/  Tue, September 25, 2018

बंगलादेशी पर्यटन मन्त्रीसहितको टोली काठमाडौंमा

काठमाडौं । सोमबार दुर्घटनामा परेको यूएस बंगला विमानको अवस्थाका बारेमा जानकारी लिन बंगलादेश सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल आज काठमाडौं आंइपुगेको छ ।

बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम शाहजान कमल र परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा नागरिक उड्डयन प्राधिकरण, बंगलादेशका उच्च अधिकारीसहितको टोली नेपाल आएको हो ।

उच्चस्तरीय सरकारी टोली यूएस बंगला विमान दुर्घटनाबारे जानकारी लिन नेपाल आएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए ।

गृह मन्त्रालयका अनुसार विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको छ । मृत्युहुनेहरुमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक रहेका छन् । दुर्घटनामा घाइते अन्य २० जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विमानमा चारजना चालक दलका सदस्यसहित ७१ सवार थिए ।

बंगलादेशको उच्चस्तरीय टोली केहीबेरअघि काठमाडौँ आइपुगेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार बंगलादेशबाट आउने टोलीमा दुर्घटनामा परेका परिवारका आफन्तसमेत छन् ।

यसअघि सोमबार विमान दुर्घटनापछि लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग टेलिफोन संवाद गरी विमान दुर्घटनाबारे जानकारी गराएका थिए।

फागुन २९ गते, २०७४ - १४:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्तो आयो छक्का पन्जा–३ को ट्रेलर

यस्तो आयो छक्का पन्जा–३ को ट्रेलर

काठमाडौं । सुपरहिट फिल्म छक्का पन्जा सिरिजको तेस्रो संस्करण छक्का पन्जा–३ को टे«लर सार्वजनिक गरिएको...   

दर्दनाक कथा ! बलात्कारी बाबुले भने– ‘छोरी मलाई फाँसी देउ’

ललितपुर । सुन्दा फेरि पनि अचम्म लाग्न सक्छ । बाबुले छोरीलाई बलात्कार गरे भन्दा । तर ललितपुरको गोदावरी...   
प्रहरी अधिकृतबाटै गम्भीर लापरबाही भएको निष्कर्ष

प्रहरी अधिकृतबाटै गम्भीर लापरबाही भएको निष्कर्ष

काठमाडौं । प्रहरी प्रधान कार्यालयले निर्मला पन्त हत्या प्रकरणमा संलग्न प्रहरी अधिकृतहरुबाट गम्भीर...   
ओली–प्रचण्डको विशेष सर्कुलर : एकता कार्यदल भंग

ओली–प्रचण्डको विशेष सर्कुलर : एकता कार्यदल भंग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक...   

नेकपामा किन हुन सकेन भावनात्मक एकता ? यसरी हुन सक्छ प्रेम !

काठमाडाैं ।  कुनै बेला वैचारिकरुपमा दुई ध्रुवमा बाँडिएका नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको...   

किन भईरहेको छैन नेकपाको बाँकी एकता ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तल्ला कमिटिहरु र जनवर्गिय संगठनहरुको एकता दशैंअघि नहुने...   
युवा–विद्यार्थी एकताको अपडेट ! शक्तिशाली संगठनमा दुवैका दावी

युवा–विद्यार्थी एकताको अपडेट ! शक्तिशाली संगठनमा दुवैका दावी

काठमाडौं । एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका तल्ला निकाय तथा जनवर्गिय संगठनहरुको...   

विश्वकप छनोट खेल्न नेपाली टिमको घोषणा : को को परे ?

काठमाडौं  । यही असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने आइसिसी टी-२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका...   

पूर्वराजा शाह श्रीलंका जाँदै, समुन्द्रपारी महत्वपूर्ण भेटवार्ता

काठमाडौं । सपरिवार बैंकततर्फ प्रस्थान गरेका पूर्व राजा ज्ञानेन्द्र आगामी शुक्रबार श्रीलङ्का जाने...   
उपराष्ट्रपति पुन छेन्दुमा

उपराष्ट्रपति पुन छेन्दुमा

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ’ ६ दिने औपचारिक भ्रमणका लागि सिचुवान प्रान्तका राजधानी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top