/  Tue, December 18, 2018

किम जोनले किन पठाउँदैछन् गुप्तचर प्रमुख दक्षिण कोरिया ?

उत्तर कोरियाले दक्षिण कोरियामा हुने हिउँदे ओलिम्पिक्सको समापन समारोहमा एक जना आफ्ना वरिष्ठ अधिकारीलाई सहभागी हुन पठाउने निर्णय लिएको छ । कोरियाली प्रायद्वीपमा जारी शान्ति प्रक्रियालाई अघि बढाउने नयाँ अवसरका रूपमा दक्षिण कोरियाली सरकारले उक्त कदमको प्रशंसा गरेको छ ।

दक्षिण जाने भनिएका उत्तर कोरियाली गुप्तचर निकायका प्रमुख जेनरल मिम योङ चोललाई दक्षिण कोरियाविरुद्ध कैयौँ आक्रमणहरू गराएको आरोप लाग्ने गरेको छ । यसै बीच राष्ट्रपति ट्रम्पकी छोरी इभान्काले प्योङ्च्याङमा सहभागी हुने अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्ने बताइएको छ ।

उत्तर कोरियाका वरिष्ठ अधिकारीको सहभागितालाई दोस्रो चरणको ओलिम्पिक्स कूटनीति भनिएको छ । ओलिम्पिक्सको उद्घाटन समारोहमा उत्तर कोरियाली नेता किम जङ अनकी बहिनी किम यो जोङ सहभागी भएकी थिइन् । यसपटक सत्तारूढ दलको एकीकृत मोर्चाको नेतृत्व गर्ने उच्चअधिकारी किम योङ चोल दक्षिणको भ्रमणमा आउन लागेका छन् ।

सन् २०१० मा ४६ जना दक्षिण कोरियाली नाविकको ज्यान लिने गरी एउटा नौसैनिक डुंगामा गरिएको आक्रमणको मुख्य योजनाकार भएको आरोप उनीमाथि छ ।

प्योङ्याङबाट आउने समूह तीन दिनसम्म दक्षिण कोरियामा बस्ने र उनीहरुले राष्ट्रपति मून जे इनसँग भेटवार्ता गर्ने बताइएको छ । यसअघि ‌ओलिम्पिक्सको उद्घाटन समारोहपछि अमेरिकी र उत्तर कोरियाली अधिकारीबीच भेटवार्ता तय भएको खुलासा भएको थियो ।

तर अमेरिकी उपराष्ट्रपति माइक पेन्सले थप प्रतिबन्धहरू घोषणा गरेपछि उत्तर कोरियाले अन्तिम समयमा वार्तामा सहभागिता नजनाउने निर्णय लिएको थियो । यसपटक दक्षिण कोरिया सरकारले उत्तर कोरिया र अमेरिकाका अधिकारीहरूबीच कुराकानी नहुने जानकारी दिएको छ । बीबीसी

फागुन १० गते, २०७४ - १४:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केपी ओलीमाथि ‘शब्द आक्रमण’: कतिले प्रहार गरे, कतिले जोगाए ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को स्थायी समिति बैठकमा आज बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री...   
भारतलाई अस्ट्रेलियाले १४६ रनले हरायो

भारतलाई अस्ट्रेलियाले १४६ रनले हरायो

दोस्रो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियाले भारतलाई एक सय ४६ रनले हराएको छ । दोस्रो टेस्टको पाँचौं...   

यी हुन् सम्मानित हुने चार न्यायाधीश

काठमाडौं । न्याय परिषद्को २८औँ दिवसका अवसरमा चार उत्कृष्ट न्यायाधीशलाई आज सम्मान गरिएको छ । प्रधानन्यायाधीश...   

के शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिदैंछन् ?

काठमाडाैं । प्रदेश ५ का मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का स्थायी कमिटी सदस्य शंकर...   

कांग्रेस महासमिति बैठकस्थल सर्योः प्रवक्ता शर्मा भन्छन्-फेरि बैठक फेरि सुरू भइसक्यो

काठमाडाैं । नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । विधान संशोधनबारे शीर्ष तहमा आज विहान सहमति...   

एक सातादेखि विद्युत् अवरुद्ध

बाजुरा । बाजुराको बडिमालिका नगरपालिकामा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको यन्त्रमा खराबी...   

चिनियाँ राष्ट्रपति सी जिनपिङले दिए यस्तो चेतावनी

बेइजिङ । चिनीया राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक विकासको मार्गका बारेमा कुनैपनि मुलुकले हस्तक्षेप...   

के-के भयो नेकपाको बैठकमा ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) स्थायी कमिटीको तेस्रो बैठकमा आज पनि राजनीतिक प्रतिवेदनमाथिको...   

दोहोरो अंकले घट्यो शेयर

काठमाडौं । आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार...   

१२ दिनदेखि बालिका बेपत्ता

इलाम । इलामको सन्दकपुर गाउँपालिकाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छिन् । सन्दकपुर गाउँपालिकास्थित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top