/  Wed, December 12, 2018

गिरिजा सबैको अभिभावक: अध्यक्ष दाहाल

काठमाडौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइराला सबै नेपालीको अभिभावक भएको बताएका छन् ।

आज गिरिजाप्रसाद कोइराला मेमोरियल कलेजको पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले गिरिजाप्रसाद कोइराला काँग्रेस पार्टीको मात्र नभई राजनेताका रुपमा सबै नेपालीको अभिभावक रहेको बताए ।

अध्यक्ष दाहालले आफूलाई गिरिजाप्रसाद कोइरालाको प्रत्येक कार्यक्रममा पनि बोलाउन आग्रह गरे।

‘गिरिजाप्रसादको नाममा स्थापना भएका प्रतिष्ठान, कलेजमा मलाई नबोलाउँदा त्यो कार्यक्रम नै अधुरो हुन्छ’, उनले भने, ‘गिरिजासँग मेरो शान्तिप्रक्रिया आउँदा अभूतपूर्व सम्बन्ध कायम रहेकोले मलाई उहाँको नामसँग जोडिएको कार्यक्रममा बोलाउनु होला ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले शान्तिप्रक्रिया अघि गिरिजाप्रसाद र आफूबीच वैचारिक र भौतिक रुपमा निषेध भएको उल्लेख गर्दै तर शान्तिप्रक्रियामा ल्याउँदा भने हामीबीचको सम्बन्ध राम्रो भएको बताए ।

मुलुकमा गणतन्त्र ल्याउनका लागि आफूले गिरिजाप्रसादसँग रोल्पा, रुकुम र भारतको दिल्लीबाट दैनिक १ घण्टासम्म कुराकानी गर्ने गरेको स्मरण गर्दै उनले गिरिजाप्रसादको सपना पूरा गर्नका लागि शान्ति, सहमति र सहकार्यलाई सबैले अँगाल्नुपर्नेमा जोड दिए।

अध्यक्ष दाहालले संविधान कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानु अहिलेको आवश्यकता रहेको छ भन्दै राजनीतिक अन्तरविरोध भए पनि सबै दल एकताबद्ध भएर घरघरमा उज्यालो पु¥याउनुपर्ने बताए ।

‘जसरी काँग्रेस र कम्युनिष्ट मिलेर निरंकुश पञ्चायत र राजतन्त्रको अन्त्य गरियाे’, उनले भने, ‘ठीक त्यसैगरी अब मुलुकको विकास र समृद्धिको नयाँ यात्रा कोर्नका लागि सत्ता र प्रतिपक्ष एकजुट भएर लाग्नुपर्दछ ।’

अध्यक्ष दाहालले राजनीतिक रुपमा सत्ता पक्ष र प्रतिपक्ष अलग भए पनि राष्ट्रिय मुद्दामा एकजुट हुन जरुरी रहेको बताउँदै ‘सत्ता पक्ष र प्रतिपक्ष परम्परागत रुपमा रहने हो भने देश बन्दैन, त्यसैले दुवै मिलेर देश बनायौँ भने मात्र गिरिजाको सपना पूरा हुन्छ,’ भने ।

चैत ७ गते, २०७४ - १३:५१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

९ तस्विरमा हेर्नुहोस् भारतकै सर्वाधिक महंगो फिल्म  कसरी शुटिङ गरिएको थियो ?

९ तस्विरमा हेर्नुहोस् भारतकै सर्वाधिक महंगो फिल्म कसरी शुटिङ गरिएको थियो ?

एजेन्सी। अक्षय कुमार र रजनीकान्त अभिनित फिल्म ‘२.०’ म बलिउडमा एकपछि अर्को नयाँ रेकर्ड बनाइरहेको छ।...   
झापामा अस्मिता र सुमितबीच लफडा, कारण यस्तो छ ! (भिडियोसहित)

झापामा अस्मिता र सुमितबीच लफडा, कारण यस्तो छ ! (भिडियोसहित)

काठमाडौं । नेपाल आइडल सिजन–२ को टप ४ मा पुगेका अस्मिता अधिकारी र सुमित पाठकबीच लफडा सुरु भएको छ । हिजो...   

नयाँ बीमा योजना शुभारम्भ

काठमाडौ। सानीमा लाइफ इन्सुरेन्स लिमिटेडले नयाँ बीमा योजना शुभारम्भ गरेको छ । आफ्नो पहिलो वार्षिकोत्सवको...   
मिस वर्ल्डको उपाधि मेक्सिकोले जित्यो, श्रृंखलाले मन जितिन्

मिस वर्ल्डको उपाधि मेक्सिकोले जित्यो, श्रृंखलाले मन जितिन्

काठमाडौं । चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोले जितेको छ । अन्तिम ५ मा छानिएका थाइल्याण्ड,...   

नेकपाको सचिवालयको बैठक बस्दै : प्रदेश र जिल्ला समिति टुंगो लाग्ने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विहिबार अपरान्ह ४ बजेका लागी सचिवालयको बैठक...   
विस्तृत शान्ति सम्झौताको १२ वर्ष : द्वन्द्व पीडितका घाउ अालै

विस्तृत शान्ति सम्झौताको १२ वर्ष : द्वन्द्व पीडितका घाउ अालै

काठमाडौं ।  विस्तृत शान्ति सम्झौता भएको बाह्रवर्ष पुगिसक्दा पनि दशवर्षे सशस्त्र द्वन्द्व पीडितले...   

अमिताभले तिरिदिए १ हजार बढी किसानको बैंक ऋण

मुम्बई  । बलिउडका महानायक अमिताभ बच्चनले भारतको उत्तर प्रदेश राज्यका एक हजार तीन सय ९८ किसानलाई बैंकबाट...   

वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन बन्दै

    काठमाडौं । नेपालको जेठो र पुरानो वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन अगामी दुईवर्षभित्र...   
४ सय ५५ प्रहरी निरीक्षकको सरुवा [सूचीसहित]

४ सय ५५ प्रहरी निरीक्षकको सरुवा [सूचीसहित]

काठमाडौं । देशैभरका प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी निरीक्षकको...   
धनीको मस्ती : भिडियोमा हेर्नुहोस् ४ लाख पर्ने विवाहाको निम्तो कार्ड

धनीको मस्ती : भिडियोमा हेर्नुहोस् ४ लाख पर्ने विवाहाको निम्तो कार्ड

काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीले छोरीको विवाहाको एउटा निम्तो कार्डमा मात्रै ४ लाख खर्च गरेर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top