Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

बैठक छाढेर प्रदेश सांसद सयरमा, प्रदेश ६ को संसद् बैठक सूचना टाँसेर स्थगित

\"\"सुर्खेत । प्रदेशसभाका सदस्यले संसद् बैठकसमेत ख्याल नगरी वीरेन्द्रनगरबाट बाहिरिएपछि बुधबार दिउँसो १ बजेका लागि डाकिएको प्रदेश ६ को संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको छ । अाजकाे नयाँ पत्रिकामा खबर छ- ‘प्रदेशको नामकरण र राजधानी तोक्ने’ महत्वपूर्ण कार्यसूची रहेको प्रदेश ६ को प्रदेशसभाको चौथो बैठक बस्न सकेन । बहुसंख्यक सांसद उपस्थित नभएपछि प्रदेशसभा बैठक शनिबारसम्मका लागि सूचना टाँसेर स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाका अधिकांश सांसद संघीय राजधानी काठमाडौंतिर लागेका छन् । केही सांसदहरू सुर्खेतबाहिर गएका छन् । सबै सांसद उपस्थित हुन नसक्ने भएपछि बुधबारको बैठक सूचना टाँसेर स्थगित गरिएको हो । प्रदेशसभा सचिवालयका अनुसार बुधबारको बैठकमा प्रदेशको नामकरण गर्ने र राजधानी तोक्ने कार्यसूची थियो । तर, अधिकांश सांसद जिल्लाबाहिर गएको र गहन विषयमा निर्णय गर्नुपर्ने भएकाले बुधबारको बैठक स्थगन गरिएको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार अब प्रदेशसभाको बैठक शनिबार दिउँसो १ बजे बस्नेछ । प्रदेशसभा सचिवालयका सचिव राजेश पौडेलले भने, ‘बुधबारको बैठकमा प्रदेशको नामकरण गर्ने र राजधानी तोक्ने कार्यसूची थियो, यो गहन विषय भएकाले सबै सांसदको उपस्थिति अनिवार्य हुन्छ । तर, बुधबार सबै सांसद बैठकमा सहभागी हुने स्थिति देखिएन । हामीले शनिबार सबै माननीयलाई उपस्थित गराउने गरी बैठकको सूचना टाँस गरेका छौं ।’ प्रमुख प्रतिपक्षी दलका नेतासहित अधिकांश सांसद वीरेन्द्रनगरमा छैनन् । प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आफू उपचारका लागि काठमाडौंमा रहेको जानकारी दिए । उनले भने, ‘ऐतिहासिक विषयमा छलफल हुँदै छ, संख्याभन्दा पनि सबैको सहमतिमा निर्णय गर्दा राम्रो हुन्छ । सबै माननीय सहभागी भएर निर्णय लिँदा दीर्घकालीन हुन्छ, त्यसैका लागि बुधबारको संसद् बैठक शनिबारसम्म सरेको हो ।’ उनले प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेत नै हुने दाबी गरे । यसमा दलबीच आन्तरिक सहमति र एकमत रहेको भन्दै उनले शनिबार औपचारिक निर्णय हुने बताए । सबै प्रदेशभन्दा पहिला प्रदेशको नाम र राजधानी सर्वसम्मत रूपमा टुंगो लगाएर प्रदेश ६ ले नमुना देखाउने उनको भनाइ छ । यस्तै, माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीले महत्वपूर्ण निर्णय गर्नुपर्ने र थप तयारी गर्नुपर्ने भएकाले बुधबारको संसद् बैठक स्थगन भएको बताए । उनका अनुसार शनिबारको बैठकमा प्रदेशको नाम र राजधानी तोक्ने एजेन्डामा छलफल हुनेछ । उनले भने, ‘सम्भवतः प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेतमै सहमति हुन्छ, यसमा सबैको धारणा एउटै रहेको छ ।’ शनिबार बस्ने बैठकले प्रदेशको नाम र राजधानी टुंगो लगाएर केही समयका लागि संसद् स्थगित गर्ने तयारी भइरहेको छ । तत्कालका लागि कुनै बिजनेस नभएकाले केही समयका लागि संसद् बैठक स्थगित गर्ने तयारी भइरहेको सचिवालयले जनाएको छ ।यसैबीच, एमालेले प्रदेश नम्बर ६ को संसदीय दलको प्रमुख सचेतक नियुक्त गरेको छ । बुधबार वीरेन्द्रनगरमा बसेको संसदीय दलको बैठकले गुलाबजंग शाहलाई प्रमुख सचेतकमा नियुक्त गरेको हो । एमालेका केन्द्रीय सदस्य र पार्टीका सल्यान जिल्ला इन्चार्ज शाह सल्यान निर्वाचन १ (क) बाट निर्वाचित सांसद हुन् । यसअघि मन्त्रीको चर्चामा रहेका शाहलाई अन्तिम समयमा एमालेले ब्याक गरेको थियो । केन्द्रले प्रकाश ज्वालाको नेतृत्वमा सरकारमा सहभागी हुन निर्देशन दिएपछि शाह मन्त्री हुनबाट वञ्चित भएका थिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies