/  Wed, December 12, 2018

मुख्यमन्त्री त्रिलोचन भट्टले भोलि विश्वासको मत लिने

धनगढी । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले भोलि (सोमबार) विश्वासको मत लिने भएका छन् ।मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीले भोलि विश्वासको मत लिन लागेका हुन ।

तर, प्रदेश संसदमा एमाले र माओवादी केन्द्रको सुविधाजनक बहुमत भएकाले निर्धारित समयभन्दा अगाडि सरकारले विश्वासको मत लिन लागेको हो । ५३ सदस्यीय प्रदेश संसदमा एमाले र माओवादीका ३९ सदस्य रहेका छन् ।

आइतबार बस्ने प्रदेशसभा बैठकको कार्यसूची तय गर्न शनिबार सभामुख अर्जुनबहादुर थापाको अध्यक्षतामा बसेको बैंठकले मुख्यमन्त्रीले बिश्वासको मत लिने मिति तोकेको जनाइएको छ ।

प्रदेश संसद सचिवालयका कार्यबाहक सचिव हरि बखतीले आइतबार दिउँसो २ बजे बस्ने संसद बैठक अघि बैठकको कार्यसूची तय गरिने जानकारी दिए ।

आजको संसद बैठकमा राष्ट्रपति कार्यालयको राष्ट्रपतिको चुनाव बारे प्राप्त पत्र पढेर सुनाइने छ । त्यस्तै, कार्य ब्यबस्था परामर्श र प्रदेशसभा नियमावली मस्यौदा समितिका सदस्यको नाम अनुमोदनका लागि संसद बैठकमा वाचन गरेर सुनाइने छ ।

समितिमा रहने सदस्यको नाम पनि संसद शुरु हुनु अघिको बैठकले टुंगो लगाउने बताइएको छ । आइतबारको बैठकमा चार दलका आठजना सांसदले विशेष समय लिएर समसामयिक विषयमा बोल्ने कार्यसूची रहेको बताइएको छ ।

शनिबारको बैठकमा मुख्यमन्त्री भट्ट, आन्तरिक मामिला तथा संसदीय व्यवस्थामन्त्री तथा एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह, सामाजिक विकास मन्त्री दिर्घबहादुर सोडारी, उपसभामुख निर्मला बडाल जोशी, सांसद तारा लामा तामाङ , नेपाली कांग्रेसका सांसदहरू भरतबहादुर खड्का र डाक्टर रणबहादुर रावल, नेकपा माओवादी केन्द्रका सांसद अक्कलबहादुर रावल, राष्ट्रिय जनता पार्टीका सांसद मालामती रानाको उपस्थिति रहेको थियो ।

फागुन २० गते, २०७४ - १६:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

९ तस्विरमा हेर्नुहोस् भारतकै सर्वाधिक महंगो फिल्म  कसरी शुटिङ गरिएको थियो ?

९ तस्विरमा हेर्नुहोस् भारतकै सर्वाधिक महंगो फिल्म कसरी शुटिङ गरिएको थियो ?

एजेन्सी। अक्षय कुमार र रजनीकान्त अभिनित फिल्म ‘२.०’ म बलिउडमा एकपछि अर्को नयाँ रेकर्ड बनाइरहेको छ।...   
झापामा अस्मिता र सुमितबीच लफडा, कारण यस्तो छ ! (भिडियोसहित)

झापामा अस्मिता र सुमितबीच लफडा, कारण यस्तो छ ! (भिडियोसहित)

काठमाडौं । नेपाल आइडल सिजन–२ को टप ४ मा पुगेका अस्मिता अधिकारी र सुमित पाठकबीच लफडा सुरु भएको छ । हिजो...   

नयाँ बीमा योजना शुभारम्भ

काठमाडौ। सानीमा लाइफ इन्सुरेन्स लिमिटेडले नयाँ बीमा योजना शुभारम्भ गरेको छ । आफ्नो पहिलो वार्षिकोत्सवको...   
मिस वर्ल्डको उपाधि मेक्सिकोले जित्यो, श्रृंखलाले मन जितिन्

मिस वर्ल्डको उपाधि मेक्सिकोले जित्यो, श्रृंखलाले मन जितिन्

काठमाडौं । चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोले जितेको छ । अन्तिम ५ मा छानिएका थाइल्याण्ड,...   

नेकपाको सचिवालयको बैठक बस्दै : प्रदेश र जिल्ला समिति टुंगो लाग्ने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विहिबार अपरान्ह ४ बजेका लागी सचिवालयको बैठक...   
विस्तृत शान्ति सम्झौताको १२ वर्ष : द्वन्द्व पीडितका घाउ अालै

विस्तृत शान्ति सम्झौताको १२ वर्ष : द्वन्द्व पीडितका घाउ अालै

काठमाडौं ।  विस्तृत शान्ति सम्झौता भएको बाह्रवर्ष पुगिसक्दा पनि दशवर्षे सशस्त्र द्वन्द्व पीडितले...   

अमिताभले तिरिदिए १ हजार बढी किसानको बैंक ऋण

मुम्बई  । बलिउडका महानायक अमिताभ बच्चनले भारतको उत्तर प्रदेश राज्यका एक हजार तीन सय ९८ किसानलाई बैंकबाट...   

वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन बन्दै

    काठमाडौं । नेपालको जेठो र पुरानो वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन अगामी दुईवर्षभित्र...   
४ सय ५५ प्रहरी निरीक्षकको सरुवा [सूचीसहित]

४ सय ५५ प्रहरी निरीक्षकको सरुवा [सूचीसहित]

काठमाडौं । देशैभरका प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी निरीक्षकको...   
धनीको मस्ती : भिडियोमा हेर्नुहोस् ४ लाख पर्ने विवाहाको निम्तो कार्ड

धनीको मस्ती : भिडियोमा हेर्नुहोस् ४ लाख पर्ने विवाहाको निम्तो कार्ड

काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीले छोरीको विवाहाको एउटा निम्तो कार्डमा मात्रै ४ लाख खर्च गरेर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top