/  Mon, December 17, 2018

मेयर चौधरीमाथि गोली हानेको आशंकामा विप्लवका ३ कार्यकर्ता पक्राउ

धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि भएको आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । कैलाली प्रहरी प्रमुख बिनोद घिमिरेको नेतृत्वको टोलीले सोमबार राति सुखड क्षेत्रबाट ३ जनालाई पक्राउ गरेको हो । उनीहरुको नाम सार्वजनिक गरेको छैन । प्रहरीले उनीहरु नेकपा माओवादी (विप्लव समुह) का कार्यकर्ता हुनसक्ने अनुमान गरेको छ । थप अनुसन्धान भइरहेकाले नाम सार्वजनिक गर्न नमिल्ने प्रहरीले जनाएको छ ।

३ वटा मोटरसाइकलमा आएको समूहले घर बाहिर बोलाएर आक्रमण गरेको बुझिएको प्रहरी उपरिक्षक घिमिरेले बताए । घटनास्थलबाट प्रहरीले से २ प ३६७१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । उक्त मोटरसाइकल कसको हो भन्ने अबेर रातिसम्म खुलेको छैन ।

सोमबार राति ८ बजेर १० मिनेटतिर सुखड बजार नजिकै रहेको आफ्नो घरभित्र बसिरहेका नगर प्रमुख चौधरीलाई अपरिचित समूहले काम छ भन्दै बाहिर बोलाएर गोली र खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । चौधरीको कम्मरमुनि गोली लागेको र टाउको तथा दाँया हातमा खुकुरीको चोट लागेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताएका छन् ।

उनलाई पहिले खुकुरी र पछि गोली हानिएको थियो । घटना लगत्तै नगर प्रमुख चौधरीलाई सुखडस्थित घोडाघोडी अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि राति नै नेपालगञ्ज मेडिकल कलेज लगिएको छ । गम्भीर चोट लागे पनि उनको अवस्था भने खतरामुक्त रहेको बुझिएको छ । उपचारमा संलग्न चिकित्सकले चौधरीको अवस्था खतरामुक्त रहेको जानकारी गराएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक घिमिरेले बताए ।

बोक्सीको आरोपमा कुटिएकी युवतीको घटना प्रहरी चौकीमै मिलाएको भन्दै नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले नगर प्रमुख चौधरीलाई जनकारबाही गर्ने धम्की दिएको थियो । विप्लव समुहका नेता ओमप्रकाश पुनले सामाजिक सञ्जालमा बोक्सी प्रकरणमा नगरप्रमुखलाई कारवाही नगरे ‘जनसत्ता’ले कारवाही गर्ने चेतावनी दिएका थिए ।

फागुन २९ गते, २०७४ - ०९:१९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिसोसँगै हुम्ला फेरिँदै, चिसो छल्न जिल्ला बाहिर जाँदै

हुम्ला । हिउँद लागेसँगै हिमाली जिल्ला हुम्लामा चिसो बढ्न थालेको छ । चिसो बढ्न थालेसँगै हुम्लाका बासिन्दा...   
घ्याङ्लेख गाउँपालिकामा नेकपाको सबै वडा कमिटी गठन (नामसहित)

घ्याङ्लेख गाउँपालिकामा नेकपाको सबै वडा कमिटी गठन (नामसहित)

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) घ्याङलेख गाउँपालिकाका ५ वटै वडामा नेकपा वडा कमिटी गठन...   
कंग्रेस नेता कमलनाथले डिसेम्बर १७ मा मुख्यमन्त्रीको सपथ लिने

कंग्रेस नेता कमलनाथले डिसेम्बर १७ मा मुख्यमन्त्रीको सपथ लिने

भारतीय कंग्रेस पार्टीका प्रख्यात नेता कमलनाथले यही डिसेम्बर १७ मा मध्य प्रदेशको मुख्यमन्त्रीको सपथ...   
अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने चेतावनी

अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने चेतावनी

काठमाडौं । सरकारले हालै ल्याएको कर्मचारी समायोजन अध्यादेशको बिरोधमा उत्रेको प्राविधिक सञ्जाल नेपालले...   
मान्छेको मृत्यु भएको केहि मिनेटसम्म आफैँलाई थाहा हुने अनुसन्धानबाट पत्ता लाग्यो

मान्छेको मृत्यु भएको केहि मिनेटसम्म आफैँलाई थाहा हुने अनुसन्धानबाट पत्ता लाग्यो

न्युयाेर्क । मानव मस्तिष्कले मृत्यु भएको केही मिनेटसम्म थाहा पाउने भन्दै केही वैज्ञानिकहरुले पुष्टि...   

एउटा कोठामा चार वटा कक्षा सञ्चालन

धादिङ । एउटा कोठामा पनि सबै विद्यार्थीलाई पढाउन नहुने भएपछि भिन्दाभिन्दै सेक्सन बनाएर पढाइ गर्ने...   
कोइला खानीमा बाढी पस्यो, १३ जना मजदूरको मृत्यु भएको आशङ्का

कोइला खानीमा बाढी पस्यो, १३ जना मजदूरको मृत्यु भएको आशङ्का

नयाँदिल्ली । उत्तरपूर्वी भारतको मेघालय राज्यमा अवैध रुपमा सञ्चालन हुँदै आएको एक कोइला खानीमा बाढी...   
यस्ता छन् थोरै मानिसमा मात्र हुने विशेष पाँच शारीरिक क्षमता

यस्ता छन् थोरै मानिसमा मात्र हुने विशेष पाँच शारीरिक क्षमता

अलौकिक शक्ति भएका मानिसहरु ‘कमिक्स’ र वैज्ञानिक आख्यानका विषयवस्तु हुन्। तर केही मानिसहरूसँग...   

पाल्पा जीप दुर्घटनाः मृत्यु हुनेको संख्या ५ पुग्यो

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पा आर्गीडाँडामा बिहीबार राति भएको जिप दुर्घटनामा मृत्यु...   

नेकपाको स्थायी कमिटी बैठक भोली बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तेस्रो स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ । बैठक दिउँसो...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top