/  Wed, June 20, 2018

इतिहासकै खराब राष्ट्रपति !

काठमाडाै । डोनाल्ड ट्रम्प इतिहासकै खराब राष्ट्रपति बनेका छन् । दुई सय राजनीतिक विशेषज्ञ तथा अमेरिकी जनताबीच भएको सर्वेक्षणमा दुई सय २९ वर्ष पुरानो लोकतान्त्रिक मुलुक अमेरिकामा ट्रम्प सबैभन्दा खराब राष्ट्रपति भएको देखिएको हो ।

एक महिनासम्म चलेको सर्वेक्षणमा ट्रम्प पुछारको ४४आैँ स्थानमा परेको अमेरिकी एजेन्सीहरूले जनाएका छन् । राष्ट्रपतिले गरेका काम, उपलब्धि, विवाद, व्यक्तिगत चरित्र तथा कार्यकालको मूल्यांकनका आधारमा उनीहरूलाई नम्बर दिइएको थियो ।

सयमा १२ अंक
सर्वेक्षणमा सहभागीहरूले एकदेखि सय अंकसम्म दिन पाउने प्रावधान थियो । सय नम्बर पाउने सर्वोत्कृष्ट तथा शून्य नम्बर पाउने खराब भनिएको छ । सर्वेक्षणमा ट्रम्पले १२ अंक पाएका छन् । ट्रम्पले प्राप्त गरेको अंक सबैभन्दा कम हो ।

यसै अंकका आधारमा ट्रम्प इतिहासकै खराब अमेरिकी राष्ट्रपति बनेका हुन् । निवर्तमान राष्ट्रपति बाराक ओबामाले ७१ अंक पाएका छन् । उनी उत्कृष्ट राष्ट्रपतिको सूचीमा आठौँ स्थानमा रहेका छन् ।

राजनीतिक विशेषज्ञ तथा अमेरिकी जनताबीच भएको सर्वेक्षणमा वर्तमान अमेरिकी राष्ट्रपति ट्रम्पले सबैभन्दा कम १२ अंक र अब्राहम लिंकनले सर्वाधिक ७५ अंक पाए

लिंकन सर्वोत्कृष्ट राष्ट्रपति
राजनीतिक विशेषज्ञ र अमेरिकी जनताले पूर्वराष्ट्रपति अब्राहम लिंकनलाई १०० मध्ये ७५ अंक दिएका छन् । लिंकन अमेरिकी राष्ट्रपति इतिहासकै सर्वोत्कृष्ट भएको जनाइएको छ ।

जर्ज वासिङ्टन ९३ अंकका साथ दोस्रो स्थानमा छन् । सर्वेक्षणमा डेमोक्रेटिकबाट ५७, रिपब्लिकनबाट १३ तथा अन्य विचारधारबाट २७ प्रतिशतले सहभागिता जनाएका थिए ।

पाँच उत्कृष्ट राष्ट्रपति
१ अब्राहम लिंकन
२ जर्ज वासिङ्टन
३ फ्यालिन रुजवेल्ट
४ थियोडर रुजवेल्ट
५ थोमस जेफरसन

पाँच खराब राष्ट्रपति
१ डोनाल्ड ट्रम्प
२ जेम्स बुकैनन
३ विलियम हेनरी हेरिसन
४ फ्यालिन पियर्स
५ एन्ड्र्यु जोन्सन

फागुन १० गते, २०७४ - ०९:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वरिष्ठ स्नायु विशेषज्ञ डा देवकोटाको दाहसंस्कार सम्पन्न

वरिष्ठ स्नायु विशेषज्ञ डा देवकोटाको दाहसंस्कार सम्पन्न

काठमाडौं, ५ असार । वरिष्ठ स्नायु रोग विशेषज्ञ डा उपेन्द्र देवकोटाको पशुपतिस्थित विद्युतीय शवदाह...   
बुधबार राष्ट्रपति सी र प्रम ओलीबीच भेटवार्ता

बुधबार राष्ट्रपति सी र प्रम ओलीबीच भेटवार्ता

विशेष प्रतिनिधि हरि लामिछाने । बेइजिङ, चीन, ५ असार । चीन भ्रमणका रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले...   

दुई राप्रपाबीच एकता प्रक्रिया शुरु

काठमाडौँ, ५ असार । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपतिशम्शेर जबरा नेतृत्वको...   

उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये यस्ता व्यक्ति धेरै

काठमाडौँ, ५ असार । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये युवा नै बढी छन् । चालु आर्थिक...   
एसियाली टीम जापानसँग काेलम्बिया २-० ले पराजित

एसियाली टीम जापानसँग काेलम्बिया २-० ले पराजित

काठमाडौँ । विश्वकप फुटबलको छैठौँ दिन अर्थात् अाज भएकाे पहिलाे खेलमा एसियाली टीम जापानले काेलम्बियालार्इ...   

द्वन्द्वका कारण सन् २०१७ को अन्त्यसम्ममा छ करोड ८५ लाख विस्थापित

जेनेभा, ५ असार । विश्वका विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कारण सन् २०१७ को अन्त्यसम्ममा...   

द्वन्द्वमा परि सन् २०१७ काे अन्त्यसम्ममा कति भए विस्थापित ? राष्ट्रसंघकाे यस्ताे रिपाेर्ट

जेनेभा, ५ असार । विश्वका विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कराण सन् २०१७ को अन्त्यसम्ममा...   

वरिष्ठ न्यूरो सर्जन डा देवकोटाको निधन

काठमाडौँ, ४ असार । वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको आज साँझ उपचारका क्रममा बाँसबारीस्थित...   

वरिष्ठ न्यूरो सर्जन डा देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गर्न प्रधानमन्त्री अस्पतालमा

काठमाडौँ, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसबारीस्थित न्यूरो अस्पताल पुगी दिवंगत वरिष्ठ...   
दक्षिण कोरियालाई हराउदै स्वीडेन १–० ले विजयी

दक्षिण कोरियालाई हराउदै स्वीडेन १–० ले विजयी

मस्को, ४ असार  । विश्वकप फुटवल प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो खेलमा स्वीडेन विजयी भएको छ । खेल...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top