Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

चाैतारा नगरकी उपमेयर जानुकालार्इ सात प्रश्नः १० महिनाको प्रगती के ?

  \"\" गत बैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकको चाैतारा साँगाचोगढी नगरपालिका नेकपा माअोवादी केन्द्रबाट निर्वाचित उमपेयर हुन् जानुका पराजुली । करिब यो १० महिनाको बीचमा चाैतारा नगरपालिकाकी उपमेयर पराजुलीले के-के गरिन् ? हामीले केहि बुझ्ने प्रयास गरेका थियाैं ।  निर्वाचित भएको झण्डै १० महिना पुग्यो, कामको प्रगतिबारे के भन्नुहुन्छ ? झण्डै २० वर्षपछि नयाँ संरचनामा स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि स्थानीय विकासले गति लिन थालेको छ । १० महिनाको अवधिमा निर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यकालभित्र पूरा गर्ने दीर्घकालीन, मध्यकालीन र अल्पकालीन योजना निर्माण गरी नगरपालिकाको सामथ्र्यले भ्याएसम्म कार्यान्वयनमा लागेका छौं । यस अवधिभित्र विकासका मूख्य पूर्वाधारहरु, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, घरेलु उद्योग, पर्यटन, पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखी बजेट बिनियोजन गरिएको छ । सिन्धुपाल्चोक जिल्ला र चौतारा नगरपालिका भूकम्पबाट अति प्रभावित क्षेत्र हो । भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाहरुको पूनर्निर्माण हाम्रो प्राथमिकतामा छ । भूकम्पबाट नगरपालिका भित्रका सार्वजनिक, सामुदायिक र विद्यालय भवनहरु, नागरिकका नीजि आवास, ऐतिहासिक तथा पुरातात्विक धरोहरहरु पूर्ण रुपमा भत्किएका छन् । हामी तिनै भत्किएका संरचनाहरु पूनर्निर्माणको क्रममा छौं । भूकम्पको पूनर्निर्माणका सन्दर्भमा हामीले विभिन्न उपायहरुको खोजी गरिरहेका छौं । नीजि आवास पूनर्निर्माणका लागि राज्यले दिने अनुदानलाई व्यवस्थित गर्ने, पूनर्निर्माणको अनुगमन गर्ने र नागरिकका गुनासा पूनर्निर्माण प्राधिकरणसम्म पु¥याएर समाधान खोज्ने कोशिस गरिरहेका छौं । नगरपालिका भित्रका सार्वजनिक सम्पदा र संरचनाहरुको पूनर्निर्माणका लागि विभिन्न दातृ निकाय र संस्थाहरुसँग साझेदारी र समन्वय गरिरहेका छौं ।
  • २०५४ सालमा अखिल (क्रान्तिकारी) को सदस्य हुँदै २०५७ मा स्कूल इकाई अध्यक्ष, २०६१ मा जिल्ला अध्यक्ष, २०६३ मा केन्द्रीय सदस्य, २०६७ मा केन्द्रीय सचिव ।
  • २०५८ सालमा ने.क.पा. (माओवादी) को सदस्य हुँदै २०६४ मा जिल्ला समिति सदस्य, २०६८ मा राज्य समिति सदस्य, हाल महाधिवेशन आयोजक समिति सदस्य ।
स्थानीय तहमै नागरिकलाई सेवा प्रवाह गर्नु संघीयताको मूल मर्म हो । स्थानीय स्तरका वैयक्तिक विवाद, जनताका आवश्यकता र कानूनी प्रक्रियालाई आफ्नो क्षेत्राधिकारभित्र रहेर कार्य सम्पादन गरिरहेका छौं । साथै, स्थानीय सरकारले सामाजिक मेलमिलाप र सुुशासनका लागि पनि प्रयत्न गरिरहेको छ । नागरिकले पाउने सेवा, त्यसका शर्तहरु र नगरपालिकाको कर्तव्य लगायतका विषयमा पारदर्शी योजनाका साथ हामी अघि बढिरहेका छौं । तपाईहरुले जनतासामू गरेका बाचा कति पूरा भए, कति बाँकी छन् ? आफ्नो कार्यकालमा नगरपालिकाभित्र शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार, प्रतिव्यक्ति आय बृद्धि, सामाजिक विकास लगायतका मुद्दामा केन्द्रित हुने संकल्प गरेका थियौं । त्यसका लागि नगरको गुरुयोजनाको तयारीमा छौं । दोस्रो कुरा, विकासका लागि स्रोत अनिवार्य शर्त हो । केन्द्रबाट प्राप्त अनुदानमा निर्भर रहेर उल्लेखित संकल्प पूरा गर्न सकिँदैन । हाम्रा आफ्नै आर्थिक स्रोतहरुको पहिचान र परिचालनमा ध्यान दिनैपर्छ । पूर्वाधार विकासका काम सन्तोषजनक रुपमा अघि बढेका छन् । स्थानीय स्तरबाट गरिने सेवा प्रवाहमा तिब्रता आएको छ, लामो समयपछि नागरिकले राज्यको अनुभूति गर्न थालेका छन् । सुशासन र जनमैत्री प्रशासनमा जोड गरेका छौं । कृषि र पशुपालनको पकेट क्षेत्र बनाएर उत्पादन र बजारलाई व्यवस्थित गर्ने प्रयत्न भएको छ । कतिपय कामहरु थालनी भएका छन् । तर, तिनको प्रतिफल आउन केही समय कुर्नैपर्छ । करको दायरा बढाउने र उपयोगमा आउन नसकेका वस्तु र स्रोतहरुको खोजी गरी त्यसमार्फत् आर्थिक स्रोत जुटाउने प्रयासमा हामी छौं । समग्रमा पाँच वर्षमा जनताको बीचमा गरेका प्रतिवद्धता पूरा गर्ने गरी काम गरिरहेका छौं । स्थानीय व्यवस्थापिकाले निर्माण गरेका ऐनहरुबारे संक्षिप्तमा बताईदिनुस् न ? माघमा सम्पन्न नगरसभाले १४ वटा ऐन, नियमावली र कार्यविधिहरु पास गरेको छ । स्थानीय सरकारको अभ्यास आफैंमा नयाँ हो । अभ्यासका क्रममा नै यसले नयाँ–नयाँ अनुभव र तथ्यहरुको खोजी गर्दै जान्छ । अभ्यासकै क्रममा नयाँ–नयाँ आवश्यकता जन्मछन्, समस्या आउँछन् । र, त्यसको व्यवस्थापनका लागि नयाँ कानूनहरुको जरुरी पर्दछ । हामी प्रारम्भिक चरणमा छौं । समस्याहरुको अनुभूति पनि प्रारम्भिक चरणमै छ । समस्याहरुको पूर्वानुमान गर्न सकिन्छ । तर, नयाँ कानूनहरुको तर्जुमा आवश्यकताकै आधारमा हुन्छ र हामी त्यही मान्यतामा छौं । नगर सभाले जुन कानून, नियमावली र कार्यविधि निर्माण गरेको छ, ती स्थानीय साधन स्रोतहरुको उपयोग, कर प्रणाली, न्याय सम्पादन लगायतका विषयमा केन्द्रित छन् । कतिपय कानून प्रदेश कानूनको आधारमा तर्जुमा गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण रोकिएका छन् । प्रदेशले आवश्यक कानून तर्जुमा गरेपछि त्यसलाई पनि आधार बनाएर हामी अघि बढ्छौं । जिल्ला सदरमूकाम भएपनि नगरपालिकाभित्र आम्दानीको स्रोत कमजोर नै छ । स्रोत व्यवस्थापनबारे के सोचिरहनु भएको छ ? चौतारा साँगाचोकगढी नगरपालिका जिल्लाको सदरमूकाममा अवस्थित नगरपालिका हो । नगरपालिकाभित्र आम्दानीको स्रोत सीमित हुनुले पूर्वाधार विकास र समृद्धिका लागि हामीमा चुनौति थपिएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा केन्द्रबाट प्राप्त अनुदान र जिल्लाको आन्तरिक स्रोत गरी करिब ६५ करोडको बजेट बनाएका थियौं । अहिलेको हाम्रो मूख्य स्रोत त्यही हो । आर्थिक वर्ष २०७५/०७६ देखि नगरपालिका क्षेत्रभित्र पर्ने ढुंगा, गिट्टी, बालुवा ठेक्कामा लगाउने छौं । ढुंगा, गिट्टी, बालुवाबाट प्राप्त राजश्व नगरको बजेटमा समावेश हुनेछ । कतिपय औद्योगिक र व्यापारिक क्षेत्रहरु करको दायरामा आउन सकेका छैनन् । कतिपय संस्थागत निकाय पनि करको दायरामा ल्याउन जरुरी देखिन्छ । आगामी आर्थिक वर्षदेखि क्षेत्र निर्धारण गरी करको दायरा बढाउने सोंचमा छौं । त्यसले नगरको आन्तरिक स्रोतमा सहयोग पुग्नेछ । साथै, दातृ निकायहरुसँग सघन सम्बन्ध स्थापित गरेर कतिपय योजना सम्पन्न गरिनेछ । कतिपय योजना नगरपालिकाको अभिभावकत्वमा नीजि क्षेत्रलाई सम्पन्न गर्न प्रोत्साहित गरिनेछ, जसले स्रोत साधनको सीमितताका बाबजूद पनि समृद्धिको आकांक्षा सम्बोधन गर्नेछ । नगरपालिकाभित्र खानेपानी समस्या समाधानका लागि कस्तो प्रयास हुँदैछ ? खानेपानीको समस्या हाम्रो नगरको प्रमूख समस्या नै हो । २०७२ सालको भूकम्पपछि समस्या थप जटिल बनेको छ । खानेपानीका प्राकृतिक मुहानहरु सुकेका छन्, कुनै मुहान बेंशीतिर झरेका छन् । पाँच वर्षभित्र नगरपालिकाका प्रत्येक घरधुरीसम्म खानेपानीको धारा पु¥याउने हाम्रो लक्ष्य छ । साँगाचोकमा २९ करोडको नयाँ खानेपानी योजना सम्पन्न हुँदैछ । चौतारा बजारका लागि होल्चे–थालखर्क खानेपानी योजना निर्माणको चरणमा छ, यसलाई छिटै सम्पन्न गर्न हाम्रो प्रयत्न छ । खानेपानी समस्या समाधानका लागि दातृ निकायसँग पनि सहकार्य भइरहेको छ । जाइका, यु.एस.एड. लगायतका संस्थाहरुले नगरपालिकाको सहकार्यमा काम गरिरहेका छन् । हामी यसलाई वडा तहसम्म बिस्तार गर्ने योजनामा छौं । नगरपालिकाका ऐतिहासिक, पर्यटकीय र अन्य गौरवका योजना र विशेषता के हुन सक्लान् ? आन्तरिक र बाह्य पर्यटनका दृष्टिले चौतारा साँगाचोकगढी नगरपालिका महत्वपूर्ण नगरपालिका हो । यहाँ धार्मिक, साँस्कृतिक र कृषि पर्यटनका थुप्रै सम्भावना छन् । इन्दावती नदी, विभिन्न गुफाहरु, ऐतिहासिक साँगाचोकगढी, जुगल लगायतका हिमश्रृङ्खलाहरु, पहाडि मनोरम दृश्यहरु, तामाङ लगायत विभिन्न जातजातिका भेषभूषा र संस्कृति, झरना लगायतका प्राकृतिक सम्पदाहरु हाम्रा गौरव हुन् । यिनीहरुको संरक्षण र व्यवस्थित प्रचारद्वारा यहाँको पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । अन्त्यमा, नगरको तीब्र विकासको आकांक्षा राख्ने जनतालाई के सन्देश दिन चाहनुहुन्छ ? हामी संघीयताको नयाँ प्रयोगमा छौं । स्थानीय तहमा सरकार, संसद र अदालतको जुन अभ्यास गरिरहेका छौं, त्यो नेपालकै सन्दर्भमा नयाँ छ, हाम्रा लागि पनि नयाँ प्रयोग नै हो । प्रयोग आफैमा जटिल र चुनौतिपूर्ण कार्य हो । हामी स्थानीय तहको पहिलो कार्यकालका जनप्रतिनिधि हौं । हाम्रा मूख्यतः तीन कार्यभार छन्, (१) पूर्वाधारको जग बसाल्नु, (२) साधन स्रोत व्यवस्थापनको नीति बनाउनु र (३) न्याय सम्पादनका लागि आवश्यक कानूनहरुको तर्जुमा गर्नु । पाँच वर्षमा यी ३ काम गर्न सके हाम्रो कार्यकाल सफल ठहरिनेछ । यसका लागि सचेत खबरदारी, सहयोग र साझेदारीका लागि नगरबासीमा हार्दिक अपिल गर्दछु ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies