/  Tue, September 25, 2018

मानव तस्करी के हो ? को हुन् तस्कर ?

नेपालको सन्दर्भमा बैदेशिक रोज़गार सम्बन्धि ऐन २०४२, संसोधित ऐन २०६४ लगायत बिभिन्न रास्ट्रिय तथा अन्तराष्ट्रिय कानुन बिपरित पैसा लिएर वा नलिएर होस बिभिन्न बाहानामा (बैदेशिक रोज़गार, यौन ब्यापार, जबरजस्ति काममा लगिने आदि) एक ठाउँबाट अर्को ठाउँमा देशीय वा अन्तरदेशीय) मा गरिने मानब ओसार पसार सम्बन्धि कार्य भन्ने बुझिन्छ । यस्ता काममा पैसाको लेनदेन हुने भएकोले यसलाई मानव बेचबिखन पनि भनिन्छ ।

सरकारले श्रम तथा बैदेशिक रोज़गार बिभागको अनुमति बिना यस किसिमको कार्य गर्न बन्देज गरेको छ । बिभागले नियमानुसार आएको निबेदनलाई होलोग्राम भएको स्टिकर प्रदान गरी स्वीकृति दिने गरेको छ । सो स्टिकर बिना सेटिंग मार्फत नेपालको एयरपोर्ट र भारत लगायत अन्य मुलुक भएर बिदेश आउनु ग़ैर कानुनी हो । यो नै मानव तस्करी हो ।

यो विश्वब्यापी समस्या रहेको छ । अहिले यूरोप र अमेरिकाको टाउको दुखाईको बिषय पनि यही छ । खाडीमा भने दलालहरुले सेटिंगमार्फत भिजिट भिसामा हाउस मेड र अन्य कामदार पठाउने गरेका छन् । उनीहरु स्वयं दलाल र मालिकद्वारा प्रताड़ित हुने गरेका छन् । सरकारसँग कुनै रेकर्ड नहुने हुनाले उनीहरुको उद्दारमा कठिनाई हुनेगरेको छ ।

के सबै वैदेशिक रोज़गार ब्यवसायी तस्कर हुन् ?
हैनन् । वैदेशिक रोज़गार ऐन अन्तर्गत नेपाल सरकारको कानुन शिरोधार्य गरी गरिने ब्यापार तस्करी होइन । उनीहरुले कानुनत कम्पनी दर्ता गरेका हुन्छन् । उनीहरु ब्यवसायी हुन् । कुल जीडिपीको ३१ प्रतिशत जीडीपी रेमिटेन्स रहेको हाम्रो देशमा उनीहरुको भुमिका पनि अहम छ । तर नेपाल सरकारलाई छलेर नियम बिपरित यो ब्यवसाय गर्ने ब्यक्ति चाँही मानव तस्कर नै हुन् ।

लेखक

यस्तो कार्यमा संलग्न ब्यक्तिलाई मानव तस्कर भनिन्छ । उ समाजको धमिरा हो, अपराधी हो । मान्छे बेचेर भात खान पल्केको मानव रुपी दानब हो । पशु हो । उनीहरुमा दया, माया हुदैन । मानवता मरेको हुन्छ । जिबित मुर्दा उही हो । यस्ता पशुहरु बिभिन्न संस्थाको खोल ओढेर समाजसेवीको रुप धारण गरेका पनि हुनसक्दछन् । र युएईलगायत खाडी, मलेसिया र प्राय सबै देशमा लुकेर बसेका हुन्छन ।

