Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

यातायात कार्यालयमा मूख्यमन्त्री भट्टको छड्केः कार्यालय प्रमुख रातोपिरो, सेवाग्रहीको भागाभाग

\"\"धनगढी । प्रदेश ७ का मूख्यमन्त्री त्रिलोचन भट्टले आज कैलालीस्थित यातायात्रको कार्यालयमा छड्के अनुगमन गरेका छन् । यातायात्र ब्यवस्थाको कार्यालयबाट प्रदान हुने सेवाहरुप्रति सेवाग्राहीको जनगुनासो बढेपछि मूख्यमन्त्री भट्टले यातायातको कार्यालयमा बिहान ११ बजे छड्के अनुगमन गर्नु भएको हो । लाईसेन्स परिक्षाका लागि फारम भर्न सेवाग्राहीहरु लाईनमा बसी रहेकै बेला मूख्यमन्त्री भट्ट एक्कासी अनुगमनमा पुगेर यातायातका कर्मचारीलाई सोधपुछ गर्न थालेपछि कर्मचारीहरु अचम्ममा मात्र परेनन रातोपिरो अनुहारमा एकलेअर्कोलाई हेरेर जवाफ दिदै थिए । मूख्यमन्त्री भट्ट कार्यालयमा पुग्दा यातायात कार्यालयमा सेवाग्राहीहरुको निकै ठूलो भिड थियो भने सेवाग्राहीहरु तीन लाईनमा बसेर लिखित परिक्षाको फाराम बुझाई रहेका थिए । मूख्यमन्त्री भट्टले लाईनमा बसेका सेवाग्राहीसंग कार्यालयले प्रदान गर्ने सेवाहरुको बारेमा जानकारी लिएका थिए । सेवाग्राहीहरुले मन्त्रीको जवाफमा सेवा पाउन निकै खर्चिलो र झन्झटिलो भएको बताएका थिए । सेवाग्राहीसंगको कुराकानीपछि मूख्यमन्त्री भट्ट लेखा शाखा र कार्यालय प्रमुखको कार्यकक्षमा पगेका थिए । मूख्यमन्त्री भट्ट कार्यालय प्रमुखको कार्यकक्षमा पुग्दा कार्यालय प्रमुख र सेवाग्राहीहरु ढोका बन्द गरेर कुराकानी गरी रहेका थिए । मूख्यमन्त्रीका प्रेस सहयोग मिलन परियारले प्रमुखको ढोका खोलेर मूख्यमन्त्री भट्ट भित्र पस्दा कार्यालय प्रमुख कृष्ण प्रसाद भुषाल र अन्य तीन जना सेवाग्राही अचम्ममा परेका थिए । तीन जना सेवाग्राही खुसुक्क बाहिरीए । कार्यालय प्रमुख रातोपिरो बनेका थिए । सेवाग्राही र कार्यलय प्रमुखले गोप्य वार्ता गर्नु शंकास्पद मानिएको छ । गोप्य कुराकानीबारे कार्यलय प्रमुखले केहि बताएनन् । उनलेआफुहरुले दिने सेवा सुबिधामा कुनै कमी नरहेको जानकारी गराए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies