Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

तातोपानी नाकाबाट ११८ किलो सुन बरामद

\"\"सिन्धुपाल्चोक । सिन्धुपाल्चोकबाट छ वर्षमा ११८ किलोग्राम ११ तोला ९३ लाल अवैध सुन प्रहरीले बरामद गरेको छ । तातोपानी नाकाबाट अवैध रुपमा सुन तस्करी गरी लैजाने क्रममा पछिल्लो छ वर्षमा प्रहरीले बरामद गरेको सुन तातोपानी भन्सार कार्यालय तथा राजश्व अनुसन्धान विभागलाई बुझाइएको छ । भूकम्पअघि तातोपानी नाका सञ्चालन हुँदा सुन तस्करको गिरोह जिल्लामा सक्रिय थियो । नेपाली र चिनियाँ नागरिकको मिलेमतोमा नेपाल हुँदै तेस्रो मुलुकमा अवैध सुन ओसारपसार हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रायः तस्करले तरकारीको बोरा, गाडीको टायर तथा भरिया प्रयोग गरेर सुन तस्करी गर्ने गरेका छन् । सँधै सुन बोक्ने भरिया मात्र पक्राउ पर्ने गरेका छन् । सुन तस्करको गिरोह उम्कने गरेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय चौताराको तथ्याङ्कअनुुसार २०६९ साल पुस १ गते बेवारिसे अवस्थामा सशस्त्र प्रहरी बल तातोपानीले तीन किलोग्राम सुन बरामद गरेको थियो । सीमा प्रहरी चौकी कोदारी, इलाका प्रहरी कार्यालय बाह्रबिसे तथा सशस्त्र प्रहरी बलले २०७० सालमा मात्रै लुकाई–छिपाई काठमाडाँै लैजाँदै गर्दा तातोपानी तथा बाह्रबिसे क्षेत्रबाट ३२ किलोग्राम पाँच तोला ६४ लाल सुनसहित १० जनालाई पक्राउ गरेको थियो । पछिल्लो छ वर्षमध्ये २०७१ सालमा सबैभन्दा बढी सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए। विसं २०७१ मा प्रहरीले ६५ किलोग्राम छ तोला २९ लालसहित ११ जनालाई पक्राउ गरेको थियो । विसं २०७२ को भूकम्पपछि तातोपानी नाका बन्द भयने । लामो समय यातायातसमेत सञ्चालनमा नआएकाले उक्त क्षेत्र सुनसान बन्यो । तातोपानी नाका बन्द भएपछि सुन तस्करको बाटो परिवर्तन गरेका छन् । तातोपानी नाका बन्द भएसँगै तस्करले वैकल्पिक बाटो रोजेका हुन् । अहिले तस्करले रसुवागढी नाकाबाट सुन तस्करी गर्न थालेका छन् । भूकम्पका कारण नाका बन्द भएपछि तातोपानीमा चहलपहल निकै कम भएको छ । प्रहरीका अनुसार २०७३ वैशाख १७ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डे नेतृत्वको टोलीले बा९च १४६३ नंको फोर्ड गाडीबाट ल्याउँदै गरेको अवस्थामा बाह्रबिसे बजारमै १८ किलोग्राम सुन बरामद गरेको थियो । प्रहरीले सुन ल्याउँदै गरेका तातोपानी–३ का साङ्बो शेर्पा र निङ्नर शेर्पा तथा मेलम्ची–८ की विमला थापालाई पक्राउ गरेको हो । पक्राउ परेका तीनैजनाले भूकम्पअघि नै लुकाएर राखेको सुन विभिन्न कारणले ल्याउन नसकेकोे र सुन राखेको घरधनीले आत्महत्या गरेपछि लैजाने प्रयास गरेको बयान दिएका भए पनि उक्त बयान बनावटी भएको प्रहरीको भनाइ छ । खासाबाट कति सुन अवैध रुपमा काठमाडौँ भित्रियो भन्ने यकिन तथ्यांक प्रहरीसँग छैन । नेपाली बजारमा सुन ल्याउँदा नेपाल राष्ट्र बैंकमार्फत मासिक १५ किलोग्राम मात्र ल्याउन पाउने प्रावधान छ । नेपाली बजारमा सुनको मागलाई वैधानिकताले नथेगेकाले तस्करी बढेको हो र तातोपानी नाकाबाट सुन वैध रुपमा ल्याउन नपाइने भएकाले पनि व्यवसायीले तस्करी गर्ने गरेको हुनसक्ने प्रहरीको भनाइ छ । अहिले चीनसँगको सीमा तातोपानीको लिपिङसम्म सडक पुगेको छ । नेपालकातर्फबाट तातोपानी नाका खोल्नका लागि पटक पटक अनुरोध गरिँदै आएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies