/  Tue, August 21, 2018

क्रान्ति र बलिदानको सहासिक मोर्चामा महिलाले बगाएकाे रगत विर्सिएकै हाे त ?

लेखक

महिलाहरु पनि पुरुष सहर साहसिक हुन्छन् भन्ने कुरा १० वर्षीय जनयुद्धमा सामेल भएका महिलाहरुले प्रमाणित गरेर देखाएका छन्। अाधा धर्ति र अाधा अाकाश भनेर सिम्वाेलिकरूपमा महिलालार्इ हेरिन्छ ।

हाे धर्तिकाे आधा जति हिस्सा महिलाले ओगटेका छन्। महिलाहरुले २००७ साल वा त्यसपछिका आन्दोलनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नेपाली क्रान्तिमा साहसिक सहभागिता जनाइ सकेका छन् ।

त्यसताका महिलाहरुले देखाएकाे आफ्नो कुशलता, कार्यक्षमता, नेतृत्व गर्न सक्ने अटल साहस नै काफी छ । त्यस्ले नै पुष्टि गर्छ कि महिलाहरु पुरुष सरह बराबर योग्य छन् भनेर। जनसेनाको उत्पादन मिरा राईले पुष्टि गरिसकेकी छन्। महिलाहरु परापुर्वकाल देखि अहिले सम्म आउँदा २१ औं शताब्दी सम्म शोषण र दमनको शिकार भैरहेका छन् किन ?

चाहे त्यो प्रत्यक्ष होस् या अप्रत्यक्ष महिलाहरु घर भित्र हाेस वा बाहिर जहाँपनि शोषणमा परेका नै छन्। भोल्टियरले आफ्नो ग्रन्थ ‘dictionary of philosophy’ मा लेखेका छन् कि युरोपमा सोह्राै शताब्दी सम्म सुडेनी भइ गर्भवतीलाई सुत्केरी हुन सहयोग गर्ने महिलालाई समेत आगो दिएर मार्ने प्रचलन थियो।

आफ्नो श्रीमानको मृत्यु भएपछि जिउँदै आगोमा जल्नु पर्ने त्यस्तो सामाजिक कु प्रथा पनि हाम्रै देशमा थियो। केही वर्ष अगाडि सम्म। तर अहिले युग बदलिएकाे छ। महिला माथी हुने अन्याय, अत्याचार,  दमन, शोषण केही मात्रामा भएपनि न्युन भएको छ। समयक्रमसगै हिजो अमानवीय ज्यादती विरुद्ध लड्दा लड्दै आज सम्म आइपुग्दा महिला केहिहद सम्म अधिकार पाएका छन्।

तर कार्यान्वयनकाे पाटो संतोषजनक भने छैन। दस वर्ष महान जनयुद्धले गर्दा नेपालमा केही मात्रामा महिला अधिकार अलि माथी नै छ । संबिधानमा नै महिलाहरुलाई समाबेशी र समानुपातिकमा ३३ प्रतिशत सम्म अधिकार सुरक्षित गरिएको छ। त्यो अधिकार महिलाहरुले संघर्ष गरेर नै हासिल गरेका हुन्।

बिश्व इतिहास पल्टाएर हेर्दा राजनीति क्रान्ती पछि मात्र कुनै पनि देशमा आर्थिक क्रान्ति र त्यस देशका जनताले अधिकार पाएका छन्। दस वर्ष जनक्रान्तीको जग बाट नै आजका यिनी उपलब्धि जन्मेका हुन्। क्रान्तिको नेतृत्व इतिहासको आवस्यकता अनुसार महिला र पुरुष दुबैले गरेका छन्।

क्रान्तिकाे नेतृत्व कस्ले गर्ने त्यो मुख्य कुरा होइन तर मुख्य कुरा एजेन्डा नै हो। रोजा लक्जम्वर्ग प्राचीन युगिन पुर्वीया महिला दार्शनिक गागृ आदि उन्नत र उपयुक्त उदाहरण हुन्। क्रान्ति र बलिदानको मोर्चामा उभिने समय दस बर्षीय जनयुद्ध थियो । नेपालको कुनै पनि क्रान्तिमा महिलाको रगत, पसिना नबगेको हैन, कानुनत: जनताले बनाएको संविधानबाट समानुपातिक, समाबेसिताको सुन्दर ब्याख्या छ ।

अहिले समानुपातिक शब्द पनि सुन्दा र ब्याख्या गर्दा सुन्दर छ, त्यति नै पिडादायक र असहय, ब्याबहारमा आउदा छ । अहिले अबसरवादीहरु आन्दोलन र क्रान्ति गर्ने याेद्वाहरुको हिस्सालाई प्रतिलिपीमा उतार्दै नेता र नेतृत्वलाई आफ्नो घेरामा घुमाइराख्ने प्रवृती  नेपालका पार्टीमा हावी हुँदै गएको छ ।

दलका प्रभावशाली नेताहरुले महिला कोटाको नाममा आफ्ना मात्रै होइन ठेकेदारका श्रीमती, ब्यापारिका श्रीमती र आफ्ना प्रेमिका भनाउदाहरुलार्इ समेत राखेका छन् । नेता बनाएका छन्, सेवा सुबिधा दिलाउने सहुलियत कोटाका रुपमा समानुपातिक बनाइएको छ । यसले संविधानमा उल्लेखित समाबेसी समानुपातिक शब्दको मर्मलाइ कुनामा पारिदिएकाे छ । स्वयम साँसद बन्नेलाइ पनि राजनीतिमा योगदान, त्याग गर्नुपर्छ भन्ने छैन।

अर्कोतिर जसले दशौ बर्ष ब्यक्तिगत स्वार्थ नभनी राजनीतिमा इमानदारी पुर्बक लागे, उनीहरुलाइ निराश र हतोत्साहित पारेको छ । पहुँच र शक्तिशाली नेताहरुले साँसद जस्तो गरिमा पद आफ्नो गोजिबाट पाँच रुपैया सडकमा माग्नेलाइ दिएजस्तो तल्लो स्तरको दान गरिरहेका छन ।

ब्यापारिबर्गको उपस्तिथि सम्सदमा भइरहदा उनिहरुले कस्को हितमा काम गर्लान त्यो त स्पष्ट छ । नेताहरुले मोटो रकम लियर आफ्नो स्वार्थ पुर्ती गर्न सर्बाहारावर्ग, पार्टी भित्रका कर्मठ, इमानदार कार्यकर्ताको भबिस्यमाथी खेलबाड गर्दैछन । यतिमात्र होइन अहिलेको जनमत, बामगठबन्धनको बहुमत र समाजबादी यात्रामा नै नेताहरुको यस्तो हर्कतले जनताको मनाेभाबना पूरा गर्लान ?

समाजबादको आधारशिल सामुहिकता, समाबेशी समानुपातिक हो तर के हाम्रा नेताको समानुपातिक छनोट शैलीले कस्तो समाजबाद ल्याउलान त्यो भने आगामी दिनमा पुष्टि गर्नेछ । तर संसार बदल्नु छ भने सुरु आफैबाट गर्नुपर्ने हुन्छ । नेपालकाे राजनैितक परिवर्तन भन्दा पनि अाफ्नालाइ पाेष्ने प्रवृतिले कतिहदसम्म लाेकाचार गर्ने भन्ने विषय मुख्य भएर अाएकाे छ । युद्वमा महिलाले खेलेकाे भूमिकाकाे पनि अवमुल्यन हाेलाकि भन्ने डर लागि रहेकाे छ ।
लेखक  वाइसीएल नेपाल केन्द्रिय सचीव हुन

माघ २५ गते, २०७४ - १३:०४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विदेश जाने नेपाली कामदारको संख्या घट्यो, कुन देशमा घट्यो कुन देशमा बढ्यो ?

काठमाडौं । बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत आर्थिक बर्षमा घटेको छ । नेपाल राष्ट्र बैंक अनुसन्धान...   

मोहियानी हकको दाबी गर्दै ५० हजार भन्दा बढीले दिए निवेदन

काठमाडौँ, ५ भदौ । पचास हजार पाँच सय भन्दा बढी मोही र जग्गाधनीले मोहियानी हक दाबी गर्दै भूमिसुधार कार्यालय...   

पन्ध्र वर्षदेखि शरीरमा गोलीको पीडा

सुर्खेत, ३ भदौ । तत्कालिन नेकपा(माओवादी)का पूर्व लडाकूका शरीरमा रहेका गोली निकाल्न नसक्दा १५ वर्षदेखि...   

अझै पाउन सकिएन ‘स्मार्ट चालक अनुमतिपत्र’

सञ्चिता घिमिरे। ललितपुर, ३ भदौ ।  ग्वार्काे बस्दै आउनुभएका दीपक थापाले चालक अनुमतिपत्रका लागि लिइएको...   
नेपाली सेनाका प्रधानसेनापतिमा पूर्णचन्द्र थापा नियुक्त

नेपाली सेनाका प्रधानसेनापतिमा पूर्णचन्द्र थापा नियुक्त

काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई...   
राष्ट्रसङ्घका पूर्व महासचिव कोफी अन्नानको निधन

राष्ट्रसङ्घका पूर्व महासचिव कोफी अन्नानको निधन

जेनेभा, स्वीट्जरल्याण्ड, २ भदौ । राष्ट्रसङ्घका पूर्व महासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको...   

अमेरिकी संरक्षणवादको घेराउमा विश्व अर्थतन्त्र

सोमनाथ लामिछाने । काठमाडौं, २ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय चुनावताका अघि...   
शान्ति प्रगति र स्थायित्वका लागि विश्वसमुदायले साथ दिने अध्यक्ष प्रचण्डको भनाई (अडियाे सुन्नुहाेस्)

शान्ति प्रगति र स्थायित्वका लागि विश्वसमुदायले साथ दिने अध्यक्ष प्रचण्डको भनाई (अडियाे सुन्नुहाेस्)

धनुषा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति, प्रगति र स्थायित्वका...   

रिहा भए लगत्तै प्रकाण्ड अदालत परिसरबाटै पक्राउ

काठमाडाैं । नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड ‘ लाई प्रहरीले पुनः पक्राउ गरेको छ । नेत्रविक्रम...   
देवानी संहितामा प्रेस स्वतन्त्रताबारे सच्याउनुपर्ने माग

देवानी संहितामा प्रेस स्वतन्त्रताबारे सच्याउनुपर्ने माग

काठमाडौँ, १ भदौ । आजदेखि लागू भएको मुलुकी (फौजदारी) संहिता २०७४ र मुलुकी (देवानी) संहिताका कतिपय प्रावधान...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top