तस्करलाई कस्तो कानुन आवश्यक छ ?
मानव बेचबिखन कार्यमा संलग्न ब्यक्तिलाई ३ वा ५ बर्ष जेल सजाय काफी छैन । उसलाई आजिबन कारावास र ठुलो मात्रामा क्षतिपुर्ती भराई पीडितलाई न्याय दिलाउनु पर्दछ । तस्करीमा संलग्न सरकारी कर्मचारीको पहिचान गरी मानव बेचबिखनमा संलग्न रहेको आधारमा उसलाई पनि मुख्य तस्कर बराबरको सजाय र फेरी कुनै पनि सरकारी काममा अयोग्य हुनेगरी देशद्रोही घोषणा गरिनु पर्दछ । राज्यबाट उपलब्ध सबै सुबिधा र राहदानीबाट पनि वञ्चित गरिनु पर्दछ । जेलबाट छुटेपछि पनि यूरोप अमेरिकामा जस्तै खुट्टामा चिप्स राखी निगरानी गरिनु पर्दछ अनि मात्र यी र यस्ता समस्याको हल गर्न सकिन्छ । यसका लागि देश तथा विदेशमा रहेका विभिन्न सामाजिक तथा राजनीतिक संघ संगठनका प्रतिनिधिहरु कुटनैतिक नियोगका कर्मचारीदेखि आम श्रमिकले समेत यस्ता कार्य रोक्नको लागि विशेष भुमिका खेल्नुपर्ने हुन्छ ।(लेखकः नेपाल पत्रकार महासंघ युएई, शाखाका सचिव हुन ।)

फागुन १४ गते, २०७४ - १८:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अलैँची खेतीले कृषकलाई दिलाएको खुशी !

भोजपुर। भोजपुरका अलैँची कृषक राम्रो आम्दानीसँगै अलैँची खेतीमा रम्न थालेका छन् । भोजपुर नगरपालिका–४...   

सांसदहरूकाे प्रश्न- कालोसूचीमा राख्नुपर्ने पप्पु कन्स्ट्रक्सनलाई किन पुरस्कृत गरियो ?

काठमाडाैं। धेरै पुल र सडक निर्माणको जिम्मेवारी लिएर समयमा काम गर्न नसकेको पप्पु कन्स्ट्रक्सनलाई कारवाही...   

तोडियो भनेको एकाधिकारले फेरि मन्टो उठायो

काठमाडौँ। प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा सांसदहरुले तोडियो भनेको एकाधिकारले...   

पश्चिम सेती र बूढीगण्डकी निर्माण गर्न ध्यानाकर्षण

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कोशी, गण्डकी, नारायणी र कर्णालीमा जलमार्ग...   

‘पान अफ्रिकन सम्मेलन’मा भाग लिएर नेता नेपाल स्वदेश फिर्ता

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता माधवकुमार नेपाल स्वदेश फर्केका छन् । घानामा...   

प्रदेश सातको राजधानी गोदावरी, नाम के रह्यो ?

धनगढी। प्रदेश नम्बर ७ को स्थायी राजधानी र नामाङ्कनका लागि गठित विशेष सुझाव समितिको प्रतिवेदन प्रदेश...   
अर्थ समितिमा सांसदकाे प्रश्न- ठेक्काजति पप्पुलाई नै किन ?

अर्थ समितिमा सांसदकाे प्रश्न- ठेक्काजति पप्पुलाई नै किन ?

काठमाडौँ ।  सभापति चुनिएपछि पहिलोपटक व्यवस्थापिका–संसद अन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकमा...   
निर्मला पन्त हत्या प्रकरणः प्रतिवेदनले भन्यो- प्रहरीको अनुसन्धान त्रुटीपूर्ण छ

निर्मला पन्त हत्या प्रकरणः प्रतिवेदनले भन्यो- प्रहरीको अनुसन्धान त्रुटीपूर्ण छ

काठमाडौं। निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित समितिको प्रतिवेदनले प्रहरी अनुसन्धानमा गल्ती...   

कर्णाली प्रदेश समन्वय परिषदको पहिलो वैठकको तयारी तिव्र

सुर्खेत। कर्णाली प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश समन्वय परिषदको वैठकको तयारी तिव्र वनाईएको...   

३ किलो सुनसहित टोखाबाट लामा र घले पक्राउ

काठमाडौं। काठमाडौंको टोखाबाट ३ किलो सुनसहित २ जनालाई पक्राउ गरिएको छ। महानगरीय प्रहरी परिसर, टेकुका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top