/  Tue, December 18, 2018

प्रदेश-६ मा कर्मचारी अभाव, ८४ कर्मचारी पुग्दै पुगेनन्

 

सुर्खेत । प्रदेश नं ६ मा केन्द्रीय सरकारले खटाएका कर्मचारी अझै आइपुगेका छैनन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित मातहतका मन्त्रालयमा दरबन्दीअनुसारका कर्मचारी समयमै नआइपुग्दा कर्मचारीको अभाव भएको हो ।

प्रदेश प्रमुखको कार्यालय १३, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय २१, प्रदेशसभा संसद्को सचिवालयमा २८, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा २३, आर्थिक मामिला तथा योजना मन्त्रालयमा १८, भौतिक पूर्वाधार विकास मन्त्रालयमा २४, सामाजिक विकास मन्त्रालयमा ३०, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा २९ र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा २९ जनाको गरी २१५ कर्मचारीको दरबन्दी कायम छ ।

दरबन्दीअनुसारका कर्मचारी यो प्रदेशमा नआएको ६ नं प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव सुरेश प्रधानले जानकारी दिए । मन्त्रालयका सचिवसहित आजसम्म ६६ जनाले कर्मचारीले नियमित हाजिर गरिरहेको उनले बताए । यो प्रदेशमा दरबन्दी भएर पनि १५० कर्मचारी अझै सम्पर्कमा आएका छैनन ।

प्रदेश नं ६ अन्तर्गत प्रदेश प्रमुखको कार्यालयमा छ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा १३, प्रदेशसभा संसद्को सचिवालयमा १६, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा १४, आर्थिक मामिला तथा योजना मन्त्रालयमा ११, भौतिक पूर्वाधार विकास मन्त्रालयमा २१, सामाजिक विकास मन्त्रालयमा २५, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा २१ र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा २२ जना गरी १४९ जना कर्मचारी सम्पर्कमा नआएको प्रमुख सचिव प्रधानले जानकारी दिए ।

केन्द्रले खटाएका कर्मचारीलाई सम्बन्धित मन्त्रालयका सचिवमार्फत पनि ताकेता तथा थप कर्मचारीका लागि सामान्य प्रशासन मन्त्रालयसँग नियमित समन्वय गर्नेकाम भइरहेको पनि उहाँले जानकारी दिए ।

“मन्त्री नियुक्त भएर मन्त्रालयमा आइसक्नुभएको छ तर केन्द्रीय सरकारले पठाएका कर्मचारी नहँुदा कामकाजमा समस्या भयो” उनले भन्नुभयो । हालसम्म सबैभन्दा कम भौतिक पूर्वाधार विकास मन्त्रालयमा तीन जना मात्रै हाजिर भएको प्रधानले जानकारी दिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रशासन सचिव यज्ञराज बोहरा, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सचिव केशवप्रसाद आर्चाय, आर्थिक मामिला तथा योजना मन्त्रालयमा सचिव ढुण्डीप्रसाद निरौला, सामाजिक विकास मन्त्रालयमा निमित्त सचिव भक्तबहादुर ढकाल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सचिव विद्यानाथ झा र भूमि व्यवस्था, कृषि, तथा सहकारी मन्त्रालयमा सचिव शिवनारायण चौधरीले जिम्मेवारी समालेका छन् । प्रदेश प्रमुखको कार्यालयमा भने सचिव नहुँदा निमित्त सचिवका रुपमा शाखा अधिकृत निर्मला रेग्मीले काम गरिरहेका छन् । रासस

फागुन १० गते, २०७४ - १७:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केपी ओलीमाथि ‘शब्द आक्रमण’: कतिले प्रहार गरे, कतिले जोगाए ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को स्थायी समिति बैठकमा आज बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री...   
भारतलाई अस्ट्रेलियाले १४६ रनले हरायो

भारतलाई अस्ट्रेलियाले १४६ रनले हरायो

दोस्रो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियाले भारतलाई एक सय ४६ रनले हराएको छ । दोस्रो टेस्टको पाँचौं...   

यी हुन् सम्मानित हुने चार न्यायाधीश

काठमाडौं । न्याय परिषद्को २८औँ दिवसका अवसरमा चार उत्कृष्ट न्यायाधीशलाई आज सम्मान गरिएको छ । प्रधानन्यायाधीश...   

के शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिदैंछन् ?

काठमाडाैं । प्रदेश ५ का मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का स्थायी कमिटी सदस्य शंकर...   

कांग्रेस महासमिति बैठकस्थल सर्योः प्रवक्ता शर्मा भन्छन्-फेरि बैठक फेरि सुरू भइसक्यो

काठमाडाैं । नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । विधान संशोधनबारे शीर्ष तहमा आज विहान सहमति...   

एक सातादेखि विद्युत् अवरुद्ध

बाजुरा । बाजुराको बडिमालिका नगरपालिकामा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको यन्त्रमा खराबी...   

चिनियाँ राष्ट्रपति सी जिनपिङले दिए यस्तो चेतावनी

बेइजिङ । चिनीया राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक विकासको मार्गका बारेमा कुनैपनि मुलुकले हस्तक्षेप...   

के-के भयो नेकपाको बैठकमा ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) स्थायी कमिटीको तेस्रो बैठकमा आज पनि राजनीतिक प्रतिवेदनमाथिको...   

दोहोरो अंकले घट्यो शेयर

काठमाडौं । आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार...   

१२ दिनदेखि बालिका बेपत्ता

इलाम । इलामको सन्दकपुर गाउँपालिकाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छिन् । सन्दकपुर गाउँपालिकास्थित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top