Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

'फ्ल्यासब्याक'मा दुइ मन्त्रीः जनयुद्धका प्रमुख योजनाकारदेखि एलडिओलाई शौचालयमा थुन्नेसम्म

\"\"काठमाडौं । केपी शर्मा ओली नेतृत्व सरकारमा आज चार जनाले सपथ लिएका छन् । प्रधानमन्त्री ओलीकै पार्टी नेकपा एमालेबाट इश्वर पोखरेल रक्षामन्त्री र डा. युवराज खतिवडाले अर्थमन्त्रीमा सपथ लिएका हुन् । ओली नेतृत्वको सरकारमा गृहमन्त्री बनेका नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल १० बर्षे जनयुद्धको नेतृत्व गर्ने माओवादीका अध्यक्ष प्रचण्डका सहकर्मी हुन् । चितवन निवासी थापाले लामो समय रोल्पा बसेर सशस्त्र युद्ध चलाएका थिए । जनयुद्धमा फौजी योजना बनाइ प्रहरी चौकी, सैनिक ब्यारेक तथा जिल्ला सदरमुकाम आक्रमण प्रमुख योजनाकार थापा नै हुन् । उनी २०६४ सालको पहिलो संविधान सभामा चितवन–२ बाट निर्वाचित भएर रक्षामन्त्री समेत भइसकेका छन् । उनी प्रदेश–३ बाट राष्ट्रियसभामा निर्वाचित भएका हुन् । तत्कालीन प्रधान सेनापति रुक्माङ्गत कटवाल प्रकरणमा तत्कालीन रक्षा मन्त्री थापा थिए । त्यस्तै माओवादीका अर्का नेता मातृका यादव उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन् । उनी माओवादीका चर्चित नेता हुन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग क्याबिनेट बैठकमै बाझेर उनी चर्चित भएका थिए । त्यसोत वन तथा भू–संरक्षण मन्त्री भएका यादवले ललितपुर जिल्ला विकास समितिका तत्काली स्थानीय विकास अधिकारी (एलडिओ) डन्डुराज घिमिरेलाई शौचालयमा थुनेर झन बढी चर्चामा आएका थिए । अवैध रुपमा ढुंगाखानी सञ्चालन हुँदा पनि त्यसलाई रोक्न चासो नदेखाई अनियमितता गरेको भन्दै एलडिओलाई शौचालयमा थुनेका थिए । त्यस्तै २०६५ सालमा सिन्धुपाल्चोकमा रक्तचन्दन रातारात उत्तिसको काठ भएको थियो । त्यतिबेला यादवले तत्कालिन सिन्धुपाल्चोकमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) जीवनप्रसाद ओली र तत्कालिन डिएसपी सहकुल थापालार्इ झरापेका थिए । चीन लैजान लागेको अबैध रक्तचन्दनको काठलाई गायब गरि उत्तिसको काठ बनाएको भन्दै मन्त्री यादवले झपारेका हुन् । उक्त चन्दन बाह्रबिसेको आर्मी अफिसमा राखिएको थियो । तत्कालिन रेन्ज पोष्ट बाह्रविसेमा कार्यरत फरेस्टर सुब्बा केसीको जागिरसमेत गएको थियो ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies