/  Tue, December 18, 2018

‘किमसँगको वार्ताका जोखिमबारे ट्रम्प जानकार’

अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक माइक पोम्पेओले उत्तर कोरियाली नेता किम जङ अनलाई भेट्ने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयको बचाउ गर्दै त्यसमा रहेका जोखिमलाई ट्रम्पले बुझेको बताएका छन्।

फक्स समाचार संस्थासँग आइतबार कुरा गर्दै ‘नाटकका लागि नभई’ समस्या समाधान गर्न ट्रम्पले वार्ता गर्न लागेको उनले बताए।

राष्ट्रपति ट्रम्पले शिखर बैठकले ‘विश्वका लागि महान सम्झौता’ दिलाउन सक्ने बताएका छन्।

तर आलोचकहरूले चाँहि वार्ता ठिक ढंगले अघि नबढे दुई देशहरू पहिले भन्दा झन खराब अवस्थामा पुग्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

अहिलेसम्म कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतासँग भेटवार्ता गरेका छैनन्।

दक्षिण कोरियाली दूतहरुले उत्तर कोरियाली नेता वार्ताका लागि इच्छुक रहेको खबर बिहीवार ल्याएपछि आफ्नै प्रशासनका उच्च अधिकारीलाई समेत आश्चर्यमा पार्दै ट्रम्पले वार्तामा बस्न आफू तयार रहेको बताएका थिए।

उत्तर कोरियालाई परमाणू अस्त्रबाट मुक्त गर्ने हिसाबमा सन् २००३ यता भएका वार्ता विफल भएका थिए।

सिआइएका निर्देशक पोम्पेओले ट्रम्प प्रशासनले उत्तर कोरियासँगका वार्ताका चुनौतीबारे चनाखोपूर्वक हेरिरहेको बताए।

उनले उत्तर कोरियाली अर्थतन्त्र अहिलेजति जोखिममा कहिल्यै नरहेको र उत्तर कोरियाली नेतृत्वले यसपटकको जति दबाब विगतमा नखेपेको बताएका छन्।

अमेरिकी नेतृत्वमा लगाइएका प्रतिबन्धले उत्तर कोरियालाई वार्ताका टेबलमा बस्न दबाब दिएको उनको भनाई छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ अनबीच शिखर बैठक गराउने कूटनीतिक प्रयासको केन्द्रमा रहेका दक्षिण कोरियाली दूतहरु हालसम्मका प्रगतिबारे जानकारी गराउन चीन र जापानतर्फ गइरहेका छन्।

सोलका दुई उच्च पदस्थ सुरक्षा अधिकारीहरूले अघिल्लो हप्ता किमको सन्देश राष्ट्रपति ट्रम्पलाई दिएका थिए।

त्यसलगत्तै बैठकका लागि तयार भएको अप्रत्यासित घोषणा ट्रम्पले गरेका थिए।

उक्त घोषणापछि मात्रै अमेरिकी राष्ट्रपतिले चीन अनि आफ्नो साझेदार जापानलाई त्यस विषयमा जानकारी दिएका थिए।

वार्ताको समय र स्थानबारे सहमति हुन बाँकि छ।

विवरणहरूका अनुसार चीन त्यस्तो शिखर बैठक आयोजना गर्नका लागि तत्पर छ।

तर स्विट्जरलण्ड, स्विडेन वा दुई कोरिया छुट्याउने सैन्य बलको उपस्थित नभएको पाममुनजोम सहितका स्थानका बारेमा पनि कुराहरू भएका छन्। बीबीसी

फागुन २९ गते, २०७४ - ०९:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केपी ओलीमाथि ‘शब्द आक्रमण’: कतिले प्रहार गरे, कतिले जोगाए ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को स्थायी समिति बैठकमा आज बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री...   
भारतलाई अस्ट्रेलियाले १४६ रनले हरायो

भारतलाई अस्ट्रेलियाले १४६ रनले हरायो

दोस्रो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियाले भारतलाई एक सय ४६ रनले हराएको छ । दोस्रो टेस्टको पाँचौं...   

यी हुन् सम्मानित हुने चार न्यायाधीश

काठमाडौं । न्याय परिषद्को २८औँ दिवसका अवसरमा चार उत्कृष्ट न्यायाधीशलाई आज सम्मान गरिएको छ । प्रधानन्यायाधीश...   

के शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिदैंछन् ?

काठमाडाैं । प्रदेश ५ का मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का स्थायी कमिटी सदस्य शंकर...   

कांग्रेस महासमिति बैठकस्थल सर्योः प्रवक्ता शर्मा भन्छन्-फेरि बैठक फेरि सुरू भइसक्यो

काठमाडाैं । नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । विधान संशोधनबारे शीर्ष तहमा आज विहान सहमति...   

एक सातादेखि विद्युत् अवरुद्ध

बाजुरा । बाजुराको बडिमालिका नगरपालिकामा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको यन्त्रमा खराबी...   

चिनियाँ राष्ट्रपति सी जिनपिङले दिए यस्तो चेतावनी

बेइजिङ । चिनीया राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक विकासको मार्गका बारेमा कुनैपनि मुलुकले हस्तक्षेप...   

के-के भयो नेकपाको बैठकमा ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) स्थायी कमिटीको तेस्रो बैठकमा आज पनि राजनीतिक प्रतिवेदनमाथिको...   

दोहोरो अंकले घट्यो शेयर

काठमाडौं । आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार...   

१२ दिनदेखि बालिका बेपत्ता

इलाम । इलामको सन्दकपुर गाउँपालिकाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छिन् । सन्दकपुर गाउँपालिकास्थित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top