Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

चितामा हालिसकेको शव प्रहरी कब्जामा, आखिर किन भयो यस्तो ?

\"\"रौतहट । जलाउन चितामा राखेको महिलाको शव हत्या आशंकामा प्रहरीले मंगलबार बिहान नियन्त्रणमा लिएको छ । चार मलामी पक्राउ गरिएका छन् । कटहरिया नगरपालिका–५ का विजय साह सोनारकी श्रीमती राजकुमारी देवीको शव प्रहरीले लालबकैया खोलास्थित घाटबाट नियन्त्रणमा लिएको हो । आजको नयाँपत्रिका दैनिकमा खबर छ–शव नियन्त्रणमा लिने क्रममा प्रहरी र मलामीबीच केहीबेर झडपसमेत भएको थियो । स्थानीयले श्रीमान्को कुटाइबाट मृत्यु भएकी महिलाको हतारहतार अन्त्येष्टि हुन लागेको सूचना दिएपछि प्रहरी घाट पुगेको रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए । घटनामा संलग्न भएको आशंकामा मृतकका भाइ कटहरिया–५ का भन्टु साह, भान्जा रामबालक साह र रौतहट राजदेवी गाउँपालिका–३ का राजकिशोर साह र सुुरेश साह पक्राउ परेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ । मृतकका आफन्तले घटना लुकाउन खोजेको आरोपमा पक्राउ गरेको प्रहरीको भनाइ छ । श्रीमान् विजय साह भने फरार छन् । साहले हत्यापछि श्रीमतीका आफन्तलाई समेत प्रलोभनमा पारेको एसपी पोखरेलले बताए । स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार सोमबार राति साह र श्रीमती राजकुुमारीबीच झगडा भएको थियो । साहले स्थानीय कटहरिया बजारमा लोकल रक्सी र मासुको पसल राखेका छन् । उनले मदिरा खाएको विषयमा राति ९ बजेपछि श्रीमान् श्रीमतीको झगडा परेको थियो । मृतकको घाँटीमा नीलडाम देखिएको प्रहरीले जनाएको छ । घाटछेउबाट दुई बोतल पेट्रोल र पाँच केजी चिनी पनि बरामद गरेको प्रहरीले जनाएको छ । मृतकका कोही पनि आफन्त किटानी जाहेरी दिन नआएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीले चिताबाट उठाएर लगेको शव फिर्ता माग्दै जिल्ला प्रहरी कार्यालय गौर पुगेका रामप्रवेश साह सोनारलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी विजयका भाइ हुन् । शव जिल्ला अस्पताल गौरको शवगृहमा राखिएको छ । साह र राजकुमारी देवीको १० वर्ष पहिला विवाह भएको थियो । उनीहरूका दुई छोरा र दुई छोरी छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies