Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

हेलिकप्टर लिलामीमा बेच्दै सेना

[caption id=\"attachment_17397\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडाै ।  नेपाली सेनाले थोत्रो भनेर लिलामीमा राखेको एउटा हेलिकप्टर अफ्रिकी आकाशमा उड्ने भएको छ । नेपाली सेनाले नौ हवाई साधन र तिनका पार्टपुर्जा बिक्री प्रक्रिया अघि बढाएको ६ महिना बढी भइसकेको छ । अाजकाे कान्तिपुर दैनिकमा खबर छ- लगातारका टेन्डरपछि ४ हेलिकप्टर बिक्री प्रक्रिया अघि बढेको छ । सेनाको हवाई निर्देशनालयले लिलामीमा राखिएका सबै हवाई साधन र पार्टपुर्जाको कुल न्यूनतम मूल्य ६५ करोड ७६ लाख ५८ हजार निर्धारण गरी बोलकबोलमा बिक्री घोषणा गरेको थियो । एक सैनिक पुमा हेलिकप्टर बिक्री भएको छ । विशिष्ट व्यक्तिका लागि उपयोग गरिएका दुई सुपरपुमा र सेनाले प्रयोग गरेको अर्को एउटा हेलिकप्टर पनि बिक्रीमा राखिएको थियो  . एजेन्टमार्फत बिक्री गरिएको उक्त पुमा हेलिकप्टर छिट्टै अफ्रिकी मुलुक पुग्नेछ । अफ्रिकी महादेशमा रहेका आफ्ना सेनाका अधिकृतहरूमार्फत सेनाले बिक्रीको लबिइङ गरिरहेको छ । उक्त पुमा सामान्य मर्मतपछि उडान भरेरै लैजाने वा प्लेनमा लगेर उतै मर्मत गर्ने भन्ने निश्चित भएको छैन । उक्त हेलिकप्टर मर्मतपछि राम्रै उडान भर्न सक्ने निष्कर्ष खरिद गर्ने एजेन्टको छ । सेनाले मर्मतमा धेरै खर्च लाग्ने भन्दै यस्ता हेलिकप्टर र त्यसमा उपयोग हुने पार्टपुर्जा बिक्री गर्न लागेको हो । धेरै पटक मर्मत गर्नुभन्दा नयाँ खरिद प्रक्रिया मुलुकको हितमा रहेको निष्कर्षमा सेनाको छ । हेलिकप्टर किन्ने मुलुकको नाम नखुलाइए पनि यो अफ्रिकी महादेशमा आर्थिक उन्नति हासिल गर्दै गरेको मुलुकमा उड्ने निश्चित भइसकेको सेनाको उच्च स्रोतले जनायो । यो हेलिकप्टरको बिक्रीमा सेनाभित्रैबाट प्रश्न पनि उठेको छ । मर्मत गरेर उडान भर्न सक्ने हेलिकप्टर ‘कवाडी’ को भाउमा बिक्री गर्न लागिएको भन्दै सेनाका केही अधिकारीले जिज्ञासा राख्ने गरे पनि चेनअफ कमान्ड मानेर थप नबोलेको स्रोतले बतायो । ‘धेरै छलफल र अन्तर्राष्ट्रिय अभ्याससमेत हेरेर मूल्य निर्धारण गरेका छौं,’ हवाई निर्देशनालय निकट एक अधिकारीलेआफ्नो बचाउ गरे ।बिक्रीमा राखिएका अरू दुई हेलिकप्टर र एक एभ्रोका लागि १० प्रतिशत रकम जम्मा भइसकेको सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले कान्तिपुरलाई बताए । ‘एभ्रो जुन मुलुकमा लैजान लागिएको हो, त्यो मुलुकको स्विकृतिलगायतका प्रक्रियाका कारण अघि बढ्न सकेको छैन । दुई सुपर पुमाबारे भने छलफल भइरहेको छ,’ उनले भने । सेनाले आफूसँग रहेका तीन थान पुमा/सुपर पुमा हेलिकप्टर, एक चिता हेलिकप्टर, एभ्रो हवाईजहाज, दुई एलौट हेलिकप्टर र दुई एमआई १७ हेलिकप्टर र त्यसका पार्टपुर्जा लिलामको तयारी थालेको थियो । तीनपटक लगातार टेन्डर आह्वान गरे पनि सबै बिक्री हुन सकेको छैन । बेलायतले नेपाललाई उपहार दिएको एमआई हेलिकप्टरको भने उत्पादन कम्पनीको लाइसेन्स नभएकाले बिक्रीमा समस्या आएको छ । एमआई १७ को अन्य सामग्री बिक्री नभए पनि ‘बडी’ बिक्री हुन सक्ने सैन्य अधिकारीहरूले बताए । ‘ह्यांगर’ खाली गराउन भए पनि यी हेलिकप्टर निकै कम मूल्यमा बेच्नुपर्ने बहस सेनामा चलेको थियो । सेनाले टेन्डरमा राखेकामा विभिन्न समयमा खरिद गरिएका बाहेक भारत सरकारसँग सैन्य सहयोगअन्तर्गत सहुलियतमा लिएका पनि छन् । नेपाली सेना आफैंले टेन्डर आह्वान गरेर लिएका हवाई साधन पनि लिलामी गर्न लागेको हो । सेनाले अहिले आठै पृतनामा उनीहरूकै कमान्डअन्तर्गत उद्धारका लागि एक/एक हेलिकप्टर, केन्द्रमा पनि केही हेलिकप्टर र स्काई ट्रक राख्न जोड गरेको छ । त्यसअन्तर्गत तीन हेलिकप्टर सेनाले खरिद गर्ने तयारी अघि बढाएको छ । त्यस्तै, चार स्काई ट्रक अमेरिकी सरकारले सहयोगस्वरूप उपलब्ध गराउँदै छ । सेनाको हवाई निर्देशनालयले दुई थान सुपर पुमा र त्यसका पार्टपुर्जालाई ३१ करोड ६६ लाख न्यूनतम बोलकबोल मूल्य तय गरेको छ । दुई एमआई १७ को मूल्य २० लाख रुपैयाँ न्यूनतम मूल्य राखेर लिलाम बिक्रीको सूचना प्रकाशित गरेको थियो । पुरानो एलौटका मूल्य ५० लाख र १ करोड राखिएको छ । सरकारले एउटा हेलिकप्टर र दुई थान जहाज खरिदका लागि बजेट निकासा गरेसँगै सेनाले आफूसँग भएका हवाई साधन लिलाम बिक्रीको प्रक्रिया अघि बढाएको हो । रक्षा मन्त्रालय उच्च स्रोतका अनुसार सेनाले तय गरेको न्यूनतम लिलाम मूल्य वैज्ञानिक नभएको गुनासो आइरहेकामा निकै कम न्यूनतम मूल्य राख्दा पनि हालसम्म सबै हवाई साधन बिक्री हुन सकेको छैन । सेनाको हवाई सामग्रीको मूल्य अलि धेरै राखिएको भए पनि थोत्रा हेलिकप्टरको मूल्य भने निकै न्यून राखिएको छ । तर पनि खरिदकर्ताहरू यसमा आकर्षित हुन नसकेको सेनाले जनाएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies