Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

यस्ता छन् शाहाकारीबारे ७ भ्रम

\"\"शाकाहारी भोजन सबैभन्दा स्वस्थकर भोजन मानिन्छ । किनकि, शाकाहारी खानामा निकै कम मात्र नकारात्मक तत्व हुन्छन् । फलफूल भन्नुस् या सागसब्जी, रोटी, दाल भन्नुस् या दूध–दही, यी सबै खाद्यपदार्थ अति स्वस्थकर मानिन्छ । तर, यससम्बन्धी भ्रम पनि त्यत्तिकै छन् । धेरैले भन्छन् कि शाकाहारी भोजनमा प्रोटिन र भिटामिनको कमी हुन्छ । जसले मानिसलाई थुप्रै समस्या सिर्जना गर्छ । एजेन्सीको सहयोगमा तयार पारिएको यसबारे भ्रम र यथार्थ । १. शाकाहारी खाद्यपदार्थमा  प्रोटिनको कमी हुन्छ तपाईंलाई लाग्न सक्छ, खानामा अन्डा समावेश नगर्दा शरीरमा प्रोटिनको कमी हुन थाल्छ । सागसब्जीबाट प्राप्त हुने प्रोटिनले शारीरिक आवश्यकतालाई राम्रैसँग धान्छ । टोफु, बिन्स, दाल, फलफूल र रोटीबाट तपाईंले भरपुर मात्रामा प्रोटिन प्राप्त गर्न सक्नुहुन्छ । खाँदा पनि निकै स्वादिला हुन्छन् यस्ता खाद्यपदार्थ । २. शाकाहारी खानामा आइरनको कमी हुन्छ हरेक मानिसको शरीर फरक–फरक प्रकृतिको हुन्छ । यदि तपाईंमा कुनै समस्या आएमा मात्र फुड ह्याबिटलाई जिम्मेवार ठहर्‍याउनु सही हुँदैन । पालक, बिन्स र टोफुजस्ता शाकाहारी खानामा अत्यधिक आइरन हुन्छ । तर, मासु खाने मानिसको शरीरमा आइरनको कमी हुने सम्भावना हुन्छ । ३. शाहाकारी खानाले शारीरिक व्यायाममा समस्या सिर्जना गर्छ कुनै शाकाहारी मानिसले वा शाकाहारी बन्न चाहनेले यस्तो सोच्नु निकै गलत हुन्छ । शाकाहारी डाइटबाट पनि कुशलतापूर्वक शारीरिक व्यायाम गर्न सकिन्छ । तर, पौष्टिक तत्वयुक्त शाकाहारी भोजनबारे जानकारी हुनचाहिँ जरुरी हुन्छ । ४. इनर्जी कम हुन्छ कुनै पनि मानिसको शरीरमा इनर्जी कम हुनुको कारण आइरन र भिटामिन बी–१२ को कमीले हो । यी दुई पौष्टिक तत्व पूरा गर्न सबैभन्दा उत्तम भनेकै भेजिटेरियन सोर्स हो । पालक, दाल, फलफूल, बिन्स, काजुजस्ता खाद्यपदार्थबाट यस्ता पौष्टिक तत्व प्राप्त गर्न सकिन्छ । ५. शाकाहारी भोजन खाएपछि भोक छिटो लाग्ने समस्या हुन्छ रिसर्चले भनेको छ कि शाकाहारी खानामा फाइबरको मात्रा अत्यधिक हुन्छ । जसले मानिसको पेट भरिराख्न सहयोग पुर्‍याउँछ । यसका साथै शाकाहारी भोजनले रगतमा सुगरको लेभल स्टेबल बनाई भोकको इच्छा कम गर्ने काम गर्छ ।  त्यसैले तथ्यलाई विचार नगरी यस्ता कुरामा विश्वास गर्नु हुँदैन । ६. बोसोको कमी हुन्छ धेरै मानिसले मान्ने कुरा के पनि हो भने शाकाहारी खानाबाट बोसोको मात्रा पाइँदैन, जसले गर्दामा मानिसमा बोसोको कमी हुन थाल्छ । यसमा पनि कुनै सत्यता छैन । तर, फ्रेन्च फ्राई, तेलमा भुटेका पकौडा, भेजिटेरियन फुडमा बोसोको मात्रा हुन्छ भनेरचाहिँ सबैले भन्दै आएको कुरा पनि हो । यो तथ्य कसैबाट छिपेको पनि छैन । ७. सबै शाकाहारी मानिसले सधैँ एकै प्रकारका खाद्यपदार्थ खाने गर्छन् तपाईं शाकाहारी हुनुहुन्छ भने तपाईंसँग प्रशस्त छनोटको छुट छ । तर, यसका लागि शाकाहारी खानेकुरासम्बन्धी ज्ञान हुनचाहिँ जरुरी छ । संसारमा भेजिटेरियन खानामा जस्तो भेराइटी ननभेजिटेरियनमा सायदै छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies