/  Tue, September 25, 2018

राष्ट्रपतिको निर्वाचन आज

 

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि आज निर्वाचन हुँदैछ । संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा कायम गरिएको मतदान केन्द्रमा आज बिहान १० बजेदेखि अपराह्न ३ः०० बजेसम्म मतदान हुनेछ । मुलुकमा तेस्रो पटक हुन लागेको राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारी लक्ष्मी राई (दुवै भोजपुरका) प्रतिष्पर्धामा छन् । गणतन्त्र नेपालले डा रामवरण यादव र भण्डारीलाई राष्ट्रपतिका रुपमा पाइसकेको छ ।

राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधिसभा, राष्ट्रियसभा) का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० मतदाता कायम गरिएको छ ।

राष्ट्रपति मुलुकको राष्ट्राध्यक्षका रुपमा रहने तथा पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको अवधि हुने संवैधानिक व्यवस्था छ । नेपालको संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने व्यवस्था छ । आयोगले मतदातालाई आफू सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वा नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रमध्ये कुनै एउटा कागज बोकेर मतदानका लागि आउन अनुरोध गरेको छ । रासस

फागुन २९ गते, २०७४ - ०८:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम सेती र बूढीगण्डकी निर्माण गर्न ध्यानाकर्षण

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कोशी, गण्डकी, नारायणी र कर्णालीमा जलमार्ग...   

‘पान अफ्रिकन सम्मेलन’मा भाग लिएर नेता नेपाल स्वदेश फिर्ता

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता माधवकुमार नेपाल स्वदेश फर्केका छन् । घानामा...   

प्रदेश सातको राजधानी गोदावरी, नाम के रह्यो ?

धनगढी। प्रदेश नम्बर ७ को स्थायी राजधानी र नामाङ्कनका लागि गठित विशेष सुझाव समितिको प्रतिवेदन प्रदेश...   
अर्थ समितिमा सांसदकाे प्रश्न- ठेक्काजति पप्पुलाई नै किन ?

अर्थ समितिमा सांसदकाे प्रश्न- ठेक्काजति पप्पुलाई नै किन ?

काठमाडौँ ।  सभापति चुनिएपछि पहिलोपटक व्यवस्थापिका–संसद अन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकमा...   
निर्मला पन्त हत्या प्रकरणः प्रतिवेदनले भन्यो- प्रहरीको अनुसन्धान त्रुटीपूर्ण छ

निर्मला पन्त हत्या प्रकरणः प्रतिवेदनले भन्यो- प्रहरीको अनुसन्धान त्रुटीपूर्ण छ

काठमाडौं। निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित समितिको प्रतिवेदनले प्रहरी अनुसन्धानमा गल्ती...   

कर्णाली प्रदेश समन्वय परिषदको पहिलो वैठकको तयारी तिव्र

सुर्खेत। कर्णाली प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश समन्वय परिषदको वैठकको तयारी तिव्र वनाईएको...   

३ किलो सुनसहित टोखाबाट लामा र घले पक्राउ

काठमाडौं। काठमाडौंको टोखाबाट ३ किलो सुनसहित २ जनालाई पक्राउ गरिएको छ। महानगरीय प्रहरी परिसर, टेकुका...   

केरूङबाट अाएको ३ किलो सुनसहित २ जना पक्राउ

काठमाडाैं । प्रहरीले रसुवाको केरुङ नाकाबाट तस्करी भएर काठमाडाैं भित्रिएको ३ किलो सुनसहित दुई जना...   

नक्कली भूकम्पपीडितले ढाटेर लिएको रकम धमाधम असूल गरिदै

बनेपा। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पहिलो किस्ता लिएर...   
बारुदी सुरुङ विस्फोटमा दुई बालकको मृत्यु

बारुदी सुरुङ विस्फोटमा दुई बालकको मृत्यु

काला–ए–नाउ। अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा भएको एक बारुदी सुरुङ विस्फोटमा परी दुई बालकको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top