Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

कुन फलफुल खाँदा के फाइदा हुन्छ ?

\"\"फलफूल स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ । फलफूलले मानिसलाई पर्याप्त मात्रामा पोषण प्रदान गर्नुका साथै निरोगी बन्न पनि सहयोग गर्छ । जान्नुस्, फलफूलका विविध फाइदा । सुन्तला सुन्तलामा भिटामिन सी, पोटासियम र म्याग्नेसियम हुन्छ । सुन्तलाको प्रयोगले डिहाइड्रेसन तथा छालाको समस्याबाट बच्न सकिन्छ । डायबिटिज र एसिडिटीका बिरामी भने यसको प्रयोग नगर्दा राम्रो । आँप आँपमा फाइबर, पोटासियम, आइरन, बिटा, केरोटिन, भिटामिन ए र सी पाइन्छ । तर, मधुमेहका बिरामीले भने आँप खान हुँदैन । अंगुर अंगुरबाट भिटामिन सी, आइरन, ग्लुकोज, साइट्रिक एसिड र म्याग्नेसियम पर्याप्त पाइन्छ । यसमा रहेको मिनरल्सले डिहाइडे«सनबाट बचाउँछ । क्यान्सर, डायबिटिज, टिभी र रगतको इन्फेक्सनबाट बच्न अंगुर निकै उपयोगी हुन्छ । भुइँकटहर भिटामिन ए, सी र फाइबर, पोटासियम, फस्फोरस तथा क्याल्सियमको आवश्यकता भए भुइँकटहरको प्रयोग गर्दा हुन्छ । यसले शरीरमा पानीको कमी हुन दिँदैन । यसले क्यान्सर, हृदयाघातलगायतका समस्याबाट यसले बचाउँछ । स्याउ स्याउले छालामा चमक ल्याउने काम गर्छ । यसमा कपर र भिटामिन सी हुन्छ, जसले छालालाई नरम बनाउँछ । छालाका लागि आवश्यक पर्ने पोटासियमको मात्रा पनि स्याउबाट पाइन्छ । मेवा मेवामा थुप्रै न्युट्रिसियन पाइन्छ । यसले मुटुको सुरक्षा गर्नेदेखि तौल घटाउनेसम्मको काम गर्छ । मेवाले छालालाई समेत फ्रेस बनाउन मद्दत गर्छ । धेरैले मेवाभित्रको कालो बियाँलाई फ्याँक्ने गर्छन् । तर, यसको प्रयोगले टक्सिन्स हटाउँदै छालाका मरेका सेल्स हटाउने काम गर्छ । अनार अनारमा भएको ओमेगा थ्री एसिडले छालाको सेल्स परिवर्तन गराइरहने भूमिका निर्वाह गर्छ । यसमा पुनिकिक, इलाजिक एसिड र एन्टिअक्सिडेन्ट्स हुन्छन् । अनारले रेड ब्लड सेल्स अर्थात् आरबिसी बढाई स्वस्थ रक्तसञ्चारमा समेत भूमिका खेल्छ । त्यस्तै, यसमा भिटामिन ए, सी, ई र पर्याप्त मात्रामा मिनरल्स हुन्छ, जसले छालालाई समेत फ्रेस बनाउने काम गर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies