/  Thu, February 21, 2019

नयाँ सरकार गठनको आन्तरिक गृहकार्य सुरु

सुर्खेत । प्रदेश नं ६ मा नयाँ सरकार गठनको आन्तरिक गृहकार्य सुरु भएको छ ।

यो प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका तर्फबाट कालीकोटका प्रदेशसभा सांसद महेन्द्रबहादुर शाही यसअघि नै संसदीय दलको नेतामा चयन भएका छन्।

नेता शाहीको नेतृत्वमा यो प्रदेशमा प्रदेश सरकार बन्ने निश्चित भएको छ । संसदीय दलको नेता नै प्रदेश सरकारको मुख्यमन्त्री बन्ने प्रावधानअनुसार सांसद शाही आन्तरिक गृहकार्यमा जुट्नुभएको माओवादी केन्द्र जाजरकोटका सांसद कृष्णा शाहले जानकारी दिइन् ।

संविधानबमोजिम निर्वाचन आयोगले प्रदेशको निर्वाचन परिणाम घोषणा गरेको ३० दिनभित्र प्रदेश प्रमुखले संसद्मा बहुमत प्राप्त ठूलो दललाई प्रदेश सरकार गठनका लागि आह्वान गर्ने व्यवस्था बमोजिम प्रदेश प्रमुख दुर्गाकेशर खनालले फागुन ३ गते सरकार गठनका लागि आह्वान गर्नुपर्ने हुन्छ । त्यसअघि नै प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई माओवादीका सांसद महेन्द्रबहादुर शाहीको नेतृत्वमा सरकार गठनका लागि नेकपा एमाले र माओवादी केन्द्रका सांसदको हस्ताक्षर बुझाउने तयारी भएको सांसद सीता नेपालीले जानकारी दिइन् ।

प्रदेश नं ६ मा जम्मा ४० जना प्रदेशसभा सदस्यमध्ये एमालेका तर्फबाट २० र माओवादी केन्द्रका तर्फबाट १३ जना सदस्य छन् भने एकजनामात्रै सांसद रहेको राप्रपाले राष्ट्रियसभाको चुनावमा वाम गठबन्धनका उम्मेदवारलाई मतदान गरेको थियो ।

एमाले–माओवादी केन्द्र गठबन्धनको सहमतिअनुसार यस प्रदेशमा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने टुङ्गो लागिसकेको छ । जम्मा सांसद संख्याको २० प्रतिशत नबढ्ने गरी मन्त्रिमण्डल गठन गर्नुपर्ने सबैधानिक व्यवस्था अनुसार यो प्रदेशमा आठ सदस्यीय मन्त्रिमण्डल हुन्छ । प्रदेश नं ६ मा वाम गठबन्धनका दलहरु एमाले र माओवादी केन्द्रले सानो आकारको सात सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् । रासस

फागुन १ गते, २०७४ - १४:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाको सचिवालयको बैठक सकियो, के भयो निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बालुवाटारमा जारी बैठक स्थगित भएको छ । विहान ९ बजेबाट बसेको...   

गायक पशुपति शर्मालाई विप्लबको साथ –लामाले निकाले कडा विज्ञप्ती

काठमाडौं । गायक पशुपति शर्मालाई युट्युवबाट गित हटाउन वाध्य पारिएको भन्दै विप्लव नेतृत्वको पार्टीको...   

सचिवालयको बैठक बस्दै नेकपा : टुगिंएला एकता ?

काठमाडौं । सोमबार विहानबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक बस्दै छ । प्रधानमन्त्री...   
‘लुट्न सके लुट’ गितमा नेता/कार्यकर्तादेखि लेखक, बुद्धिजिविसम्म  : कसले के भने ?

‘लुट्न सके लुट’ गितमा नेता/कार्यकर्तादेखि लेखक, बुद्धिजिविसम्म : कसले के भने ?

काठमाडौं । दुईदिन अघिमात्रै र्साजनिक गरिएको गायक पशुपति शर्माको गीत विवादमा तानिएको छ । उनले गितमा...   
पूर्ण पाठ पढ्नुहोस्–यस्ता छन्  पशुपति शर्माको विवादित गितका शब्द !

पूर्ण पाठ पढ्नुहोस्–यस्ता छन् पशुपति शर्माको विवादित गितका शब्द !

काठमाडौं । दुईदिन अघिमात्रै र्साजनिक गरिएको गायक पशुपति शर्माको गीत विवादमा तानिएको छ । उनले गितमा...   

मनमा कुरा खेल्ने र निद्रा नलाग्ने भएको छ ? अब यसो गर्नुहोस्–क्षणभरमै निदाउनुहुन्छ

एजेन्सी । अनिद्राका विभिन्न प्रकार हुन्छन् र यसले मानिसलाई अनेकौं प्रकारले असर पार्छ । निद्रा बोलाउनका...   

एकता टुंग्याउन ओली प्रचण्ड आँफै भिड्दै : कति भईरहेको छ प्रगति ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’...   

प्रचण्डजस्तो बुद्धिमान र आदरणिय अध्यक्षसँग मेरो केही समस्या छैन –पोखरेल

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेकपाका अध्यक्ष...   
अमेरिकी तथा दक्षिण कोरियाली विदेशमन्त्रीबीच भेटवार्ता

अमेरिकी तथा दक्षिण कोरियाली विदेशमन्त्रीबीच भेटवार्ता

वासिङटन । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले उनका दक्षिण कोरियाली समकक्षी काङ क्युङ–ह्वासँग पोल्याण्डको...   

हिरो गोल्डकप : उपाधिका लागि नेपाल–म्यान्मा भिड्दै

काठमाडौ । भारतमा जारी हिरो गोल्डकप प्रतियोगिताको अन्तिम चरणको खेलमा आज नेपाल र म्यान्मा भिड्दै छन्...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top