Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

थन्किए निगमका जहाज

\"\"काठमाडौ । चीनबाट ल्याइएका नेपाल वायुसेवा निगमका चारवटा वाई १२ई जहाज पाँच दिनदेखि थन्किएका छन् । पाइलटहरूबीचको चरम गुटबन्दी र निगमको व्यवस्थापकीय कमजोरीले दुर्गममा सुलभ हवाई सेवा पुर्‍याउन भनी ल्याइएका जहाज ग्राउन्डेड भएका हुन् । अाजकाे कान्तिपुर दैनिकमा खबर छ- निगमका अनुसार यी जहाज अझै कम्तीमा १० दिन उड्ने छैनन् । निगमको अपरेसन विभाग (पाइलटहरू कार्यरत) ले बुधबार १० दिनका लागि बनाएको रोस्टर (उडान तालिका) मा क्याप्टेन अभावका कारण वाई १२ई अझै १० दिन ग्राउन्डेड हुने उल्लेख छ । निगम स्रोतले उपलब्ध गराएको उक्त रोस्टरमा वाई १२ई उडाउन निगममा भर्ती भएका पाँच पाइलटमध्ये २ जनाले बिरामी बिदा लिएको र २ जनाले राजीनामा दिएका कारण क्याप्टेन अभाव भएको उल्लेख छ । निगम व्यवस्थापनले लाइसेन्स अपडेट नगरेकाले एक पाइलट भने उडान भर्न अयोग्य छन् । जहाजको कमान्डर भनिने मुख्य पाइलट (क्याप्टेन) को अभावमा १६ जना यात्रु क्षमताका चारवटै वाई १२ई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएका हुन् । निगमका एक इन्जिनियरका अनुसार पाँच जनामध्ये निपेन्द्र भट्टराई र सञ्जय बादे श्रेष्ठ बिरामी बिदामा छन् । चिनियाँ विमानका लागि प्रशिक्षक पाइलटका रूपमा आङनुरी शेर्पालाई मासिक साढे ५ लाख रुपैयाँ दिई करारमा नियुक्त गरिएको थियो । तर प्रशिक्षक पाइलट शेर्पा गुटबन्दीका कारण राजीनामा दिई अमेरिका लागेका छन् । अर्का पाइलट अनिशमान शाक्यले पनि राजीनामा दिएका छन् । तर, यी दुवैको राजीनामा निगम व्यवस्थापनले स्वीकृत गरिनसकेको स्रोतले बतायो । अर्का पाइलट उद्धव घिमिरेको लाइसेन्स अपडेट गरिएको छैन । आठ महिनासम्म लगातार वाई १२ई उडाएका क्याप्टेन घिमिरेको लाइन्सेन्स अपडेट गर्न प्रशिक्षक पाइलटले जाँच्नुपर्छ । यो निगमको जिम्मेवारी हो । निगमले लाइसेन्स अपडेट नगरिदिएका कारण उनी कामविहीन छन् । निगम सञ्चालक समितिका एक पदाधिकारीका अनुसार अपरेसन विभागमा कार्यरत पाइलटहरूको गुटबन्दीले वाई १२ई को उडान ठप्प भएको हो । विभागका प्रमुख सुवास रिजालले एयरबसको तालिममा आफ्नो गुटसँग नजिक रहेकालाई मात्र पठाउने गरेकोमा निगमभित्र तीव्र असन्तुष्टि छ । निगमभित्र रिजाल समूह र थकाली समूह नामका दुइटा गुट छन् । रिजाल समूहको नेतृत्व अपरेसन विभागका निर्देशक रिजाल (एयरबसका पाइलट) हुन् भने थकाली समूहको नेतृत्वमा पूर्वअपरेसन विभाग प्रमुख रवीन्द्र शेरचन (बोइङका क्याप्टेन) देखिन्छन् । यी दुई समूहको गुटबन्दीका कारण निगमका जहाज नियमित छैनन् भने पाइटलहरू दुई खेमामा विभाजित छन् । गत साता एमाले निकट कर्मचारी युनियनसहित तीन दल निकट कर्मचारी नेताहरूले महाप्रबन्धक सुगतरत्न कंसाकार र अपरेसन विभागलाई जहाजको संख्या थपिएसँगै उडान संख्या वृद्धि गर्न र पाइलट थप्न दबाब दिएका थिए । सरकारले दुर्गमका बासिन्दालाई सुलभ दरमा हवाई सेवा उपलब्ध गराउन २०७० मंसिरमा चीन सरकारसँग ६ अर्ब ६७ करोड ऋण तथा अनुदान सम्झौता गरी दुइटा एमए ६० र चारवटा वाई १२ई खरिद सम्झौता गरेको थियो । तीमध्ये २०७१ कात्तिकमा एउटा र २०७३ फागुनमा अर्काे वाई १२ई जहाज ल्याइएको थियो । सम्झौताको ४ वर्षपछि बाँकी दुई जहाज फागुन १ मा ल्याइएका थिए, जसको भन्सार शुल्कसमेत फरफारक गरिएको छैन ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies