Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

राष्ट्रको अस्तित्व युवाकाे काँधमा

[caption id=\"attachment_175985\" align=\"alignleft\" width=\"157\"]\"\" लेखक[/caption] मुलुक संकटले घेरिएको छ, यो अवस्था ल्याउनमा जो कुनै प्रकारले उत्तरदायी छैन, तर कुनै पनि अछुतो छैन । किनकि यो अवस्था ल्याउन राजनैतिक दल, संघ संस्था, नागरिक समाज, बुद्धिजिवी सबै उत्तिकै जिम्मेवार छन् जति राजनीतिक दल छन् । यस्तो संक्रमणको अवस्थाबाट गुज्रदै गरेको, कहालीलाग्दो दिनको प्रत्यक्ष प्रभाव युवा वर्गले भोग्नुपरेको छ जो प्रजातन्त्र पूनः स्थापना समयमा बालक थिए, गणतन्त्र स्थापना हुनेबेला युवा भए अहिले युवाहरु वयस्क भइसकेका छन् । ती वयस्क युवाहरुले आफ्नो अस्तित्व, राष्ट्रको अस्तित्व, आफ्नो संस्कृतिको अस्तित्व जोगाउने अवस्था आएको छ । आफू कुन धरातलमा उभिएको छ छुट्याउनु पर्ने भएको छ । निष्कलंक र निर्दोष युवा वर्गले राष्ट्रको अस्तित्व बचाउनु पर्ने भएको छ । किनकि अरु सबैको परीक्षा भइसकेको छ । यहिलेका दलका नेतृत्व व्यतित्वको पहिचान भैइसकेको छ । जनतालाई गुमाराहमा राख्दै देश चलाई रहेका छन । यि नेताहरुबाट थप आशा गर्न सकिने अवस्था देखिदैन समाजमा, राष्ट्रमा निर्दोषको संख्या अत्याधिक छ । तर अपराधीहरुसँग लड्न नसक्नेहरुको गणना गर्नुको के अर्थ रह्या जो कुनामा बसेर गुनासो मात्र गर्छ । अपराध सहनु र भोग्नु पनि त अपराध नै हो । त्यसैले भन्ने गरिन्छ अपराध गर्नुभन्दा अपराध सहने झन् ठूलो अपराधी हो । आज त्यस्तै हुन गएको छ नत्र भने समाजमा निर्दोषको संख्या धेरै हुँदाहुँदै पनि जताततै हत्या, हिंसा, बलात्कारको श्रृंखला बढ्दै गएको छ । यसको प्रतिकार गर्न नसक्नुको कारण मनोबल कमजोर हुनु हो । युवामा प्रतिकार गर्ने क्षमता क्षण हुनु हो । यो सबै अस्थिरताको कारणले हो । विश्वको इतिहास हेर्दा राष्ट्रलाई अग्रगामीतिर डो¥याउने वर्ग नै युवा हो । त्यसैले हाम्रो देशको सम्पूर्ण आशा र भरोसा पनि युवा वर्गमा नै छ । नेपालमा २००७ साल, २०४६ सालमा जति राजनैतिक परिवर्तन भयो त्यो सबै युवा वर्गको कारणले नै भएको हो । २०४६ सालमा परिवर्तन ल्याउने युवाहरुले ठूलो धोका खायो किनकि त्यो परिवर्तन २०५२ साल अर्थात छोटो अवधिमा असफल सिद्ध भयो । किनभने देशमा न भौतिक विकास हुन सक्यो न त सिद्धान्त र नैतिकतामा आधारित समाज व्यवस्था कायम भयो । गरिबीको रेखा निरन्तर बढ्दै गयो । नैतिकताको धरातल अद्योगामी भयो । परिवर्तन र त्यसको प्रतिक मानिएको संविधान हुने खानेका लागि मात्र भयो, धनी गरिबबीचको भेद बढ्दै गयो, नयाँ धनी पैदा भए, सामान्यजन देशबाट पलायन भए । गरिबलाई जीविकाको अधिकार प्राप्ति भएन र त्यसको लागि कुनै व्यवस्था पनि गरिएन र गर्ने पनि कुनै सोच थिएन । यी कारणहरुले गर्दा युवा वर्गले फेरि २०६२÷६३ आन्दोलन गरे नयाँ राजनैतिक परिवर्तन ल्याए । परिवर्तन पश्चात देशका सबै भू–भागमा क्षेत्र–जातिको नाममा संगठन खडा भए । जाति, क्षेत्रलाई राजनैतिक साघुरो घेराभित्र कैद गरी राजनैतिक दलहरु आफ्नो स्वार्थ पूरा गर्न तल्लीन देखिएका छन् । फेरि युवा वर्गलाई धोका दिने दाउमा छन् । किनकि राजनैतिक दलहरुले युवा वर्गलाई एकजुट हुन नदिनुको लागि र सधै युवाको काँधमा चढेर राजनैतिक स्वार्थ पूरा गर्नको लागि विभिन्न बहाना गर्र्दैछन् । युबा–युबाबीच रगतको होली खेलाउन युवा दस्ता गठन गर्नको लागि होडबाजी गर्दैैछन् । जसको परिणाम देश कहाली लाग्दो गृहयुद्धमा फस्ने सम्भावना छ । त्यसको परिणामको कल्पना समेत गर्न सकिदैन । जो आज यो देशको प्रमुख राजनैतिक दलहरुले गर्दैछन् । त्यसैले युवा वर्गहरु राष्ट्रको लागि सचेत हुने अवस्था आएको छ । किनकि आज यी राजनैतिक दलका नेतृत्व व्यक्तिहरुका कारणले गर्दा विश्वका महाशक्ति राष्ट्रहरुको प्रत्यक्ष अप्रत्यक्ष रुपले देश क्रिडास्थल बनेको छ । देशको अस्मिता लुटिएको छ । राष्ट्रमाथि प्रश्न चिन्ह खडा भएको छ । जनता निरह छन् । मुकदर्शक भएका छन् । त्यसैले सबैको आश्रय र साझा उद्देश्य राष्ट्र नै हो । राष्ट्रलाई चिन्तन र संगठनको केन्द्रविन्दु सम्झनु पर्दछ । राष्ट्र बाहेक अरु कुनै पनि विषय सबै नेपालीको साझा हुन सक्दैन । त्यसै विन्दुको वरिपरी नेपाली समाजलाई घुमाउने लक्ष्य लिनु पर्दछ । क्रान्तिकारी चिन्तन गर्नेले राष्ट्रहितको लागि धर्म, जाति, क्षेत्र, भाषाको आधारलाई छोड्नु पर्दछ । यी मध्ये कुनै एक वा अनेक आधार बोकेर हिड्ने व्यक्ति वा संगठन राष्ट्रवादी हुन सक्दैन र प्रजातन्त्रवादी पनि हुन सक्दैन । त्यसैले युवावर्गहरुले अग्रगामी राष्ट्रवादको लागि नेतृत्व लिन सक्नुपर्दछ र त्यो नेतृत्व राष्ट्रहितको लागि हुनुपर्दछ । समाजिक रुपान्तरण नभएर भौतिक विकासले मात्र मुलुक संमृद्धिशालि बन्न सक्दैन । समाजिक रुपान्तरणको लागि युवा बर्गले धर्म संस्कृति ,परम्परालाई जगेर्णा गर्दै समय अनुसार परिवर्तण गर्नू पर्दछ । कुनै पनि परिवर्तण एकै चोटि गर्दा त्यसको असर समाजमा नराम्रो पर्न सक्छ । तसर्थ क्रान्तिकारि चिन्तन बोकेका युवाहरुले मुलुकको भविश्य को सोच राख्दै आर्थिक भौतिक समाजिक रुपान्तरणको लागि विभिन्न संगठनमा आस्था राखे पनि साझा उद्धेश्यको लागि विवाद नगरि एकै थलोमा बसेर वहस गर्न सक्ने वाणिको बिकास गरौ जस्ले गर्दा हाम्रो मुलुक अग्रगमन तिर जाने छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies