



पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग




- फागुन ३ गते, २०७४ - ०१:५४
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल पत्रकार महासंघ यूएईले १ लाख ४१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
दुबै मिर्गौलाले काम गर्न छाडे पछी लामो समय देखि जिबन र मृत्यु सङ लडिरहेकी पकुवालको उपचारमा सहयोग पुर्याउने उदेश्य सहित महासघले सो सहयोग गरेको हो ।
हाल भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत पकवालको उपचारका लागि करिब १२ लाख खर्च लाग्ने र माया पकुवालसँग आर्थिक अभाव भएकाले उक्त रकम यूएईका दाताहरूबाट संकलन गरेर पठाएको पत्रकार महासङ यूएई शाखाका अध्यक्ष भुपराज बस्यालले जानकारी दिएका छन् ।
यूएईमा कार्यरत झापाली पत्रकार समुहले पत्रकार रुपेश अधिकारीको संयोजकत्वमा करिब १ महिनाअघि बाट सन्चालन गरेको अभियानमा लिखित पत्र सहित सहयोगका लागि अनुरोध आएपछी पत्रकार महासंघ युएईले समेत उक्त अभियानमा साथ दिएको हो ।
पकुवालको उपचारका लागि आर्थिक सहयोग गर्नमा झापाली समाज युएई, विश्वकर्मा समाज युएई, दाङ देउखुरी समाज युएई, प्रेस युनियन युएई, प्रेस सेन्टर युएई र स्याङ्जा सहयोग समाज युएईका साथै ५६ जनाले आर्थिक सहयोग गरेको महासघ युएईका कोषाध्यक्ष तथा अभियान संयोजक दिनेश आचार्यले जानकारी दिएका छन ।
अभियान बाट संकलित ५०५३ दिराम नेपाली (१ लाख ४१ हजार २९ रुपयाँ ) संकलन गरी फेब्रअरी १२ तारिख रकम नेपाल पठाइएको छ । यसैबीच, पत्रकार पकुवालको सहयोगका लागि पत्रकार महासंघ झापा शाखाले पनि १ लाख ९ हजार ७० रुपैयाँ सहयोग गरेको छ ।
उक्त रकम नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष तारामणि सापकाटाको नाममा पठाइएको र महासंघ झापा मार्फत हाल नेपालमै रहेका पत्रकार डिल्ली हुमागाई र झापाली समाजका प्रतिनिधिको उपस्थितिमा बुधबार बिरामी पकवालकै निवास भद्रपुर झापामा सयुक्त रूपमा हस्तान्तरण गरिएको अभियानका सम्योजक दिनेश आचार्यले खबरडबलीलाई जानकारी दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए...अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम...प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने
काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित...एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको...दक्षिण कोरियामा दश लाख बेरोजगार
सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको...नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते
फाइल फोटोरौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँदा १९ जना घाइते भएका छन् । विश्रामपुरमा...अाइसीसी विश्व क्रिकेट : पारस र ज्ञानेन्द्र अाउट
फाइल फोटोकाठमाडौं । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टूको अन्तिम खेलमा क्यानडाले दिएको १९५ रनको विजयी...पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार...गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको...रेडपाण्डाको छालासहित दुई पक्राउ
दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको...

