Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

नियमित सेक्स गर्नुहोस–यी रोगहरुबाट बच्नुहोस्

\"\"यौन ऊर्जा प्राकृतिक रूपमा शक्तिशाली हुन्छ । जसरी सूर्य, पानी, हावा वा हाम्रो आफ्नै हाँसोसँग अथाह शक्ति हुन्छ त्यसरी नै स्वस्थ यौन जीवनले जीवन सकारात्मक वा नकारात्मक कस्तो हुने हो, तय गर्छ । दम्पतीबीचको रोचक सम्बन्ध ओछ्यानमा भेटिने एउटा सुप्राप्य र सुगम सुख हो । हामी सबैले त्यसलाई सुन्दर बनाउनेतिर लाग्नुपर्छ । मनोविज्ञानले भन्छ, सचेत सकारात्मक अभिव्यक्तिले मनोबल, शारीरिक स्वास्थ्य एवं भावनात्मक सम्बन्धलाई बढावा दिन्छ । दम्पतीले आपसमा कुराकानी गर्ने, भावना साटासाट गर्ने, एक–अर्कालाई बुझ्न प्रयास गर्ने, केही काल्पनिक पनि हुँदै जाने र अन्तिम अवस्थामा चरम रमाइलोमा डुब्ने हो भने यौनको सन्तुष्टि र त्यसले शरीरलाई दिने लाभको कुनै सीमा छैन । सन् १९९७ मा प्रकाशित ब्रिटिश जर्नलका अनुसार उत्साही, सकारात्मक र मनोरञ्जक यौनसम्बन्धले मृत्यदर आधाले घट्नुका साथै मानिसहरूको सुँघ्न सक्ने क्षमतासमेत वृद्धि हुन्छ । ह्दयाघात आधाले घट्छ, तौल घट्छ, डिप्रेसन घट्छ, पीडाबाट मुक्त हुन सकिन्छ, चिसो तथा रुघाले सताउन पाउँदैन, प्रोस्टेट बढ्न दिँदैन, दाँत चम्किलो हुन्छ र पिसाबको प्रवाह सहज हुन्छ भन्ने पनि अध्ययनहरूले देखाएका छन । यौन स्वास्थ्यविद् युभोनी के पी एच डीका अनुसार यौनमा सक्रिय व्यक्तिहरूले बिरामी बिदा कम लिन्छन् । पेनसेल्भेनियाको विल्किस युनिभर्सिटीका अनुसन्धानकर्ताहरूका अनुसार हप्तामा एकदेखि दुई पटकसम्म यौन सम्पर्क गर्दा रोग प्रतिरोधात्मक क्षमता वृद्धि भै रोग सँग लड्ने क्षमता सक्रिय हुन्छ । बाह्य सम्बन्ध कायम गरेर दाम्पत्य जीवनभित्र सन्तुष्टिको खोजी गर्नु जुवा खेल्नु समान हो । यसमा कुन उत्तम विकल्प हो भनेर सोच्नुपर्छ र त्यसभित्र सम्भावना र सन्तुष्टिको खोजी गरिनुपर्छ । धेरैले दाम्पत्य जीवनभित्रको यौन सम्बन्धलाई राम्रो मानेर यस्तो सम्बन्धलाई रोचक र रमाइलो बनाउने गरेका छन । ओछ्यानको तनाव अर्थात् ट्रबल इन द बेड आधुनिक विश्वका कामकाजी मानिसहरूको प्रमुख समस्या बन्दै गएको छ । झगडा बढ्दै गएपछि सम्बन्ध बिग्रने र अर्को स्थायी वा अस्थायी सम्बन्ध विकास गर्नेतिर लाग्नेहरू पनि उत्तिकै हुन्छन्, तर त्यसले अझ नैराश्यता ल्याएर पुरानै अवस्थामा फर्कनेहरूसमेत छन् । त्यसैले यौन सम्बन्धलाई स्वस्थ बनाउन आफैंभित्रका कमजोरी पहिचान गर्ने र आफैंभित्रका सम्भावनाहरूको खोजी गर्नेतिर लाग्नु श्रेयष्कर हुन्छ । यौन स्वस्थताका लागि यौनकै विषयमा कुराकानी तथा यौन मनोविज्ञानका सीपका बारेमा कुरा गर्नु पनि उत्तिकै आवश्यक छ । यौन सबैको अनिवार्य आवश्यकता हो र यो आवश्यकतालाई किन स्वस्थ राख्नुपर्छ भन्ने विषयमा पनि खुलेर चर्चा गर्नुपर्छ । हरेक जोडीमा यौनसम्बन्ध राख्दा अपनाइने विधिहरू फरक–फरक हुन सक्छन् । हरेक व्यक्तिको यौन इच्छा फरक–फरक हुन्छ । स्वस्थ यौन सम्बन्ध भन्नाले दुवै जोडीले यौन क्रियाकलापका क्रममा आनन्द महसुस गरेको हुनुपर्छ । कुनै एक जनाले आफूलाई यौन क्रियाकलापका लागि दबाब दिएको महसुस गर्नु हुँदैन । दुई जनामा एक जनाले आफूलाई इच्छा नहुँदा इच्छा नभएको कुरा व्यक्त गर्ने अधिकार दिने मात्र होइन, त्यस्तो भावनाको सम्मानसमेत गरिनुपर्छ । यौनसम्पर्कपछि एक–अर्काप्रति सम्मान व्यक्त गर्नुपर्छ र सम्मान गिरेको महसुस हुनु हुँदैन । यौन इच्छा तथा यौन क्रयाकलापका बारेमा खुलेर एक–अर्कासँग कुराकानी गर्नुपर्छ । त्यसबाहेक हरेक यौनसम्पर्क हुनुअघि एक–अर्काको शरीर एवं भावनालाई महसुस गर्नुपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies