मन्त्रीले नै प्रधानमन्त्रीलाई भ्रष्टाचारको आरोप लगाएपछि…
फाल्गुन २४ गते, २०७४ बिहिवार 8th March, 2018 Thu१४:३४:०३ मा प्रकाशित
काठमाडाैं ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आइन्दा मन्त्री तथा कर्मचारीहरुलाई घुस नखुवाउन उद्योगीहरुलाई चेतावनी दिएका छन् । उनले यसअघि प्रधानमन्त्रीहरु समेत शून्य सहनशीलताको नारा लगाउँदै दोब्बर भ्रष्टाचारमा लागेको आरोप लगाए ।
‘यसभन्दा अगाडि मन्त्री बनेपछि असुली गर्ने, कर्मचारी असुलीमा सहभागी हुने र तस्करहरूले हाम्रा कर्मचारीलाई घुस ख्वाउने गर्थे । उद्योगीहरुले पनि हाम्रा कर्मचारीलाई घुस ख्वाउँथे ।,’ मन्त्री यादवले भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटन कार्यक्रममा भने, ‘अहिलेसम्म हामीले आफ्ना लागि मात्र काम गर्यौँ, अब यस्तो चल्दैन ।’
उनले प्रधानमन्त्रीहरु पनि भ्रष्टाचारप्रति शून्य सहनशीलता भन्ने अनि आफैँ भ्रष्टाचारमा लाग्ने गरेको आरोप समेत लगाउँदै मन्त्री, प्रधानमन्त्री र कर्मचारीहरुलाई पेश्की रकम नदिन उद्योगीहरुलाई आग्रह गरे । ‘प्रधानमन्त्रीहरु पनि भ्रष्टाचारप्रति शून्य सहनशीलता भन्ने तर दोब्बर भ्रष्टाचार गरिदिने,’ उनले भने, ‘अब तपाईंहरुले पनि पेश्की दिन बन्द गरिदिनुहोला । गलत काम गर्न नलाग्नु होला । जसले घुस ख्वाउँछ, त्यसको काम हुँदैन । जसले घुस खान्छ, त्यसको त हालत के हुन्छ हुन्छ ।’
‘अब हाम्रो कमान्डर प्रधानमन्त्री हुनुहुन्छ, उहाँले भ्रष्टाचारप्रति शून्य सहनशीलता भन्नुभएको छ । तपाईंहरु तयार हुने कि नहुने ?’ मन्त्री यादवले उद्योगीहरुलाई सोधे । ‘हाम्रो कमान्डरले गडबड गर्नेको केही कुरा सुन्नुहुन्न । तपाईंको मन्त्रीले यसो गर्यो भनेर कमान्डरलाइ सुनाएर पनि हुँदैन । अब सिपाहीले अन द स्पट कारवाही गरेपछि मात्र प्रधानमन्त्रीलाई थाहा हुन्छ ।’
हामी गडबड गर्नेलाई एकचोटि मिनाहा गरिदिन्छौँ, हिजो केके गर्नुभयो मिनाहा भयो । तर धेरै गलत काम गर्नुभएको छ, देशै डुबाउने काम गर्नुभएको छ भनेचाहिँ मिनाहा हुँदैन ।’
उनले अब अर्थतन्त्रको आकार छाताजस्तो नभइ पिरामिडजस्तो बनाउनुपर्ने तर्क पनि गरे ।
‘दुईचार जना अर्बपति, खर्बपछि भएर देश धनी हुँदैन । कति देशमा यस्ता अर्बपतिले हाम्रो देशको बजेट जतिको घर नै बनाएका छन् । तर त्यही देशमा भिखमङ्गाको ताँती हुन्छ । त्यो देश के धनी ? हामी यस्ता धेरै देशभन्दा राम्रो छौं । अब छाताजस्तो होइन, पिरामिड जस्तो अर्थतन्त्रको विकास गर्नुपर्छ ।’
उनले उद्योगी र कर्मचारीका एउटै विभागबाट चारवटा संगठन खादा लगाइदिन आउनाले मन्त्रीहरुलाई काममा बाधा परेको गुनासो पनि गरे । ‘हामीलाई भन्नुहुन्छ तपाईंहरु, अब म तपाईंहरुलार्इ भन्छु यस्तो नगरिदिनुहोला,’ उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: