Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

युएईमा विष्णुमायाको आत्महत्याः झुण्डिनुअघिको यस्तो भिडियो बाहिरियो

\"\"युएई । रोजगारीका लागि युएई आएकि काभ्रे नमोबुद्द १ स्याम पाटीकी विष्णुमाया बोम्जनले गत शुक्रबार राति युएईमा झुन्डिएर आत्महत्या गरेकी छन । काठमाडौको बसुन्धारामा अबस्थित सब ईन्टरनेसनल मेनपावर प्रालिबाट ५ डिसेम्बर २०१६ मा युएईको दुबईस्थित एक प्रतिष्ठित कम्पनीमा क्लिनर कामको लागि आएकि बिस्णुमायाले शुक्रबार राती उनी बस्ने होस्टेलको माथिल्लो तलामा पासो लगाइ आत्महत्या गरेको जानकारी मृतकका श्रीमान अजय लामाले खबरडबलीलाइ दिएका छन । इटहरी ठेगाना बताउने सन्तोष थापा मगरले शारीरिक दुव्र्यवहार गरेको र कम्पनी होस्टेलमा पुगि विभिन्न आरोप लगाउँदै गालिगलोज गरेपछि सहन नसकी आफ्नो श्रीमतीले आत्महत्या गरेको लामाले दाबी गरेका छन् । घटना पछि मृतकका श्रीमान लामाले श्रीमतीको मोबाइलमा एउटा भिडियो क्लिप भेटेको र उक्त भिडियोमा सन्तोष थापा मगरकै कारण सहन नसकी बाध्य भएर आत्महत्या गर्नुपरेको उल्लेख गरिएको छ । भिडियो सामाजिक संजाल मार्फत बाहिरिएपछि मृकका श्रीमान् लामाले प्रहरी लाई उजुरी दिएका थिए ।सोहि उजुरीका आधारमा हिजो शुक्रबार बिहान कम्पनी होस्टेलबाटै सन्तोष थापा मगरलाई समेत प्रहरीले पक्राउ गरि अनुसन्धान सुरु गरेको लामाले बताएका छन् । \"\" \"\" यता युएईस्थित नेपाली दूतावासका कार्यवाहक राजदुत सागर फुयालले घटनाबारे दूतावासलाई जानकारी भै सकेको हुँदा आइतबारदेखि कानुनी प्रक्रियामा जाने जानकारी दिएका छन । मृतकको पोस्टमार्टम रिपोर्टमा आत्महत्या गरेको प्रमाणित भएको छ भने शवलाई हाल दुबई प्रहरीले राखेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरि दूतावासलाई जिम्मा लगाउने तयारी गरेको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies