमशः ब्यारेकमा विशेष व्यवस्था अन्तरगत रहने बर्जुवा आधुनिक नियमित सेना बन्ने प्रवृत्ति प्रबल हुँदै जाने भौतिक परिवेश बन्दछ ।

सर्वहारा वर्गीय विचार एवं जनसमुदायको निगरानी, नियन्त्रण र सेवामा रहने कुरालाई सुनिश्चित गर्ने विधि र संरचनाको विकास गर्न नसक्ने हो भने त्यो प्रवृत्ति झाँगिदै गएर एउटा निश्चित विन्दुमा पुगेपछि सेना स्वभाविक रुपले प्रतिक्रान्तिको सेव ागर्ने हतियारमा परिणत हुन पुग्दछ । उपरोक्त स्थितिको पुनरावृत्ति हुनबाट रोक्नका लागि प्रारम्भदेखि नै जनसेनामा वैचारिक र राजनैतिक कामलाई सर्वाधि महत्वका साथ संचालन गर्ने र प्रतिक्रान्तिका विरुद्ध विद्रोहको चेतनाद्धारा सिंगो सैन्य पंक्ति एवं आमजनसमुदायसम्मलाई सुसज्जित पार्ने कुरामा जोड दिनुपर्छ ।

यसका साथै २१ औं शताब्दीका जनसेना भनेको राज्यसत्ता कब्जा गरिसकेपछि निश्चित व्यारेकमा बसेर विशेष तालिम र हतियारद्धारा आधुनिक बन्ने प्रक्रियामा होइन जनसमुदायलाई नै सैनिकीकरण गर्ने तथा आज जनसमुदायकै सेव ागर्ने क्रान्तिकारी संवाहक बनिराख्ने कुारमा सुनिश्चितत गर्नुपर्दछ ।

वैचारिक र भौतिक दुवै दृष्टिले सशस्त्र जनसमुदायको विकास गरेर मात्र वैदेशिक प्रतिक्रियावादी हस्तक्षेपको प्रतिरोध गर्न एवं प्रतिक्रान्तिानलाई रोक्न सकिन्छ भन्ने कुरामा अहिलेदेखि नै सैन्य पंक्तिमा स्पष्ट दृष्टिकोण विकास गर्न जोड लगाउनुपर्दछ । विद्रोहको अधिकार प्रयोग गर्न सचेत सशस्त्र जनसमुदायको विकास गर्ने ऐतिहासिक दायित्व पुरा गर्ने कार्यभार नै २१ औं शताब्दीको जनसेनाको प्रमुख संभार हुनुपर्दछ ।

३. राज्यसत्ताबारे
सर्वहारावर्गको राजनैतिक पार्टीको नेतृत्वमा जनयुद्धद्धारा राज्यसत्ता कब्जा गर्ने क्रान्तिको केन्द्रीय प्रश्न हिजो र आज पनि महान् र कष्टसाध्य प्रश्न अवश्य रहेको छ । तर २० औं शताब्दीका अनुभवहरुले स्पष्ट गरेका छन् कि राज्यसत्ता कब्जा गर्ने प्रश्न भन्दा पनि राज्यसत्ताको निरन्तर जनवादीकरण गर्दै त्यसको विलोपीकरण तिर डो¥याउने प्रश्न अझ हजारौं गुणा कठिन र जटिल हुने गर्दैछ । एकै शताब्दीमा विश्व थर्काउँदै रुस, चीन लगायतका देशमा भएका महान क्रान्तिहरुको सफलता एवं शक्तिशाली विश्व समाजवादी कित्ताको विकास र भयानक प्रतिक्रान्तिका घटनाक्रमहरु हुँदै विश्वमा एउटा पनि समाजवादी सत्ता बाँकी नरहेको यथार्थले विषयको महत्व र गम्भीरतालाई दर्शाउँछन् ।

आखिर पुँजीवादी साम्राज्यवादले आफ्नो सैन्य फाँसीवादी सारतत्वलाई तथाकथित प्रजातन्त्रको नकावले ढाकेर विश्व जनमतलाई भ्रमित पार्न सफल हुन तथा सर्वहारावर्गको आफ्नो जनवादी सारतत्वको बाबजुद राज्यसत्तामा आफ्नो पकड मजबुत गर्न नसक्नुमा तमाम ऐतिहासिक र सैद्धान्तिक कारणका बाबजुद आज हाम्रो अगाडि जनवादको विकासको समस्या एउटा ज्वलन्त समस्या बनेर खडा भएको छ । पराजित वर्गदुश्मनका विरुद्ध अधिनायकत्वको आवश्यकता र जनताको जनवादको अभ्यासको आवश्यकताका बीचमा समुचित सन्तुलन कायम गर्ने सन्दर्भका प्रमुख समस्याहरु के छन् ?

जनताको जनवादी अधिनायकत्व वा सर्वहारावगको अधिनायकत्व अन्तर्गत जनताको जनवाद वा सर्वहारा जनवाद वस्तुतः औपचारिक, यान्त्रिक र संकिर्ण किन हुन पुग्यो ? यहाँ हाम्रो प्रश्न विश्वका तमाम रुपरंगका संशोधनवादी र विसर्जनवादीहरुले उठाउने गरेको जनवादी अधिनायकत्व वा सर्वहारावर्गको अधिनायकत्वको विरोध गरेर बुर्जुवाहरुको औपचारिक प्रजातन्त्रमा फस्ने गद्दारीसँग कुनै सम्बन्ध छैन ।

हाम्रो प्रश्न यहाँ निरन्तर क्रान्तिको संगठित गर्ने संस्थाका रुपमा राज्यसत्ताको विकास गर्ने कुरामा केन्द्रित छ । जनवादी केन्द्रियताको महान् वैज्ञानिक सिद्धान्तको यो भन्दा अर्को अधिनायकत्व सुदृढ हुन सक्दैन । राज्यसत्ता कब्जा गर्नु पूर्वसम्म जनवादी केन्द्रियताको सही अभ्यास गरेर राज्यसत्ता कब्जा गर्न सफल हुने पार्टीहरु पछि किन औपचारिक जनवाद र नोकरशाही केन्द्रियताको शिकार हुन ुपगे ? पार्टीभित्र संशोधनवाद हावी भएकोले भन्ने तर्कले मात्र यसको पुरा उत्तर दिदैन । आखिर द्धन्दात्मक भौतिकवादको प्रयोगमा माक्र्सवादीहरुद्धारा भएको यो वा त्यो रुपका कमजोरी पनि यसका जिम्मेवार छन् ।

एउटा निश्चित देश, काल र परिस्थितिमा सर्वहारावादी क्रान्तिकारी रहेको पार्टी र जनवादी वा समाजवादी रहेको राज्यसत्तामा अर्को देश, काल परिस्थितिमा प्रतिक्रान्तिमा परिणत हुन सक्दछ । त्यो अवस्थामा जनसमुदाय र क्रान्तिकारीहरुले विद्रोह गर्नुपर्दछ भन्ने महान सर्वहारा साँस्कृतिक क्रान्तिको संश्लेषण आफ्नो ठाउँमा पुरै सही रहेको कुरा स्पष्ट नै छ ।

तर एकपटक एक निश्चित कम्युनिष्ट पार्टीको नेतृत्वमा जनवादी वा समाजवादी राज्यसत्ता स्थापित भइसके सो पार्टी सँधै सर्वहारावादी भैरहन्छ भने भैmँ त्यसका विरुद्ध राजनैतिक रुपले जनसमुदायद्धारा स्वतन्त्र रुपमा जनवादी वा समाजवादी प्रतिष्पर्धा गर्ने वातावराण् नुहुन, नबनाउनु वा त्यसमाथि प्रतिवबन्ध लगाइनुले एकातिर सत्तासिन पार्टीले जनसमुदायको बीचमा कसैसँग राजनैतिक प्रतिष्पर्धा गर्न नपर्ने हँदै क्रमशः यान्त्रिक र नोकरशाही मेसिनरीमा परिणत हुने तथा अर्कोतिर जनसमुदाय औपचारिक जनवादको शिकार भएर क्रमशः उसको असिमित सृजनशिलता र गतिशिलताको उर्जा कुण्ठित हुन जाने खतरा इतिहासमा स्पष्ट देखा पर्ने गठरेको छ ।

उपरोक्त समस्या समाधानका लागि निरन्तर क्रान्तिको सिद्धान्त अनुसार राज्यसत्तामा जनसमुदायको नियन्त्रण, निगरानी र हस्तक्षेपको प्रक्रियालाई सजीवन र वैज्ञामनि ढंगले संगठित गर्ने आवश्यकतामा जोड दिइनुपर्छ । यहाँ फेरि पनि प्रश्न दुश्मनका विरुद्ध अधिनायकत्वको प्रभावकारिता जनसमुदायको जनवादको अभ्यासको प्रभावकारितामा निर्भर रहने वैज्ञानिक तथ्ग्यलाई द्धन्द्धात्मक ढंगले संगठित गर्ने प्रश्न नै हो ।

यसका लागि सामन्तवाद र साम्राज्यवाद विरोधी जनवादी राज्यसत्ताको संवैधानिक सीमा भित्र राजनैतिक प्रतिष्पर्धा संगठित गरी कम्युनिष्ट पार्टीको निरन्तर सर्वहाराकरण र क्रान्तिकारीकरण अनिर्वाय हुने परिस्थिति निर्माण गरिनुपर्छ । यदि पार्टीले आपैmलाई निरन्तर क्रान्तिकारीकरण गर्न नसक्ने त्यसको खिलाफमा अर्को क्रान्तिकारी पार्टी वा नेतृत्वलाई प्रभावकारी ढंगले रोक्न सकिनेछ । सामन्तवाद र साम्राज्यवाद विरोधी विभिन्न राजनैतिक दल, संघ, संस्था जसले जनवादी राज्यसत्ताको संवैधानिक व्यवस्थालाई स्विकार गर्दछन् ।

उनीहरुको बीचमा कम्युनिष्ट पार्टीलाई सहयोग मात्र गर्नु पर्ने यान्त्रिक सम्बन्धमा होइन जनताको सेवामा जनवादी राजनैतिक प्रतिष्पर्धा गर्ने द्धन्द्धात्मक सम्बन्धलाई जोड दिनुपर्छ । स्पष्ट छ, कि यो प्रक्रियामा यदि कसैले जनवादी राज्यसत्ताद्धारा वैधानिक रुपले निर्धारित सीमाको अतिक्रमण गरेमा उसमाथि जनवादी अधिनायकत्व लागु हुनेछ । एकपटक राज्यसत्ता कब्जा गरिसकेपछि नेतृत्वको हैसियतले विचारको सहीपना, जनसमुदायका हितहरुसँग् एकाकार हुने आवश्यकता, त्याग, तपस्या एवं वर्ग र जनताप्रतिको निष्ठा सावित गरिरहन नपर्ने स्थितिको प्रारम्भदेखि नै अन्त दिइनुपर्दछ ।

राज्यसत्तामा विचार र नेतृत्वको केन्द्रीकरणले जनसमुदायको स्व निर्णयको अधिकार कटौती गर्ने स्थिति आउन नदिने कुरामा विशेष ध्यान दिनुपर्छ । नेपालको जनवादी क्रान्तिका सन्दर्भमा हामीले वर्गीय, जातीय, क्षेत्रीय एवं लिङ्गीय उत्पीडनबाट जनसमुदायको मुक्तिको कुरा गरिरहेका छौँ । आत्मनिर्णयको अधिकार सहित जातीय र क्षेत्रीय स्वशासनका कुरा गरेका छौँ साथै सामन्तवाद र साम्राज्यवाद विरोधी पार्टी स्वतन्त्रताको कुरा पवनि गरिरहेका छौँ ।

त्यो अवस्थामा राज्यसत्ताको निरन्तर जनवादीकरणका लागि जनसमुदायको स्वनिर्णयको अधिकारलाई सजीवन रुपले संगठित गर्ने कुरामा जोड दिनुपर्छ ।  यसरी पार्टी, सेना र राज्यसत्ताको उपरोक्त प्रकारको समुचित विकासमा नै २१ औं शताब्दीको जनवादले निरन्तर क्रान्तिको प्रक्रियालाई अगाडि बढाएर प्रतिक्रान्तिलाई रोक्न सक्नेछ ।

वर्तमान परिस्थिति र हाम्रो ऐतिहासिक कार्यभार
“२१ औं शताब्दीमा जनवादको विकाशबारे” पुरक प्रस्ताव

अन्तरविरोधहरुको सही संचालन गर्र्दै प्रत्याक्रमणको तयारीलाई नयाँ उचाइमा उठाउन सम्पूर्ण शक्ति केन्द्रित गरौ
सामान्यतः केन्द्रीय समितिको गत पूर्ण वैठक एवं विशेषत युद्धविराम भंग भएपछिको राजनैतिक एवं फौजी स्थितिको सामान्य समीक्षा गर्र्दै आगामी दिनका लागि नीति र योजनामा आवश्यक परिमार्जन गर्ने उद्देश्यले पोलिब्यरोको यो वैठक आयोजना गरिएको छ ।

१. विश्व परिस्थितिको समीक्षा
विश्व परिस्थितिबारे गत के.स. ले गरेको विश्लेषण र निकालेको निष्कर्षहरु आज झन् सान्दर्भिक र सही सावित भैरहेका छन् । इराक युद्ध पछि अमेरिकी साम्राज्यवाद दिनप्रति दिन राजनैतिक रुपले अलग अलग र फौजी रुपले ठुलो संकटको दलदलमा फस्दै गएको छ । यो कुरा भर्खरै संयुृक्त राष्ट्रसंघको महासभा र मेक्सिकोको कानकुनमा भएको विश्व व्यापार संंगठन ध्त्इ को विश्व सम्मेलनमा अभिव्यक्त अन्तरविरोधद्धारा मात्र होइन इराक र अफगानिस्तानमा समेत अमेरिकी फौजको विरुद्ध बढ्दो प्रतिरोध तथा मध्यपूर्वमा शान्तिको कथित रोडम्यापको दिवालियाद्धारा पनि पुष्टि भइरहेको छ । दक्षिण एशियामा प्रभुत्व कस्ने उसको रणनीतिले पनि संकटको यो पृष्ठभूमिका कारण नयाँ नयाँ समस्याहरुको सामना गर्नु परिरहेको छ ।

यस सन्दर्भमा अमेरिकी साम्राज्यवाद र उसको जुठोपुरोमा बाँचिरहेको शाही सैनिक अधिनायकवादका विरुद्ध वैचारिक, राजनैतिक र फौजी आक्रमणलाई केन्द्रित गर्ने हाम्रो नीतिको वैज्ञानिकता राम्रोसँग प्रमाणित भैरहेको छ । उक्त नीतिका आधारमा केन्द्रका तर्पmबाट भैरहेको ठोस पहलका कारण विश्वभरिका कम्युनिष्ट क्रान्तिकारीहरु एवं साम्राज्यवादसँग विभिन्न जनमतसँग हाम्रो सम्बन्ध सुदृढ र विस्तारित मात्रै हुँदै गएको छैन अपितु अमेरिकी साम्राज्यवादसँग विभिन्न स्तरको अन्तरविरोध राख्ने प्रतिक्रियावादी शक्तिहरुसँग समेत कुटनितीक सम्बन्ध विस्तारित भैरहेको छ । अतः पार्टीले विश्व परिस्थितिको उक्त मुल्याङ्कन एवं निर्धारित नीतिको कार्यान्वयनलाई अझ व्यापक र प्रभावकारी तुल्याउन जोड लगाउनुपर्दछ ।

२. घरेलु राजनैतिक स्थितिको समीक्षा
संविधानसभा मार्फत जनसमुदायलाई सार्वभौम तुल्याउने लचिलो कार्यनैतिक अडान एवं वार्ता प्रक्रियाममा त्यसकका अवस्थामा रहेको छ । तेस्रो चरणको वार्तामा पुरानो सत्ताद्वारा प्रस्तुत प्रतिगामी “अवधारणा पत्र” एवं सोही अवधिमा दोरम्बामा गरेको नरसंहारको लगतै युद्धविराम र वार्ताकको औचित्य समाप्त भएको घोषणा सहित प्रतिरोधमा अगाडि बढ्न अपिल गरेकोले पार्टीको राजनैतिक श्रेष्ठता देशभित्र मात्र होइन बाहिर समेत स्थापित हुन पुगेको छ । यो सिंगो प्रक्रियामा पार्टीले आफ्नो राजनैतिक दृढता र कार्यनैतिक लचकतालाई नयाा उचाइबाट प्रयोग गर्न सफल भएकको छ ।

पश्चिमा साम्राज्यवाद मुख्यतः अमेरिकी साम्राज्यवादको कठपुतली बन्न पुगेको पुरानो सत्ताकको राजनैतिक अस्तित्व आज जनताका विरूद्ध शाही सैनिक आतंकवादमा सीमित बन्न पुगेकको छ । दरबार हत्याकाण्डदेखि नै पुरानो सत्ता, साम्राज्यवादद्वारा निर्देशित सैन्य फासीवादमा पतन भएकको छ भन्ने पार्टीकको विश्लेषण र निष्कर्ष आज झन् राम्रोसँग प्रमाणित भैरहेको छ । बहुदलीय प्रजातन्त्र प्रतिको कथित प्रतिबद्धता सामन्ती तत्वहरूको एउटा पाखढठ बाहेक अरु कृही नभएकाृ तथ्य पूरानै सत्तामा सहवरणकका निमित्त याचना गरिहेका संसदवादी राजनैतिक दलहरूलाई समेत सहवरण नगर्नुले राम्रैसाग उदाङ्गो पारिरहेको छ ।

साम्राज्यवादी र सामन्तवादीहरूका पराकाष्ठालाई प्रदर्शन गर्दै आज पूरानो सत्ताले अत्यन्त हास्यास्पद ढंगले कथित स्थानीय निकायको मनाृनयन गर्दै तथा संसदीय निर्वाचनको आयोजन ागर्ने कुराको बहुलट्ठीपूर्ण वकालत गरिहेको छ । यसकका पछाडि संसदवादी राजनैतिक दलहरूको समेत अस्तित्वलार्ए निमिट्यान्न पारेर पुरानो सत्तामा सैन्य फासीवादलाई वैधानिकताकको जलप लगाउने कुटिल षड्यन्त्र अन्तरनिहित रहेको कुरा स्पष्ट छ । प्रमुख संसदवादी दलहरूको राजनैतिक अकर्मण्यता क्रमशः उनीहरूकै अस्तित्व समापनको कारण बन्दै गएकको छ ।

२१ औं शताब्दीकको आजकको विशव स्थिति एवं देशमा गृहयुद्धको विककासको विशिष्टतामा संवैधानिक राजतन्त्र असंभव भएकको यथार्थलाई आत्मसा तगर्न नसक्ने तत्वहरूको राजनैतिक अस्तित्व समाप्त हुन स्वभाविक छ । पूँजीवादी जनवादी क्रान्तिलाई पूर्णता दिन सर्वहारावर्गकको नेतृतवमा मोचो कस्ने वा सामन्तवाद र साम्राज्यवादको गठबन्धनमा आधारित सैनय फासीवादका अगाडि सम्पूर्ण रुपले घुँडा टेक्ने भन्ने बाहेक अर्काे विकल्प नेपालममा नरहेको यथार्थ बुझ्न नसक्नु संसदवादीहरूको नियति बन्न पुगेकको छ ।

गत के.स. मा गरिएकको यो निर्णय रूपमा त्रिकोणात्मक देखिए पनि सार र वर्गीय रुपमिमा देशमा चलिरहेककोम राजनैतिक संघर्ष दुईकोणात्मक नै रहेको यथार्थकको पृष्टि भैरहेको छ । यो स्थितिमा मध्यमवर्गका रुपममा प्रस्तुत हुन खोज्ने संसदवादी आत्मसमर्पणवादको राजनैतिक भण्डाफोर गर्दै व्यापक जनवर्गीय एकता कायम गरी सैनय फासिवादका विरूद्ध आक्रमण केन्द्रित गर्ने पार्टी नीतिलाई दृढतापूर्वक अगाडि लबढाउन जरुरी भएकको कुरा स्पष्ट हुन्छ ।

३. युद्धविराम भंगपछिको फौजी स्थितिको समीक्षा
रणनैतिक प्रत्याक्रमण तथा आम विद्रोहको तयारी अन्तर्गत गत के.स.द्वारा निर्धारित रणनैतिक योजना अहिले कार्यान्वयनको प्रक्रियामा नै रहेको छ । अतः अहिले नै त्यसको समग्र समीक्षा संभव छैन तर सो योजनमा निर्दिष्ट नयाँ पहलको प्रारभ्कि समीक्षा गरेर अगाडिका लागि योजनामा परिममार्जन र मूर्तीकरण गर्न सम्भव र आवश्यक दुवै रहेकको छ । स्मरणीय क कि के.स. द्वारा निर्धारित योजनाको मूल स्पीरिट पहिलो चरणमा विकेन्द्रित कार्यावाही गर्ने दोस्रो सापेक्षित केन्द्रित र तेस्रोममा ठूला केन्द्रित कार्यवाही गर्ने रहेको थियो ।

पहिलो चरणको विकेन्द्रित कायैवाही अन्र्गत ग्रामीण इलाकाहरूमा साना ठूला एम्बुस तथा शहर एवं मधेशमा साना ठूला रेड कमाण्डो आक्रमण तथा साना ठूला सेजोटेजद्वारा दुश्मनलाई क्ष्ति पु¥याउने र उसकको गति अवरूद्ध गर्ने कुरामा जोड थियो । नयाँ पहलको पहिलो चरणमा निमित्त निश्चित गरिएको कार्यवाहीकको उपरोक्त रुप र लक्ष्यका दुष्टिले योजनाको यो भाग पूर्ण रुपममा सफल भएकको छ । विकेन्द्रित र देशव्यापी रुपमा भएका विविध, घनिभूत र साहसिक कार्यवाहीहरूको र श्रृङ्खलाले दुश्मनलाई आश्चर्य र अस्तव्यस्तता सहित रक्षात्मक स्थितिमा रहन बाध्य पारेकको छ ।

नयाँ पहलको सर्वाधिक महतवूिर्ण र उपलब्धिमूलक पक्ष राजधानी मधेस तथा साना ठूला शहरहरुमा भएा सफल र साहसिक कमाण्डो आक्रमण, रेड तथा सेवोटेजहरू रहन गए । यी घनिभूत कार्यवाहीहरूको परिणाम राजधानी र अन्य शहरहरुमा समेत दुश्मन सुरक्षित नरहेको तथ्य स्पष्ट ग¥यो भने मेचीदेखि महाकालीसम्मको तराईका ग्रामीण इलाकाहरू करिब पहाडममा जस्तै खाली हुन पुगे । नयाा पहलको यो परिणले विद्रोहका निमित्त आधार तयार पार्न लक्ष्यममा पहाडममा उपलब्भि हासिल भएको छ ।

रोडमाइनिङ्ग एम्बुस संख्यात्मक दृष्टिले अपेक्षा गरेर अनुसार नै सम्पन्न भएकका छन् । तर, केही निश्चित गुणात्मक एम्बुशको अपेक्षा भने सेती– महाकाली बाहेक अन्यत्र तयति सफल भएकाृ देखिएन आकस्मिक मोर्चाबद्ध मुडभेडामा रोल्पाको हान्निङ्ग र कोर्चावाङ्गकको मुठभेड उल्लेखनीय र¥यो ।

कूल मिलाउँदा नयाँ रढानैतिक योजना अनुसारको नयाँ पहल सफलतापूर्वक सम्पन्न भएकको छ । विगतमा प्रत्येक नयाा योजना लागु गर्दा केन्द्रिकेत रुपमा ठूला ठूला धक्कामूलक हमला गर्ने गरिएको र दुश्मन एवं जनता समेत त्यसममा अध्यस्त रहेको सन्दर्भममा पार्टीककोयो नयाँ रणनैतिक योजना सबैकका लागि नौलवो बनन गएकको छ । आन्तरिक रुपमा ठूलो क्षति व्यहोर्नु परेवनि दुश्मनले यो नयाँ प्रक्रियालाई जनमूक्ति सेना “कमजोर” बनेको तथा आफ्नो सेना “सफल” बन्दै गएकको भ्रामक प्रचारवाबाजीकको आत्मरतिका रुपममा लिएकको छ ।

यता जनसमुदायको एउटा तप्का खासगरी शहरिया मध्यवर्गीय बुद्धिजीविहरुमा दुश्मनको त्यस प्रकारको नियोजित प्रचार एवं हाम्रो योजनाको मर्मप्रतिको अनभिज्ञताका कारण केही अनयौल र आशंकका पनि देखा परेको छ । कतिपय क्रान्तिकारी ककार्यकर्ताममा पनि ठूला धक्कामूलक कार्यवाही नहुँदा कता बता खल्लो अनुभूति रहेको देखिन्छ ।

त्यसककारण कतिपय भ्रमित अन्यौलका बाबजुछ हामी कुन कुरामा स्पष्ट हुनु पर्दछ भने युद्धविराम भंग भएपछिको समग्र राष्ट्रिय र अन्तरौष्ट्रिय सन्दर्भ, हाम्रो राजनैतिक पहल, दुश्मनको एकप्रकारको तयारी तथा देशव्यापी प्रत्याक्रमणको तयारी गर्न हाम्रो रणनीतिकापृष्टिभूमिमा योजनाको पहिलो चरणमा विकेन्द्रित कार्यवाही गर्ने हाम्रो नीति अत्यन्त सही र वस्तुवादी थियो ।

उल्लेखित सन्दर्भममा पुरानै तरिकाले गएकको भए तयसकको परिणाम राजनैतिक र फौजी दुवै दृष्टिले ऋणात्मक हुने खतरा थियो भन्ने कुरामा हामी स्पष्ट हुनु पर्दछ । हार्दै र रक्षात्मक बन्दै गएकको दुश्मनले “जित्दै” र “आक्रामण” बन्दै गएकको उल्टो प्रचार गर्नुले अन्ततः जनयुद्धलाई नै फाइदा हुने कुरा निश्चित छ । तर अबको नयाा स्थितिमा कार्यवाहीकका विध्यामान रुपहरूलाई निरन्तरता दिँदै केन्द्रित ठूला कार्यवाहीहरू संगठित गर्न जोड दिनु पर्दछ जसले प्रत्याक्रमणको विद्रोहको तयारीमा गुणात्मक भूमिका खेल्न सक्योस । यस सम्बन्धि चर्चा अर्काे अध्ययनमा गरिनेछ ।

४. फौजी कार्यवाहीका प्रयोगमा परिमार्जन गर्नेबारे
पहाडममा मात्र होइन मधेशमो समतल इलाका समेत आज देककोसम्पूर्ण ग्रामीण क्षेत्रामा पुरानो सत्ता, मूलतः ध्वंस भएकको छ । त्यस प्रकारका सबै क्षृत्र पार्टीकको नेतृत्व र प्रभावमा भएकका छन् । यो वास्तविकतालाई हामीले मात्र होइन, देश भित्र र बाहिरकका हाम्रा विरोधीहरूले पनि स्वीककार गरिरहेका छन् ।

महान् जनयुद्धको विकासद्वारा पैदा भएको यो स्थितिमा स्वभाविक रुपले आम जनताकाधभ अपेक्षा हामीबाट अझ बढी गम्भीरता र जिम्मेवारीबोधको प्रदर्शन होस. भन्ने रहेको छ । तर आज कतिपय सन्दर्भमा हाम्रा फौजी कार्यवाहीममा कतिपय रुपहरूको प्रयाग भने गर्न आन्दोलनको विकासको स्तर, जिम्मेवारी र जनताको परिमार्जन गर्न सकिएन भने अन्ततः त्यसले नकारातमक परिणामहरुलाई जन्म दिन सक्नेछ । अतः तत्काल हामीले फौजी कार्यवाहीका सन्र्दभाम निम्न कुराहरूमा धारणा र आचरण स्पष्ट गर्न जरुरी छ ।

(क) ध्वंस र निमाणबारे
पुरानो सत्ता धवंश गर्नु र नयाा सत्ता निर्माण गर्नु क्रान्तिको मुखय लक्ष्य हो । पुरानो सत्ता सम्पूर्ण रुपले ध्वंस नहुँदासम्म अर्थात क्रान्ति सफल नभएसम्म रणनैतिक दृष्टिले ध्वंस नै प्रधान भैरहेको हुन्छ । तर कार्यनैतिक र व्यवहारिक अर्थममा जुन जुन इलाका र स्तरसम्म पुरानो सत्ता ध्वंस भैरहेको हुन्छ, ती इलाका र स्तरसम्म निर्माणले प्राथमिकता लिइरहेको हुन्छ । सामान्यतः ध्वंस सँगै निर्माणको प्रक्रिया पनि शुरु भएकको हुन्छ र ती दुईकका बीचमा द्वन्द्वात्मक सम्बन्ध रहेको हुन्छ ।

तर हाम्रा कतिपय फौजी कार्यवाहीकका रुपहरुकको प्रयागका सन्दर्भममा ध्वंस र निर्माणको यो द्वन्दात्मक सम्बन्धलाई ठीक ढंगले अभिव्यक्त गर्न सकेका छैनन् । उदाहरणको लागि हाम्रो नियन्त्रण र प्रभावमा आइसकेका ग्रामीण क्षेत्रका हिजोका गा.वि.स भवनहरु जलाउनु दुश्मनको प्रहरी भागिसकेका र फर्केर आउने सम्भावना पनि नरहेकका घरहरूमा विष्फोट गराउनु हाम्रो नीति नियम अनुसार चल्न तयार हुने व्यापारी, साना उद्योगपति वा अन्य कुनै आर्थिक प्रतिष्ठान माथि सेवोटज गर्नु आदि जस्ता क्रियाकलापवकको निरन्तरताले ध्वंशलाई निरपेक्ष रुपममा लिएकको जस्तो देखिन जान्छ ।

यसबाट जनसमुदायमा भित्र भित्रै हाम्रा गतिविधिप्रति असन्तुष्टि बढ्न जाने र दुश्मनले त्यसबाट फाइदा उठाउने खतरा बढ्न जान्छ ।
अतः पुरानो सत्ता ध्वंस भइसकेका ग्रामीण इलाकामा विककास निर्माण लगायतका भौतिक संरचनाहरू एवं प्राकृतिक सम्पदाको संरक्षणको जिम्मा हामीले लिएर जनसमुदायलाई त्यसकका निमित्त परिचालन गर्न जरुरी छ । विगतमा पुरानो सत्ता र तयसका संचालकहरूले प्रयाग गर्दै आएका जमिन, भवन, वन जंगल लगायतका आर्थिक प्रतिष्ठानहरू अब नयाँ जनसत्ताले आफ्नो हितमा प्रयोग गर्दै र दुश्मनबाट तिनको संभावित सेवोटजका विरूद्ध खडा हुँदै विकास, निर्माणका कामलाई नयाा डंगले अगाडि बढाउन जोड गरिनु पर्दछ । अबका दिनममा ग्रामीण क्षेत्रमा हाम्रो भनाइ र गराइ दुवैबचाट यो कुरालाई प्रमाणित गर्न जोड लगाउन आवश्वयक छ ।

(ख) वर्ग– दुश्मन र सुराकीहरूको सफायाबारे
वर्ग–दुश्मन र सुराकीहरुको भौतिक सफायाबारेममा हाम्रो पार्टीकको नीति छानिएका र सकेसम्म कमको, सकेसम्म जनतालाई जानकारी दिएर तथा उनीहरूको स्वीकृति लिएर, कुनै कुरा र विभत्स तरिकका नअपनाइककन सम्पन्न गर्ने रहँदै आएको छ । आन्दोलनले गर्न आजको विककासकको आवश्यकताले मुख्यतः ग्रामीण क्षेत्रमा तयो विधिमा पनि परिममार्जन गर्ने अनिवार्य बनाएकको छ । दुश्मनको भौतिकक सफायाका सन्दर्भममा दुश्मन र अवसरवादीहरुले गर्ने कुत्सित प्रचारबाजीबाट हामी अनावश्यक प्रभावित हुन अवश्य हुन्न । तर, कसैको सफायागर्दा वर्ग विशलेषण, उसकको अपराधमा प्रकृति त्यसलाई सावित गर्ने जनवादी वैधानिकता प्रक्रिया र सफाया गर्ने विधिबारे ठोस नीतिका विकास र पालना गर्न सकिएन भघने त्यसकचो परिणाम पनि नकारात्मक हुन पुग्दछ । गत कालमा भएका कतिपय सफायाहरू जस्तै ः भनेजति चन्दा नदिएकै कारण, बस्नु र खान नदिएकै कारण, हाम्रो आन्दोलनको राजनैतिक विरोध गरेकै कारण, सुराकीको शंका लगोकै कारण अथवा टिमममा सदस्यहरूको रिसईवीका कारण सजिलै भएका छन् भन्ने आरोप हामी माथि दुश्मन र अवसरवादीहरूले लगाएकका फतुर भनेर ममात्र बस्न सकिने स्थिति छैन ।

अतः आगामी दिनमा ग्रामीण क्षेत्रका कसैले पनि सफाया गर्नु पर्दा निश्चित टिम वा त्यसकका निश्चित सदस्य गएर सोझैं खतम नगरी निश्चित न्युनतम जनवाभदी वैधानिक तरिका अपनाउने व्यवस्था सुनिश्चित गर्न जरुरी छ । लाल आतंकको अर्थ अराजकता होइन भन्ने कुरा हाम्रो नीति र आचरण दुवैममा अभिव्यक्त हुन अनिवार्य छ ।

(ग) दुश्मनकका सेना र प्रहरीमाथिको कार्यवाहीबारे
पुरानो सत्ताको मुखय अंगका रुपममा रहेको सैनय शक्तिलाई जनयुद्धको माध्यमबाट ध्वस्त पार्नु क्रान्तिकको केन्द्रिय र सर्वाेच्च काम हो भन्ने कुरा स्वतः स्पष्ट छ र यसममा विवादको कुनै प्रश्न छैन । तर प्रचलित र घोषित फौजी कार्यवाहीका रुपहरुको प्रयोग गर्दा हमीले भिन्न भिन्न स्थितिममा भिनन भिन्नतरिका अपनाउँछौ । अपनाउनु पर्दछ । जस्तै एम्म्बुस, माएनिङ्ग, रेड् कमाण्डो एट्याक लगायतका कार्यवाहीहरूमा मुठभेड हुँदा दुश्मनलाई बढी भन्दा क्षति पु¥याएर परास्त गर्न जोड गरिन्छ र गर्नु पर्दछ ।

तर आत्मसमर्पण गरिसकेका दुश्मनका सेना र पुलिसमाथि हाम्रो घोषित नीति युद्धबन्दीप्रति सम्मानजनक व्यवहार गर्नु उनीहरूलाई सम्झाउनु बुझाउनु र हामीसागै लड्न चाहनेहरूलाई त्यो अवसर पव्रदान गर्नु तथा घर जान चाहनेहरुलाई छोडिदिनु हो । दुश्मनको सेना र पुलिसमा जागिर खाएकै कारण मात्र उनीहरुलाई एक्लै दुक्लै बिदामा घर आएका बेला अथवा जहाा भेटिन्छ तयहीँ सिध्याउने विघटिन गर्नुभन्दा एकत्रित पार्न काम हुन पुग्दछ ।

अतः मुख्यतः ग्रामीण क्षेत्रममा दुश्मनको सेना र पुलिसममा जागिर खानेहरुलmाई घरममा आएककचो बेला आतंकित पार्ने वा सफाया गर्ने नभए सम्झाउने, बुझाउने र जागिर घोड्न प्रेरित गर्ने उद्देश्य हुनुपर्दछ । हामीले पहिलेदेखि भन्दै आएको दुश्मनको सेना र पुलिसमा जागिर खानेहरुका परिवारलाई सचेत पार्ने, संगठित गर्न र संरक्षण दिने काम नै सही नीतिको अभिव्यक्ति हो ।

अबको स्थितिमा हामीले उनीहरुका परिवारलाई जागिर छोडेर वा नछोडेर पनि घर बस्दा सुरक्षित हुन सकिने विशवास र अनुभूति दिन जोड लगाउनु पर्दछ । विगतममा धेरै र जघन्य अपराध गरिसकेका वा दुश्मनका सेना र पुलिसका ठूला अफिसरहरुका सन्दर्भममा भने उनीहरुलाई कब्जामा लिएर ममाथि बुँदा नं. (ख) मा भनिए झैं कार्यवाहीकको प्रक्रिया अगाडि बढाउनु पर्दछ ।

(घ) विरोधी राजनैतिक नेता र कार्यकर्ता प्रतिआचरणबारे
समान्यतः विभिन्न प्रतिक्रियावादी एवं अवसरवादी राजनैतिक दलहरुप्रतिको हाम्रो आचरण राजनैतिक भण्डाफोरलाई प्राथमिकता दिने रहेको छ । हामीले भन्दै आएकका छौं कि कैसमाथि भौतिक कार्वाही कुनै खास राजनैतिक दलको सदस्यको नाताले होइन उसकको जनता र जनयुद्धका विरूद्ध गरेको अपराधका कारण हुनुपर्दछ । यसका साथै प्रतयक्ष रुपभमा पुरानो सत्तासा गजोडिएका तथा त्यसको विपक्षमा रहेका दलहरूको तात्कालिक कार्यनैतिक आचरणमा फरक हुने भएकोलेहामीले उनीहरुसागकको व्यवहारममा पनि त्यही प्रकारकोभिन्नता गर्दै आएकका छौं र गर्दै रहनु पर्दछ ।

राजनैतिक रुपममा तात्कालिक र कार्यनैतिक अर्थमै भए पनि हामीसाग वस्तुतः नजिक रहेका रानैतिक दलहरूप्रति सकेसम्म मित्रतापूर्ण व्यवहार गर्न जोड लगाउनु पर्दछ । गत कालमा हाम्रा कतिपय कार्यवाहीहरुमा अन्तरविरोधको स्थितिमा यही …जोखा तथा पार्टीकको उपरोक्त, नीतिभन्दा बाहिर पनि हुने गरेकको पाइन्छ यसको …स्थितिममा एककातिर उपरोक्त नीतिलाई कडाइपूर्वक पालन गर्न जोड लगाउनु पर्दछ भने अर्काेतिर कुनै किसिममको दण्ड सजाय वा भौतिक कार्यवाही गर्नुपर्ने व्यक्तिहरुका हकमा माथि उल्लेखित जनवादी बैभानिक प्रकृया अपनाउ जोड लगाउनुृ पर्दछ । कसैलाई गिरफ्तार गरिसकेपछि अविलम्ब त्यसकका पछाडिको कारण सार्वजनिक सार्वजनिक गरिदिनु पर्दछ ।

(ङ) चन्दा संकलनबारे
दुश्मनले हाम्रो चन्द्रा संकलनको विधिलाई मध्यमवर्गममा भ्रम छर्ने एउटा ठूलो हतियार बनाउँदै आएको छ । दुश्मनलाई त्यो हतियारबाट वञ्चित गर्न तथा मध्यम वर्गलाई भ्रमित र आतंकित हुनबाट जोगाउनका लागि हामीले आफ्नो चन्दा नीतिलाई व्यवस्थित परिममार्जन गर्न आवश्यक भएकको छ । विगतमा कैयौं सन्दर्भममा चन्दा उठाउँभ्दा सम्बन्धित व्यक्ति, संघ संस्था आदिको पर्याप्त वर्ग विश्लेषण, पृष्ठभूमिमको अध्ययन एवं mत्यस अनुसारकको आचरण गर्ने कुरामा कही रहँदै आएकको छ । यसकको परिणाम अव संकलनको क्षृत्रमा पर्याप्त अराजकता पनि देखा पर्ने गरेको छ ।

अतः आगामी दिनमा यो अराजकतालाई रोकेर अर्थ संकलनको प्रक्रियालाई व्यवस्थित गरेको छ । अतः आगामी दिनममा यो अरावजकतालाई ररोकेर अर्थ संकलनको प्रक्रियालाई व्यवस्थित पार्न वर्गीय आधारममा जनतासाग चन्दा संकलन गर्ने ठोस सीममा ऋचष्तभचष्ब निश्चित गर्ने र अर्काेतिर दुश्मनलाई सजाय गर्ने तथा कर ९त्बह० लगाउने प्रणालीलाई व्यवस्थि तगर्न जरुरी छ । चन्दा संकलन गर्ने तथा कर उठाउने कामको ठोस नियन्त्रण क्षेत्रीय व्यूरोहरुले गर्न जरुरी छ ।

(च) विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय गैर–सरककारी संस्थाबारे
विगतमा ग्रामीण क्षेत्रमा पुरानो सत्ताको वर्चश्व खतम गर्ने सन्दर्भममा हामीले झिनो अन्तर गरेपनि सामान्यतः सबै खाले ल्न्इर क्ष्ल्न्इप्रति आक्रमण नीति अपनाउँदै आएकका थियौं तर अबको बदलिएकको स्थितिमा हामीले सो नीतिममा परिममार्जन गर्न जरुरी छ ।

राजनैतिक रुपले प्रतयक्ष रुपममा पुरानो सत्तासधाग नजोडिएधकको र ग्रामीण क्षेत्रमा हाम्रो नीति र योजनासाग तालमेल गर्दै काम गर्न इच्द्धुक ल्न्इ हरुप्रति हामीले सकारातमक व्यवहार गर्न आवश्यक छ । तयसै गरी अन्तर्राष्ट्रिय रुपममा जनयुद्धप्रति सर्वाधिक आक्रामक अमेरिकी साम्राज्यवादद्वारा प्रतयक्ष लगानी गरिएकका ल्न्इबाहेक तटछस्थ देश र जनयुद्धप्रति आक्रमक नभएका युरोपियन युनियन लगायतका देशसँग सम्बन्धित क्ष्ल्न्इप्रति कुनै किसिमको भौतिक कार्यवाही वा जबर्जस्ती नगरी छलफल अन्तरक्रिया एवं तालमेलद्वारा समस्या समाधान गर्न जोड दिनुपर्दछ । अहिले हामीले गर्ने सानातिना कामको विश्वव्यापी अवलोकन भइरहेकको सन्दर्भममा अन्तरविरोधको समग्रतालाई विचार गर्दै यस सम्बन्धी नीतिमा परिपक्वता प्रदर्शन गर्न विशेष जरुरी भएकको छ ।

५.आगामी फौजी योजनाबारे
केन्द्रीय समितिको गत वैठकद्धारा निर्धारित फौजी योजना सही रहेको तथा कार्यान्वयनको प्रक्रियामै गइरहेको कुरा माथि उल्लेख गरिसकिएको छ । सो योजनालाई परिमार्जन गर्ने सन्दर्भमा सापेक्षिक केन्द्रीकरण पदावलीको प्रयोगले व्यवहारतः केही अस्पष्टता र जनमुक्ति सेनामा केही दबाब महसुस भएकोले तत्कालका लागि सापेक्षिक केन्द्रित कार्यवाही गर्ने नीतिलाई हटाउन आवश्यक छ । वस्तुतः विकेन्द्रित कार्यवाहीहरुलाई विना कुनै दवाव दृढतापूर्वक अगाडि बढाउँदै केन्द्रित र निश्चित ठुला कार्यवाहीको तयारी गर्नुपर्दछ ।

६.जनसत्ताको प्रस्तुतिबारे
देशको सिंगो ग्रामीण इलाका मुलतः जनयुद्धको प्रभाव र नियन्त्रणमा रहको तथा अन्र्तराष्ट्रिय प्रचार र प्रभावमा समेत उल्लेख्य वृद्धि भएको वर्तमान सन्दर्भमा पुरानो सत्तामाथिको राजनैतिक हस्तक्षेपलाई नयाँ उचाईमा उठाउन निम्नानुसार जान आवश्यक छ –

(क) संयक्त राष्ट्रसंघ लगायतका अन्र्तराष्ट्रिय मञ्चमा सैनिक फाँसीवादी पुरानो सत्ताको कथित प्रतिनिधित्वको विरोध गर्दै जनताको प्रतिनिधित्व कायम गर्न आग्रह गर्ने ।
(ख) संयुक्त राष्ट्र संघमा आवद्ध विश्वका सबै देशहरुसँग औपचारिक पत्र मार्पmत पुरानो सत्ताका विरुद्ध नयाँ सत्तालाई समर्थन र सहयोगका लागि अनुरोध गर्ने ।
(ग) देशभित्र समग्र ग्रामीण इलाकाको जिम्मा लिने ढंगले जनसत्ताको नीति, योजना र कार्यक्रमलाई व्यवस्थित पार्न जरुरी छ । त्यसका लागि आर्थिक, राजनैतिक, सामाजिक र साँस्कृतिक सबै क्षेत्रमा जनसत्ताको ठोस कार्यक्रम र त्यसको कार्यान्वयन प्रक्रियाद्धारा अन्तिम विद्रोहको तयारीलाई तीव्र पार्नु पर्नेछ ।

वर्तमान परिस्थिति र रणनैतिक सन्तुलनसँग सम्बन्धित केही वैचारिक प्रश्नहरु
सरलबाट जटिल र छिपछिपेबाट गहिराइतिर जानु कुनैपनि वस्तुको विकासको अनिवार्य नियम हो । हाम्रो पार्टीको नेतृत्वमा संचालित नेपाली जनताको महान् जनयुद्धले पनि स्वभाविक रुपमा विकासको त्यही नियम पकडेको छ । आठ वर्षको जनयुद्धले नेपालको सामाजिक जीवनका सबै क्षेत्रमा मात्र होइन अपितु विश्व जनमतमा समेत उल्लेख्य प्रभाव विस्तार गर्दै लगेको छ । माक्र्सवाद लेनिनवाद माओवादका सार्वभौम सिद्धान्तहरुलाई नेपाली विशेषतामा सिर्जनात्मक ढंगले प्रयोग गर्ने वैज्ञानिक प्रक्रिया अपनाईएको हुनाले नै सापेक्षिक छोटो अवधिमा जनयुद्ध रणनैतिक रक्षाको चरण पार गरेर रणनैतिक सन्तुलन र प्रत्याक्रमण तयारीको चरणमा आईपुगेको छ ।

क्रान्तिकारी युद्धलाई विकासको यो स्तरसम्म ल्याईपु¥याउन हजारौं जनयोद्धाहरुले आफ्नो प्राणको आहुति दिएका छन् भने हजारौ योद्धा र लाखौ जनताले दुश्मनका जेल, नेल र यातनाको सामना गरेका छन् । आवश्यकताको चेतनाबाट स्वतन्त्रताको संसार प्राप्त गर्ने यो महासमरमा प्रदर्शित अभूतपूर्व जन पहलकदमीले २१ औं शताब्दीको विश्व क्रान्तिकै अग्र मोर्चाको गौरवशाली स्थान हासिल गरेको छ ।

क्रान्तिकारी सिद्धान्त विना कुनै क्रान्तिकारी आन्दोलन हुनै सक्दैन । भन्ने क. लेनिन र विचारधारात्मक र राजनैतिक कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निधो गर्दछ भन्ने क. माओको वैज्ञानिक निष्कर्षहरुलाई नेपाली जनयुद्धको विकासको सन्दर्भमा अझ राम्रोसँग बुझ्न जरुरी छ ।

क्रान्तिकारी सिद्धान्त एवं सही विचारधारात्मक र राजनैतिक कार्यदिशा आफ से आफ विकास हुने वा कुनै महापुरुषको बुद्धिको चमत्कारका रुपमा अगाडि आउने विषय नभएर क. माओले भने भैmँ वर्गसंघर्ष, उत्पादका निमित्त संघर्ष र वैज्ञानिक प्रयोगका क्रममा जनसमुदायले विकास गर्ने कुरा हो । त्यस प्रक्रियाद्धारा विकसित विचारलाई आत्मगत रुपले सर्वहारावर्गको राजनैतिक प्रतिनिधि मार्पmत संश्लेषित गर्ने काम हुन जान्छ ।

नेपालको ठोस सन्दर्भमा भन्नुपर्दा दक्षिणपन्थी संशोधनवाद र वामपन्थी संकिर्णतावादको रुपमा देखा पर्ने जडसुत्रीय संशोधनवादका विरुद्ध लामो विचारधारात्मक संघर्षका वीचबाट नै पार्टीको क्रान्तिकारी कार्यदिशाको विकास भएको हो । क्रान्तिकारी सिद्धान्त र सही कार्यदिशाको यो विकास नेपाली जनताले सामन्तवाद र साम्राज्यवादका विरुद्ध दशकौँदेखि चलाउँदै आएको वर्गसंघर्ष र अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनका अनुभवका जगमा विकसित भएको तथ्य पनि स्पष्ट छ । जनसमुदायबाट लिएर जनसमुदायलाई नै दिने भन्ने विज्ञानको मर्म पनि यही हो ।

अविरल गति, परिवर्तन र विकासको प्रक्रियामा रहनु प्रकृति, समाज र मानवका सार्वभौम गुण हुने कारण एउटा निश्चित देश, काल र परिस्थितिमा विकसित …. र सही विचारधारात्मक र राजनैतिक कार्यदिशा सधैका लागि स्थिर रहन सत्तैmन र …. निरन्तर विकास र परिमार्जनको माग गरिरहन्छ । यस प्रकारको विकास र परिमार्जनको प्रक्रिया समेत नयाँ नयाँ रुपमा देखा पर्ने गैर सर्वहारावादी चिन्तनका विरुद्धको संघर्षका क्रममा नै हुने गर्दछ ।

नेपाली जनयुद्धको ऐतिहासिक पहलका क्रममा संश्लेषित पार्टी विचार रणनीति र कार्यनिनीको करिब तिन वर्षको भीषण वर्गसंघष्र्या र विचारधारात्मक संघर्षका बीचबाट चौथो विस्तारित वैठकमा गएर आधार इलाका सम्बन्धि नयाँ बुझाई नयाँ रणनीति र कार्यनीतिका रुपमा परिमार्जित र विकसित हुन पुग्यो । त्यो नयाँ संश्लेषणको आधारमा जनयुद्धको अझ तीव्रा र गुणात्मकता हासिल ग¥यो । पाँच वर्ष पुग्दा नपुग्दै जनयुद्धको गुणात्मक विकास र पार्टी भित्र आलोक प्रवृत्तिका विरुद्धको संघर्षको क्रमले अझ नयाँ वैचारिक र राजनैतिक संश्लेषणको मागा ग¥यो ।

पार्टीको दोस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलनमा गएर प्रचण्ड पथ का रुपमा विचार संश्लेषण गरेर त्यसलाई पुरा गरियो । प्रचण्डपथको नयाँ संश्लेषणसँगै अगाडि बढेको जनयुद्धले अर्को दुई वर्ष नपुग्दै रणनैतिक रक्षाको चरणबाट रणनैतिक सन्तुलनमा फड्को हान् पुग्यो । पुरानो सामन्तीसत्ताको मुख्य अङ्ग शाहीसेनालाई ठुला ठुला मोर्चाहरुमा परास्त गर्दै साम्राज्यवादसँग् टकराउन पुगेका जनयुद्धको विकासले अर्को नयाँ वैचारिक संश्लेषणको माग गरिरहेको छ । पार्टी केन्द्रीय समितिको पछिल्लो वैठकले २१ औ शताब्दीमा जनवादको विकासबारे प्रस्ताव मार्पmत त्यो नयाँ संश्लेषणको ढोका खोलिसकेको छ । त्यसलाई पूर्णता प्रदान गर्न पार्टीमा बहस छलफलको प्रक्रिया पनि चलिरहेको छ ।

बलिायो प्रतिक्रान्तिलाई जन्म दिदै र त्यसका विरुद्ध जुध्दै अगाडि बढ्नु क्रान्तिको नियम हो भन्ने कार्ल माक्र्स र आफ्नो विकास प्रक्रियामा क्रान्तिले असाधारण जटिल स्थितिको सिर्जना गर्दै अगाडि बढ्छ भन्ने लेनिनका निष्कर्षहरुको वैज्ञानिकतालाई पनि आठ वर्षको जनयुद्धले सजीव रुपमा प्रमाणित गरेको छ । जनयुद्धको पहल पूर्वको स्थिति भन्दा पहल पछि पहलको प्रारम्भिक काल भन्दा दुश्मनको कथित किलो शेरा टु को काल र त्यस भन्दा अगाडि बढेर कथित संकटकाल र अहिले प्रत्याक्रमणको तयारीको चरणमा शाही अमेरिकी सेनाले हत्या, लुटपाट र आतंकको अभियानसम्मको सिंगो प्रक्रियामा क्रान्तिले बलियो प्रतिक्रान्तिलाई जन्म दिदै र असाधारण जटिल पिस्थतिको सिर्जना गर्दै अगाडि बढेको तथ्यलाई हामी सबैले प्रत्यष भोगेको देखेको छौँ ।

यो बलियो प्रतिक्रान्तिलाई जन्म दिने र असाधारण जटिल परिस्थितिको सिर्जना गर्ने क्रममा केवल वाह्य वर्गसंघर्ष मात्र नभएर पार्टीको अन्तरसंघर्षमा पनि देखा पर्ने गर्दछ । जनयुद्धको पहल पूर्वको अन्तरसंघर्षका तुलनामा पहल पछिको अन्तरसंघर्ष क्रमशः जटिल बन्दै आउने गरेको कुरा पनि हामी सबैले भोग्दै आएको छौँ । र गलत चिन्तनलाई परास्त गर्दै पार्टी नयाँ नयाँ आधारमा एकतावद्ध हुँदै अगाडि बढेको यथार्थबारे पनि पार्टीमा हामी कोही अनभिज्ञ छैनौँ ।

अहिले जनयुद्ध माथि उल्लेखित प्रक्रिया अनुसार रणनैतिक रक्षाबाट प्रत्याक्रमणको तयारीको योजनाबाट गुज्रिरहेको छ । आफ्नो गुमेको रणनैतिक आक्रमणको स्थिति पुनः हासिल गर्न सम्पूर्ण शक्तिका साथ केन्द्रित भइरहेको र जनयुद्ध प्रत्याक्रमणको नयाँ रणनैतिक चरणमा प्रवेशका निम्ति जोड गरिरहेको छर दुवै पक्ष मध्ये कसेले पनि आफ्नो लक्ष्य हासिल गर्न सफल नभइरहेको अहिलेको अवस्था स्वतः विशेष रुपले जटिल रहेको छ । निश्चित रुपमा पार्टीले यो स्थितिलाई चिर्नका लागि राजनैतिक र फौजी कार्यनीतिको स्पष्ट योजना विकास गरेको छ । यसले देश भित्र र बाहिर आफ्नो भूमिका पनि खेलिरहेको छ । तर, तत्काल देखिने गरी ठुला ठुला विजय हासिल नभइरहेका स्थितिले स्वभावतः पार्टी बाहिर र भित्र पनि विभिन्न प्रवृत्तिहरुलाई उद्धेलित गराइरहेको छ ।

रणनैतिक सन्तुलनको यो जटिलता र स्थायी रुपमा ठुला ठुला जनसत्ताको अभ्यास केन्द्रीय सत्ताको पनि नजिक पुगिरहेको अवस्थासँग पार्टी र आन्दोलनको अगाडि उपस्थित सवल र दुर्वल पक्षहरु सम्बन्धित रहेका छन् । रणनैतिक सन्तुलनको जटिलताले पार्टी आन्दोलनमा दक्षिणपन्थी आत्मसमर्पणवादी प्रवृत्तिलाई विशेष रुपले उत्तेजित तुल्याइरहेको हुन्छ । आज पार्टीको अगाडि एकातिर दक्षिणपन्थी आत्मसमर्पणवादी र अर्कातिर सत्तावादी नोकरशाही र व्यक्तिवादी प्रवृत्तिका विरुद्ध विचारधारात्मक संघर्षलाई बढाएर लानु पर्ने आवश्यकता छ । यस प्रकारको विचारधारात्मक संघर्षमा वामपन्थी संकिर्णतावाद र दुस्साहसवादका विरुद्ध पनि सिंगो पार्टी सजग रहनु आवश्यक छ ।

रणनैतिक सन्तुलनको जटिलतालाई ठीक ढंगले बुझ्न नसक्दा कतिपय कमरेडहरु हरेक कुरामा नकरात्मक र जता पनि अँध्यारा मात्रै देख्ने र अकर्मण्यतावादी एवं विसर्जनवादी रोगबाट ग्रस्त हुन सम्भव छ भने सत्ताको उपभोग गरिरहेका कतिपय कमरेडहरु हरेक कुरामा सकरात्मक र जता पनि उज्यालोृ मात्र देखेको ढोग गर्ने नोकरशाही रोगबाट ग्रस्त हुन सम्भव छ । सच्चा क्रान्तिकारी भने सकरात्मक र नकरात्मक दुवै पक्षको वस्तुवादी लेखाजोखा गरी क्रान्तिकारी आशावाद सहित निरन्तर अगाडि बढिरहेका छन् ।
विचारधारको कुरा गर्दा हाम्रो पार्टीैमा आवश्यकता र स्वतन्त्रताको बहस पनि गम्भीर रुपमा चल्दै संश्लेषित हुँदै आएको छ । आवश्यकताको चेतना नै स्वतन्त्रताको पहिलो कदम हो र वस्तुगत रुपलेृ आवश्यकता नभएर एक अर्काका पुरक बन्ने अभिवाज्य द्धन्द्धात्मक सम्बन्ध रहेको हुन्छ ।

यसलाई रणनैतिक लक्ष्य र त्यसलाई हासिल गर्ने कार्यनैतिक श्रृंखलामा बीचको सम्बन्धमा अर्थमा पन िबुझ्न सकिन्छ । जसरी कार्यनितीहरु रणनीतिको वास्तविक जीवन हुने गर्दछन् । त्यसरी नै आवश्यकताको चेतना नै स्वतन्त्रताको जीवन हुने गर्दछ । यसरी रणनीत र स्वतन्त्रताको लक्ष्य हासिल गर्ने प्रक्रियामा कार्यनीति र आवश्यकताले ठोस र प्राथमिक पहलकदमीको भूमिका खेलिरहेको हुन्छन् । यसको विपरित एकांगी रुपले स्वतन्त्रताको कुरा मात्र गर्ने र आवश्यकता प्रति उदासिन रहने प्रवृत्ति कोरा आर्दशवाद एवं एकांगी रुपले आवश्यकताको मात्र कुरा गर्ने र स्वतन्त्रप्रति उदासिनि रहने प्रवृत्तिले क्षुद्र व्यवहारलाई मात्र प्रतिनिधित्व गर्दछ ।

त्यसै गरी जनवादी केन्द्रीयताको सम्बन्धका बारेमा पनि पार्टीमा गम्भीर बहस चल्दै र संश्लेषित हुँदै आएको छ । उच्च जनवादका आधारमा उच्च केन्द्रीयता, जनवादी केन्द्रीयताको मर्म हो । जनवाद विनाको केन्द्रीयता, तानाशाही र केन्द्रीयता विनाको जनवाद अराजकता हुन पुग्दछ । यहाँ पनि प्रश्न जनवाद र केन्द्रीयताम बीचको द्धन्दात्मक सम्बन्धलाई ठीक ढंगले बुझ्नु र अभ्यास गर्नु हो । अहिले २१ औं शताब्दमिा जनवादको विकासबारे प्रस्तावित नयाँ विचारको आधारमा जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तलाई पनि त्यसै अनुसार परिमार्जन र विकास गर्न आवश्यक रहेको कुरालाई आत्मसाथ गरिरहनुपर्दछ ।

गृहयुद्धमा रणनैतिक सन्तुलन एवं प्रत्याक्रमण र विद्रोहको तयारी भइरहेको आजको विशिष्ट सन्दर्भमा हाम्रा प्रत्येक बहस, छलफल र क्रियाकलापहरु पार्टीलाई वैचारिक, राजनैतिक, संगठनात्मक र भावनात्मक हरेक दृष्टिले अझ बढी एकीकृत र अझ बढी केन्द्रीकृत पार्ने दिशमा परिलक्षित हुन जरुरी छ । सिद्धान्तः यो कुरामा कसैको विमति हुँदैन । तर, ठोस स्थितिमा समस्याको ठोस पहिचान गर्न सकिएन भने इच्छाको पवित्रता वा सैद्धान्तिक सहमतिले मात्र समस्याहरुको समाधान हुन सत्तैmन । विद्यमान सामाजिक साँस्कृतिको प्रभाव र वर्गीय उत्पतिको वस्तुगत कारण हामी कोही पनि शत प्रतिशत माक्र्संवादी छैनौ भनेर मान्दै अझ बढी माक्र्सवादी बन्न संघर्षरत छौँ ।

यसको अर्थ हामी बिचमै जडसुत्र र अनुभववादका समस्याहरु पनि छन् भनेर स्विकार गर्नु हो । यहाँ ध्यान दिन पर्ने यो हुन्छ कि सिर्जनशीलताको अभाव भन्दै संशोधनवादी कोणबाट जडसुत्रवादको विरोधका नाममा वस्तुतः जडसmुवादको नभएर माक्र्सवादकै विरोध भइरहेको हुन्छ र त्यसको ठीक विपरित अवसरवादी विचलन भन्दै जडसुत्रवादी कोणबाट संशोधनवादको विरोधका नाममा संशोधनवादको नभएर माक्र्सवाद कै विरोध भइरहेको छ ।

फेरि पनि यहाँ सवाल ठोस स्थितिको ठोस विश्लेषण गर्ने हो । आजको ठोस स्थितिमा पार्टीले वैचारिक राजनैतिक रुपलेृ दक्षिणपन्थती आत्मसर्मणवादको विरुद्धको संघर्षलाई प्राथमिकता दिएर जान जोड गरिरहेको छ । यो जोडको स्पष्ट उद्देश्य प्रत्याक्रमण र विद्रोहको तयारीलाइर्ए माथि उठाउन आवश्यक अझ एकीकृत र केन्द्रीकृत पार्टीको निर्माण गर्नु हो ।

विचारलाई नेतृत्व र नेतृत्वलाई जनसमुदायबाट अलग्याउन खोज्ने दुश्मन र अवसरवादीहरुका अनगिन्ती चालहरुलाई परास्त गर्न विचार एवं संगठनात्मक संरचना र कार्यशैलीके बीचमा अन्तरविरोधको हल गर्न समेत संगठन क्षेत्रमा व्यापक शुद्धीकरण आजको ज्वलन्त आवश्यकता हो ।

२१ औं शताब्दीमा जनवादको विकास प्रस्तावले ठीक त्यही दिशातिर केन्द्रीत हुन प्रेरित गरिरहेको छ । आफ्नै टाउकोमा आपैm आगो लगाउने क्रान्तिकारी स्पिरिटका साथ आपैmलाई नयाँ आवश्यकता अनुसार रुपान्तरण गर्ने प्रतिवद्धता एवं एकता संघर्ष रुपान्तरणको पार्टीको सोही परम्परालाई नयाँ उचाईमा उठाउने छ र क्रान्तिले नयाँ विजय हासिल गर्नेछ ।

चैत ७ गते, २०७४ - १८:३१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उर्जा क्षेत्रमा लगानी र सहकार्यका विषयमा उर्जामन्त्री र बिश्व बैंकका आवासीय निर्देशकबीच छलफल

उर्जा क्षेत्रमा लगानी र सहकार्यका विषयमा उर्जामन्त्री र बिश्व बैंकका आवासीय निर्देशकबीच छलफल

काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपाल, भुटान र बङगलादेश हेर्ने विश्व वैंकका...   

इन्द्रावती गाउँपालिका–१ का वडाध्यक्ष लामा विरुद्व अख्तियारमा उजुरी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका–१ का वडा अध्यक्ष श्री लामाका विरुद्व...   

समर्थन गरेकाे नेकपा सरकारलार्इ राजपा कडा विज्ञप्ती

काठमाडाैं । राष्ट्रिय जनता पार्टी, नेपालले वर्तमान नेपाल कम्युनिष्ट पार्टी नेतृत्वकाे सरकारमाथि...   
हुट्टिट्याउँको अण्डा फुटाउँदा पाँच वर्षकी बालिकालाई गाउँ निकाला

हुट्टिट्याउँको अण्डा फुटाउँदा पाँच वर्षकी बालिकालाई गाउँ निकाला

अन्धविश्वास पनि अचम्मको हुन्छ । मानिसहरु आफैंले बनाएको अन्धविश्वासको चक्करमा सम्पूर्ण मानवीयता...   
इन्टरनेट सेवा शुल्क घटाउन माग गर्दै नेविसंघद्वारा प्रदर्शन

इन्टरनेट सेवा शुल्क घटाउन माग गर्दै नेविसंघद्वारा प्रदर्शन

काठमाडाैं । सरकारले इन्टरनेट सेवा शुल्क १३ प्रतिशत पु-याएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा...   

चिनियाँ टोलीद्वारा झापाका नदीहरूको सर्वेक्षण शुरु

दमक, १ साउन । चिनियाँ अधिकारीहरूले झापाका नौवटा नदी तटबन्धका लागि प्रारम्भिक सर्वेक्षणको काम शुरु...   

विदेश जाँदा पाँच हजारमात्र बोक्न पाउने

काठमाडौँ, १ साउन । नेपाल राष्ट्र बैंकले मुद्रा तथा धारक विनिमय पत्रको सीमा निर्धारण गरेको छ । केन्द्रीय...   

यात्रुवाहक भ्यान एक आपसमा ठोक्किँदा दुईको मृत्यु

कञ्चनपुर, १ साउन । कृष्णपुर नगरपालिका–५ आमखैया जंगल नजिक आज दुई वटा यात्रुवाहक भ्यान एकआपसमा ठोक्ँिकदा...   
फ्रान्स र क्रोएसियाका फुटबल खेलाडीलाई सर्वोच्च सम्मान र स्वागत

फ्रान्स र क्रोएसियाका फुटबल खेलाडीलाई सर्वोच्च सम्मान र स्वागत

पेरिस, १ साउन  । रुसको मस्कोमा भएको विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सका फुटबल टोलीलाई देशकै...   

मण्डेलाको जन्म शताब्दि समारोहमा ओबामाको सम्बोधन

जोहानेस्बर्ग, १ साउन । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति एवम्...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top