Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

माअोवादीलार्इ झट्का लाग्ने सर्त राजपाले प्रधानमन्त्री ओलीलार्इ तेर्स्यायो, अब के होला ?

\"\"काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले केपी ओली नेतृत्वको सरकारमा जान तीन शर्त राखेको छ । राजपाका महासचिव मनिष सुमनले सरकारमा जान तीनवटा ठोस प्रस्ताव राखेको जानकारी दिएका छन् ।

अाजको अन्नपूर्णमा खबर छ-‘प्रधानमन्त्रीको सार्वजनिक प्रतिवद्धता व्यक्त गरिदिए पुग्छ, पहिला जस्तो ४५ औँ पटक वार्ता र ३० औँ बुँदे सम्झौता गरी रहन पर्दैन,’ उनले भने । सुमनले प्रधानमन्त्रीको सार्वजनिक प्रतिबद्धता आएमा तत्काल केन्द्रीय कमिटी बैठक बसेर निर्णय गर्ने बताए । प्रदेश सभा सदस्य रहेका सुमनले यथार्थमा राजपालाई सरकारमा समावेश हुने जानदेश नभएको प्रष्ट्याएका छन् । उनले भने, ‘हामीलाई सरकारमा समावेश हुने जनादेश छैन, तर देश बनाउने सहकार्य गरौँ भनेर प्रधानमन्त्रीबाट प्रस्ताव आएकोले हामी तयार भएका हौं ।’ के हुन् शर्त ? राजपाले मुद्दा फिर्ता गर्नुपर्ने, मधेस आन्दोलनमा सहादत प्राप्त गरेका रघु साफी लगायतलाई सहिद घोषणा गर्नु पर्ने र संविधान संशोधन गर्नुपर्ने ठोस प्रस्ताव राखेको छ । महासचिव सुमनका अनुसार राजपाले ठोस प्रस्तावमा सरकारको दृष्टिकोण सार्वजनिक रुपमा आउनुपर्ने माग गरिएको छ । उनले तीन प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिबद्धता आएमा सरकारमा जाने बताए । राजपा महासचिव सुमनले सरकारमा जान राजपाले सम्झौता वा वार्ता गर्न नचाहेको बताए । ओलीले ठाकुरलाई बोलाए सुमनले प्रधानमन्त्रीद्वारा राजपा संयोजक महन्थ ठाकुरलाई बोलाएर सरकारमा आउन आग्रह गरेको बताए । ‘सरकारमा आउन प्रधानमन्त्री ओलीले हाम्रा संयोजकलाई बोलाएर आग्रह गर्नुभयो’, उनले भने । आइतबार सरकार जाने विषयमा राजपा संयोजक ठाकुर र प्रधानमन्त्री ओली सकारात्मक छलफल भएको थियो । छलफलमा ठाकुरले संविधान संशोधनमा राजी भएमा सरकारमा जान सकिने बताएका थिए। प्रधानमन्त्री ओली पनि संविधान संशोधनमा सकारात्मक देखिएका छन् । त्यसपछि राजपा नेता र प्रधानमन्त्रीबीच सरकारमा जाने सन्दर्भमा पटक पटक औपचारिक र अनौपचारिक कुराकानी भइरहेको छ । संविधान संशोधनमा प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल सकारात्मक भएपछि नै संघीय समाजवादी फोरम सरकारमा जाने भएको हो । फोरम सरकारमा जाने भएपछि राजपा सरकारमा जान आतुर रहेको तर ‘सेफ ल्याण्डिङ’को लागि प्रस्ताव राखेको एकथरीको भनाई रहेको छ । फोरमले गर्दा तनाव संघीय समाजवादी फोरम सरकार जाने भएपछि राजपामा समेत सरकारमा जाने विषयमा छटपटी भएको छ । फोरमलाई मात्रै वाम गठबन्धनले आमन्त्रण गरेपछि राजपामा तनाव बढेको हो । राजपा सरकारमा जाने संभावना बढेपछि फोरमले समेत हतार हतार सरकारमा जाने औपचारिक निर्णय गरेको छ । प्रतिनिधि सभामा राजपाको १७ सिट रहेको छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ११ र समानुपातितर्फ ६ सिट जितेको छ । प्रदेश २ मा राजपाले २५ सिट जितेको छ । प्रदेश २ मा फोरम र राजपा गठबन्धनको सरकार छ । फोरम–राजपा सरकारलाई वामगठबन्धनको समर्थन छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies