Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

नेपाली क्रिकेटका ७२ खेलाडी अनुबन्धः कसले मुल्य कति ?

\"\"काठमाडाैं । रुस्लान धनगढी प्रिमियर लिग दुईको आज राजधानीमा खेलाडीको अक्सन सम्पन्न भएको छ । अक्सनबाट प्रतियोगितामा सहभागी ६ टोलीले ७२ खेलाडीलाई टिमसँग अनुबन्ध गरेका छन् । आगामी चैत्र १७ गतेदेखि धनगढीमा सुरु हुने प्रतियोगितामा वसन्त रेग्मी, करण केसी, आरिफ सेख र सागर पुन सर्वाधिक महँगा खेलाडी भए । उनीहरु सबैको समान १ लाख ५० हजार रुपैयाँमा भाउ लाग्यो । वसन्तलाई विराटनगर किंग्स, करण र आरिफलाई महेन्द्रनगर युनाइटेड र सागर पुनलाई रुपेन्देही च्यालेन्जर्सले खरिद गरेको हो। यस्तै, पृथु बास्कोटालाई विराटनगरले र नरेश बुढाऐरलाई काठमाडाैंले समान १ लाख २० हजारमा अक्सनमा भाउ लगाएको थियो । विराटनगरले आरिफ सेख, रामनरेश गिरी, सौरभ खनाल तथा दीलिप नाथलाई समान १ लाख रुपैयाँ दिँदै टोलीसँग अनुबन्ध गरेको छ। यस्तै ट्यालेन्ट हन्टबाट आएका सुबोध ऐर९२५ हजार० तथा अविनाश बोहरा र पुरन बिकलाई विराटनगरले समान ५० हजार रुपैयाँ खच्र्यो । सिवाइसी अत्तरियाले कुशल भुर्तेल र कृष्ण कार्कीलार्इ समान १ लाख खर्चियो भने सन्दीप जोरालाई ९०, सुवास खकुरेललाई ८०, प्रेम तामांगलाई ५५ हजार तिर्यो । काठमाण्डु गोल्डन्सले ललित राजबंशी, अमित श्रेष्ठ, किशोर महतोलाई समान १ लाख रुपैयाँमा अनुबन्ध गर्यो भने सन्तोष भट्टलाई ९५, रसिद खानलाई ५५ हजारमा भित्र्यायो । करण र आरिफलाई सर्वाधिक मुल्य तिरेको महेन्द्रनगर युनाइटेडले हरिशंकर साहलाई ९५ हजार, अविनाश कर्णलाई ८० हजार तथा प्रनित थापामगरले ६५ हजार भाउँ लगाउँदै टोलीसँग अनुबन्ध गर्यो । रुपेन्दैही च्यालेन्जर्सले सागर पुनलाई सर्वाधिक मूल्य तिर्नुका साथै विक्रम भुषाललाई १ लाख, जितेन्द्र मुखियालाई ९० हजार तथा प्रदिप ऐरीका लागि ८० हजार खर्चियो। यस्तै, टिम चौराहा धनगढीले ललितसिंह भण्डारी, योगेन्द्रसिंह कार्की र सोनु तामांगलाई समान १ लाख खर्चियो भने राजेश पुलामी मगरलाई ८० तथा शंकर रानालाई ५५ हजार रुपैया भाउँ लगाउँदै टोलीसँग आवद्ध गर्यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies