/  Wed, June 20, 2018

विवेकशील साझाले गर्यो राष्ट्रपति निर्वाचन बहिस्कार

काठमाडौं । विवेकशील साझा पार्टीले राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचनमा कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको छ ।

प्रदेशसभा संसदीय दल प्रदेश नं ३ का नेता रमेश पौड्यालले आज विज्ञप्ति जारी गरी पार्टी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको जानकारी दिए ।

प्रदेश नं ३ प्रदेशसभामा पार्टीका तीनजना सदस्य समानुपातिक निर्वाचन प्रक्रियाबाट निर्वाचित भएका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पार्टीको धारणा तय गर्न पार्टीले प्रदेशसभा संसदीय दल प्रदेश नं ३ लाई अधिकार प्रत्यायोजन गरेको थियो । संसदीय दलको सोमबार बसेको बैठकले दुवै निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको हो ।

पार्टी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिका पक्षमा रहेको छ । संसदीय लोकतन्त्रमा संवैधानिक राष्ट्रपतिको भूमिका तटस्थ, निष्पक्ष र दलीय आग्रहभन्दा माथि हुनु पर्नेमा कतिपय निर्णय पदीय मर्यादा र सीमाभन्दा बाहिर गएको प्रष्टै देखिने गरेको वक्तव्यमा उल्लेख छ ।

प्रमुख दल र तिनका गठबन्धनले दलीय आग्रहभन्दा माथि उठेर राष्ट्रपति, उपराष्ट्रपति पदमा राष्ट्रिय व्यक्तित्वलाई अघि सार्नुको सट्टा आफ्नो दल र त्यसभित्र पनि निश्चित गुटको सन्तुलनलाई ध्यान दिई उमेदवार तय गर्ने परिपाटी विकसित भएको आरोप विवेकशीलको छ ।

अहिले दलहरुले अघि सारेका राष्ट्रपतिको उमेदवारलाई हेर्दा जोसुकै विजयी भए पनि दलीय प्रभावबाट मुक्त रही कार्यसम्पादन गर्ने सम्भावना अत्यन्तै न्यून देखिएको नेता पौडेलको भनाइ छ ।

फागुन २९ गते, २०७४ - १३:०८ मा प्रकाशित
सार्वजनिक स्थलमै एक महिलालाई राष्ट्रपतिले चुमेपछि…

सार्वजनिक स्थलमै एक महिलालाई राष्ट्रपतिले चुमेपछि…

फिलिपिन्सका ७३ वर्षीय राष्ट्रपति रोड्रिगो डुटार्टे एक सार्वजनिक कार्यक्रममा एक महिलालाई भिडबाट...   

सामुदायिक होमस्टेलाई दुई करोड ५० लाख अनुदान

काठमाडौँ । समुदायमा आधारित दिगो पर्यटनको विकासमा योगदान गर्ने नेपालको सामुदायिक होमस्टे (घरबास कार्यक्रम)...   
सडक मिचिएका संरचना भत्काउँदै सडक विस्तार

सडक मिचिएका संरचना भत्काउँदै सडक विस्तार

भक्तपुर। दैनिक सडक जाम हुन थालेपछि सूर्यविनायक चोकदेखि सूर्यविनायक गणेश मन्दिरसम्म जाने सडकको अतिक्रमित...   
म्याग्दीमा ‘स्थानीयवासीले सुरु गरे ‘होमस्टे’

म्याग्दीमा ‘स्थानीयवासीले सुरु गरे ‘होमस्टे’

म्याग्दी । अल्पसंख्यक छन्त्याल समुदायको बसोबास रहेको धौलागिरि गाउँपालिका–१ गुर्जा गाउँमा होमस्टे...   

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

उदयपुर । कर्तव्य ज्यान मुद्दा लागेर जिल्ला अदालत उदयपुरले एक वर्षअघि नै जेलसजायका लागि फैसला गरिसकेको...   
प्रदेश प्रमुख झाबाट विधेयक प्रमाणीकरण

प्रदेश प्रमुख झाबाट विधेयक प्रमाणीकरण

बुटवल । प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले प्रदेशअन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले...   

क्यान्सर पीडित लामालाई सात लाख सहयोग

भक्तपुर । विगत एक वर्षदेखि पाठेघरको क्यान्सर रोगबाट पीडित सबिना लामाको उपचारको सहयोगार्थ रु सात लाख...   

प्रदेश १ मा खोप कोल्ड रेफ्रिजेरेटर भ्यान सञ्चालन

विराटनगर । प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्य क्षेत्रमा खोपको ढुवानी गुणस्तरीय...   
जताततै नयाँ शहरको योजना, भएन कतै काम

जताततै नयाँ शहरको योजना, भएन कतै काम

काठमाडौँ । सरकारले देशभर नै ४० आधुनिक शहर तथा व्यवस्थित बस्ती निर्माण गर्ने योजना अगाडि सारेको भए पनि...   
गौचरन बन्यो विमानस्थल

गौचरन बन्यो विमानस्थल

दाङ । यहाँको विमानस्थलमा उडान हुन छाडेपछि गौचरन बनेको छ । टरिगाउँ विमानस्थलमा उडान बन्द भएपछि हाल यहाँकावासिन्दाले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top