Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

यातायात कार्यालयमा भद्रगोल, सडकमै सवारी साधनको प्रदूषण जाँच

\"\"काठमाडौं । यातायात व्यवस्था सेवा कार्यालय स्वयम्भूले आवश्यक स्थानका अभावमा सडकमै निजी सवारी साधनको प्रदूषणको मात्रा जाँच गर्न थालेको छ । कार्यालय परिसरमै सवारी साधनको प्रदूषण मात्रा जाँच गरिरहेको कार्यालयले स्थानीयवासीको विरोधपछि मंगलबारदेखि कार्यालय अगाडिको चक्रपथ सडकमै उक्त काम गर्न शुरु गरेको हो । यातायात कार्यालय अवस्थित आनन्दनगर टोलसुधार समितिले प्रदूषण जाँचका क्रममा निस्कने धुवाँले बस्तीको वातावरण दूषित भएको र सवारी साधनले सडक जाम भएको भन्दै अन्त सार्न माग गरेपछि कार्यालय परिसरबाट जाँच गर्ने काम सारिएको कार्यालयका नायब सुब्बा काजीबहादुर गिरीले बताए । प्रदूषण जाँचका लागि थप जग्गा भाडामा लिन कार्यालयले यातायात व्यवस्था विभागमा माग गरे पनि विभागले बजेटको कमी देखाउँदै टार्दै आएको कार्यालयले जनाएको छ । कार्यालयमा हाल दैनिक करीब १०० निजी सवारी साधनको उपकरणमार्फत प्रदूषणको मात्रा जाँच गरिन्छ । निजी सवारी साधन भएकाले जाँचमा लगभग सबै सफल हुने गरेको यातायात कार्यालयले जनाएको छ । जाँचपछि कार्यालयले ३५ रुपैयाँ लिएर सबै सवारी साधनलाई हरियो स्टिकर दिने गरेको छ । मासिक १० रुपैयाँ करोड कर यातायात व्यवस्था सेवा कार्यालय स्वयम्भूमा सबै प्रकारका सवारी साधनबाट मासिक १० करोड रुपैयाँसम्म कर संकलन हुने गरेको छ । कार्यालयमा दैनिक २०० देखि ५०० सवारीधनीले कर बुझाउने गरेको लेखापाल सुदर्शन ढकालले जानकारी दिए । सवारी करबाट मासिक ७ देखि १० करोड रुपैयाँ राजश्व आम्दानी हुने गरेको छ । कर संकलनका हिसाबले मुलुकभरका यातायात कार्यालयमध्ये यो चौथो ठूलो कार्यालय भएको उनले जानकारी दिए । यातायात कार्यालयमध्ये सबैभन्दा बढी राजश्व संकलन काठमाडौँको एकान्तकुनास्थित कार्यालयमा तथा त्यसपछि काठमाडौँकै गुर्जुधारा र तेस्रोमा नारायणी अञ्चल यातायात कार्यालय रहेका छन् । सवारी साधनको कर बुझाउन चैतदेखि असारसम्म भने तुलनात्मक बढी चाप हुने गरेको छ । मुलुकभर हाल झण्डै २३ लाख विभिन्न प्रकारका सवारी साधन छन् । कार्यालयमा कर्मचारीको दरबन्दी १० जनाको रहेको उनले बताए । कार्यालयले गत वर्षमा ७३ करोड रुपैयाँ कर संकलन गरेको थियो भने यस वर्ष गत फागुन समान्तसम्म ७८ करोड ५२ लाख रुपैयाँ कर संकलन गरिसकेको छ । मुलुकभरका यातायात कार्यालयको कर संकलन गर्ने कम्प्युटर सफ्टवेयर फोकस वन नामक निजी कम्पनीले सञ्चालन गर्दै आएको छ । मुलुकभरका यातायात कार्यालयमा कर संकलनमा सहयोग गर्न उक्त कम्पनीका १ सय १४ कर्मचारी कार्यरत छन् । विक्रम सम्वत् २०६६ देखि उक्त कम्पनीले यातायात कार्यालयको कर संकलनको सफ्टवेयर सञ्चालन गर्दै आएको लेखापाल ढकालले बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies