/  Fri, April 27, 2018

भाषण होइन, एक्सनमा अघि बढ्न सरकारलाई अध्यक्ष प्रचण्डको सुझाव

पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारले सबैखाले बेथितिको अन्त्य गर्न दृढ भएर अघि बढ्न आव्हान गरेका छन् ।

व्यवस्थापिका संसदमा बोल्दै अध्यक्ष प्रचण्डले नेपाली जनताले बेथिति, विसंगति, विकृतिका विरुद्ध सुसाशन र समृद्धिको पक्षमा मत दिएको बताउनुहुँदै सरकारबाट जनताले भाषण होइन एक्सन खोजेको प्रष्ट पारे – “अब यो भयो, त्यो भयो भनेर लच्छेदार भाषण गर्ने समय होइन, जनताले सिधै परिणाम खोजेका छन् । एक्सनमा जानुस् ।”

प्रतिनिधिसभा र सरकारका अगाडि ऐतिहासिक चुनौती र अवसर रहेको बताउनुहुँदै अध्यक्ष प्रचण्डले अराजकता, बेथिति र विकृति होइन, विकासको नयाँ युग सुरु हुनुपर्छ भनेर जनताले भरोसा गरेर मत दिएको बताए । “शान्ति सम्झौताका केही काम बाँकी छन्, तर हामी संविधानसभाबाट संविधान निर्माण र त्यसको कार्यान्वयनको चरण पार गरेर यहाँ आइपुगेका छौं । बेथिति, कुशासनविरुद्ध जनताले हामीबाट विकास र समृद्धि खोजेका छन् । त्यसैले सोझै परिणाम दिने गरी अघि बढ्नुस् ।” प्रचण्डले भन्नुभयो, “झण्डै दुई तिहाई जनताको साथ सरकारलाई छ । यो भन्दा बढी अधिकारसम्पन्न सरकार हुन सक्दैन । तसर्थ, राज्यका सबै अंगमा हुने ढिलासुस्ती, सबैखालका कुसंस्कृतिको अन्त्य गर्न दृढ कदम चाल्नुस ।”

अध्यक्ष प्रचण्डले कैलालीमा बोक्सीको आरोपमा एकजना किशोरीमाथि भएको जघन्य घटना र ८ वर्षीय किशोरी बलात्कृत भएको घटना उल्लेख गर्दै दोषीमाथि तत्काल एक्सनमा उत्रिनुपर्ने समेत बताउनु भयो । अध्यक्ष प्रचण्डले भने, — “बोक्सीको आरोपमा दिनदाहाडै कुटपीट गर्ने र रमिता हेर्नेमाथि कारवाही गरियोस्, ८ वर्षीय बालिका बलात्कार गर्नेमाथि कठोर कदम चालोस्, सबै बेथितिविरुद्ध के के गर्नुपर्छ तत्काल एक्सन चालियोस्” ।

फागुन २७ गते, २०७४ - १७:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

के हो गोल्डेन गेट ३३ केजी सुन प्रकरण ? यस्तो छ अभियुक्तको बयानमा आधारित नालिबेली

के हो गोल्डेन गेट ३३ केजी सुन प्रकरण ? यस्तो छ अभियुक्तको बयानमा आधारित नालिबेली

काठमाडौं । साढे ३३ किलो सुन तस्करीका नाइके चूडामणि उप्रेती ‘गोरे’ले आफ्नो सुन लुकाएको आरोपमा चारजना...   
यी ७ खानेकुरा खानुहोस्, संधै स्वस्थ रहनुस्

यी ७ खानेकुरा खानुहोस्, संधै स्वस्थ रहनुस्

काठमाडौं । अत्याधुनिक जीवनशैलीको सबैभन्दा ठूलो असर मानिसको स्वास्थ्यमा पर्ने गरेको छ । लामो समयसम्म...   
प्रदेश सांसदले किन मागे ५०–५० लाख !

प्रदेश सांसदले किन मागे ५०–५० लाख !

काठमाडौं ।  संघीय सरकारले प्रशासनिक खर्च र संरचना निर्माणका लागि पठाएको रकमबाट प्रदेशसभा सदस्यले...   
माओवादीमा नेता व्यवस्थापन जटिल : यी नेतालाई के गर्लान् प्रचण्डले ?

माओवादीमा नेता व्यवस्थापन जटिल : यी नेतालाई के गर्लान् प्रचण्डले ?

काठमाडौं : एमालेसँग पार्टी एकता गर्दा माओवादी केन्द्रले भने जस्तो ‘सम्मानजनक र न्यायोचित’ एकता नहुने...   
सिंहदरबारभित्र कोठा खोज्दै प्रधानमन्त्री कार्यालय

सिंहदरबारभित्र कोठा खोज्दै प्रधानमन्त्री कार्यालय

काठमाडौं । प्रधानमन्त्री कार्यालयमा ६ वटा नयाँ महाशाखा थपेर कर्मचारी दरबन्दी बढाएपछि दैनिक कार्य...   
उत्तर कोरियाका नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मुनबीच ऐतिहासिक वार्ता

उत्तर कोरियाका नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मुनबीच ऐतिहासिक वार्ता

काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच ऐतिहासिक...   
मनमोहनको शालिकमा माल्यर्पण गर्दै ओलीले यसो भने

मनमोहनको शालिकमा माल्यर्पण गर्दै ओलीले यसो भने

ललितपुर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीजस्ता नेतालाई बिर्सिए नेपालको कम्युनिष्ट...   
प्रहरीको चरम लापरबाही, निर्दोष व्यक्तिलाई जेल

प्रहरीको चरम लापरबाही, निर्दोष व्यक्तिलाई जेल

काँकडभिट्टा । झापा जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण अनाहकमा १३ दिन कैद बस्नुपरेका...   
विकट गाउँको माविलाई चार दर्जन ल्यापटप सहयोग

विकट गाउँको माविलाई चार दर्जन ल्यापटप सहयोग

सल्लेरी । हाँको छेस्काम माध्यमिक विद्यालयलाई लाखौँ मूल्यको ल्यापटप निःशुल्क प्राप्त भएको छ । कम्प्युटर...   
एमालेको अहमले पार्टी एकतामा शंका उत्पन्न गरायो

एमालेको अहमले पार्टी एकतामा शंका उत्पन्न गरायो

नेतृत्व व्यवस्थान र सैद्धान्तिक विषयमा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु :
Top