Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

२९ फागुनमा राष्ट्रपति निर्वाचन, कसैले बहुमत नल्याए पुनः मतदान

\"\"काठमाडाै । नयाँ राष्ट्रपति चयन गर्न २९ फागुनमा निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४ को उपदफा (२) को व्यवस्थाबमोजिम राष्ट्रपति निर्वाचनको मिति तोकेको हो । अाजकाे नयाँ पत्रिकामा खबर छ- दलका नेताहरूसँग छलफलपछि बिहीबार बसेको आयोगको बैठकले राष्ट्रपति निर्वाचनको मिति तय गरेको हो । आयोगले निर्वाचन कार्यतालिकासमेत सार्वजनिक गरेको छ । ‘राजनीतिक दलका नेताहरूसँगको छलफलपछि बसेको आयोग पदाधिकारीको बैठकले राष्ट्रपति निर्वाचनको मिति तय गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको हो,’ आयोगका प्रवक्ता नवराज ढकालले भने । निर्वाचन कार्यतालिका आयोगले प्रकाशित गरेको कार्यतालिकाअनुरूप निर्वाचन अधिकृतको कार्यालयले २१ फागुनको दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गर्नेछ । सोही दिनको सवा १ देखि ६ बजेसम्म नामावलीमा छुट नाम समावेश गर्ने, विवरण सच्याउने र नामावलीउपर दाबी–विरोधको उजुरी दिने समय छुट्याइएको छ । उजुरीउपर छानबिन गर्ने र अन्तिम नामावली प्रकाशन गर्ने समय २२ फागुनको बिहान १० देखि साँझ ६ बजेसम्म छुट्याइएको छ । राष्ट्रपतिका उम्मेदवारको मनोनयन दर्ता गर्ने समय २३ फागुनको बिहान १० देखि दिउँसो २ बजेसम्म छुट्याइएको छ । उम्मेदवारको सूची प्रकाशन सोही दिनको दिउँसो ३ बजे गरिनेछ । उम्मेदवारको दाबी–विरोधमा उजुरी दिने समय २३ फागुन ३ बजेबाट २४ फागुन २ बजेसम्म छुट्याइएको छ । २४ फागुन दिउँसो २ बजेबाट ३ बजेसम्म मनोनयनपत्र र उजुरीपत्रउपर जाँचबुझ गरिनेछ । मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन २४ फागुन ३ देखि ४ बजेसम्म हुनेछ । उम्मेदवारलाई नाम फिर्ता लिने समय २४ फागुन साढे ४ देखि साढे ५ बजेसम्मको समय छुट्याइएको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन २४ फागुन साँझ ६ बजे हुनेछ । प्रवक्ता ढकालका अनुसार २९ फागुन मंगलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुनेछ । मतदान सकिएको एक घन्टापछि मतगणना गरिने आयोगका प्रवक्ता ढकालले जानकारी दिए । प्रदेश, प्रतिनिधि र राष्ट्रिय सभा सदस्य मतदाता संविधानले राष्ट्रपति निर्वाचनमा प्रदेश सभा, प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य मतदाता हुने व्यवस्था गरेको छ । नयाँ संविधानअनुरूप भएको निर्वाचनबाट सातै प्रदेशबाट प्रदेश सांसदमा ५५० जना, प्रतिनिधिसभामा २७५ जना र राष्ट्रिय सभामा निर्वाचनबाट ५६ जना निर्वाचित तथा ३ जना मनोनीत गरी ५९ जना सदस्य छानिएका छन् । राष्ट्रपति निर्वाचनमा प्रदेश सांसद र संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को मतभार भने फरक–फरक तय गरिएको छ । संघीय संसद्को एक मतबराबर ७९ र प्रदेश सांसदको एक मतबराबर ४८ मतभार तोकिएको छ । कसैले बहुमत नल्याए पुनः मतदान राष्ट्रपति निर्वाचनमा पहिलो चरणमा कुनै उम्मेदवारले बहुमत नल्याए पुनः मतदान गर्नुपर्ने कानुनी व्यवस्था छ । ‘कुनै उम्मेदवारले प्राप्त गरेको मत तत्काल कायम रहेको कुल मतको बहुमत नभएको कारण राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ५६ को उपदफा (१) वा उपदफा (३) बमोजिम पुनः मतदान गराउनुपर्ने अवस्थामा निर्वाचन अधिकृतले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी नियमावली २०७४ को नियम ४० बमोजिम पुनः मतदानको मिति तोकिनेछ,’ निर्वाचन आयोगका प्रवक्ता ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । केन्द्रीय सांसदको जम्मा मत : २१७२५ प्रदेश सांसदको जम्मा मत : २६४०० राष्ट्रिय सभा सदस्यको जम्मा मत : ४६६१ जम्मा मत : ५२७८६ निर्वाचित हुन आवश्यक मत : २६३९४ निर्वाचन काठमाडौंमा राष्ट्रपतिको निर्वाचन काठमाडौंमा हुने भएको छ । आयोग प्रवक्ता ढकालले मतदान काठमाडौंमा हुने भएकाले सातै प्रदेशका प्रदेश सांसद मतदानका लागि काठमाडौं आउनुपर्ने बताए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies